म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन, २ लाख ३२ हजार ८८ जनाले दिए दरखास्त

म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन, २ लाख ३२ हजार ८८ जनाले दिए दरखास्त

दाङ, असोज ७ । म्यादी  प्रहरीमा मागभन्दा दोब्बर बढीले आवेदन परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

आवेदन दिने म्याद हिजो सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

प्रवक्ता राईका अनुसार मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, वाग्मतीबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५०, प्रदेश-१ बाट ३५ हजार ८ सय २६ र काठमाण्डौ उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् । दरखास्त दिने सबैलाई आज सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

पर्सि ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।

 एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

दाङ, असोज ६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको आज स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

दशैं लगतै सर्भेको काम सुरु हुने र त्यसपछि बजेट सुनिश्चितता गरी धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो । निरीक्षण गर्दा बिस्तारको सम्भावना पनि छ अब छिट्टै हामी ७२ सिटे जहाज अवतरण गर्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तारमा लाग्ने उहाँको भनाई छ ।

वि.सं. २०१७ सालदेखि नियमित सञ्चालनमा आएको एयरपोर्टको स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन नसकेको स्थानीयको बुझाइ छ । मन्त्री श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागिएको बताउनुभयो ।

यसैबीच सहरी विकास मन्त्री मेटमणि चौधरीले टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । भएको एयरपोर्टको विकास भन्दा पनि नयाँ एयरपोर्ट बनाउनतिर ध्यान दिँदा अहिले भएको एयरपोर्टको स्तरोन्नति हुन नसकेको उहाँको भनाइ छ ।

एयरपोर्ट बनेको लामो समय भइसक्दा पनि एयरपोर्टको सुधार नहुनु लज्जाबोध भएको मन्त्री चौधरीले बताउनुभयो । मन्त्री चौधरीले जिल्लामा भएको एउटा एयरपोर्ट विस्तार गर्न नसक्ने दाङले कस्ता नेता जन्माएको रहेछ भन्ने लाग्नेगरेको बताउनुभयो ।

७२ सिटे प्लेन बस्न सक्नेगरी टरिगाउँ एयरपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैसाको अभाव हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले टरिगाउँ एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताउनुभयो । केसीले टरिगाउँदो एयरपोर्टको विकास हुन सके दाङको विकासले गति लिने बताउनुभयो ।

 मकवानपुर : बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो, २४ जना घाइते

मकवानपुर : बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो, २४ जना घाइते

  मकवानपुर, असोज ६ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । 

दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाग्रस्त हुँदा काठमाण्डौ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको जीपमा ठोक्किएको जनाइएको