आजदेखि १२ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै

आजदेखि १२ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै

 

काठमाडौं, चैत २० । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ वटा जिल्लामा आजदेखि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ। 

हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा आज औषधि खुवाइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ। झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि सेवन कार्यक्रम सञ्चालन हुन लागेको हो। 

१२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको विभागले जनाएको छ। नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको सरकारी अनुमानित तथ्यांक छ। 

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छ। लक्षण देखिइसकेपछि भने यो रोग निको पार्न नसकिने चिकित्सकहरुले बताएका छन्। मानिसहरुमा हात्तीपाइले रोग विरुद्धको औषधिलाई लिएर विभिन्न भ्रमहरु रहेका कारण यो रोग निवारणमा चुनौती बनेको छ। औषधिको सेवनपछि बिरामी पर्ने, मृत्यु हुने र विभिन्न किसिमका साइड इफेक्ट देखिन सक्ने भन्दै कतिपयले औषधि खान नमान्दा समस्या हुने गरेको छ। 

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु, कडा रोगको लागि औषधि सेवन गरिरहेकाहरु, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरूलाई यो औषधि खुवाउन हुदैन। 

संखुवासभामा बस दुर्घटना : ३२ घाइते, १३ को अवस्था गम्भीर

संखुवासभामा बस दुर्घटना : ३२ घाइते, १३ को अवस्था गम्भीर

 

संखुवासभा, चैत २० । धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो। उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

घाइतेहरुको उद्धर सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणका लागि सर्भे

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणका लागि सर्भे

 

तुलसीपुर, चैत २० । तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणकालागि बिहीबार सर्भे गरिएको छ । डिपो निर्माणका लागि लागत स्टमेट तयार गर्न प्राविधिकको टोलिले सर्भे गरेको नेपाल आयल निगमका प्रबन्धक मनोहर डिसीले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराउन केहि समय अघि लिखित सहमति जनाइसकेको छ ।

प्राविधिक टोलिले इन्धन डिपो निर्माणका लागि आवश्यक पर्ने संरचना कहाँ कस्तो खालको निर्माण गर्ने भन्ने विषयमा पूर्णरुपमा लागत स्टमेट तयार गरेपछि टेण्डर प्रकृयामा जाने छ ।

‘स्टोरेज टयाङ्क, भवन, पार्किङ स्थल, प्रवेशद्धार, आवतजावतका लागि सडक र पर्खाल कहाँ राख्दा उपयुक्त हुन्छ भन्नका लागि स्थलगत अध्यन गर्न आएका हौ,’ प्रबन्धक डिसीले भन्नुभयो–‘ डिटेल स्टमेट गरेपछि अबको १०÷१५ दिनमा टेण्डर गछौ ।’

निगमले अबको ४५ दिनमा निर्माणको काम सुरु गर्ने दाबी गरेको छ । डिटेल स्टमेट, टेण्डरको सूचना र मुल्याङ्कन गर्दासम्म समय लाग्ने भएकाले अलि ढिलोगरी काम सुरु हुने प्रबन्धक डिसीले बताउनुभयो । कार्तिक महिनादेखि यता आयल निगमको टोलिले अहिलेसम्म ४ पटक स्थलगत अनुगमण गरिसकेको छ ।
दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गर्ने र त्यसका लागि टयाङ्क र बाउजर मेसिन तयारी अवस्थामा राखेको निगमले जनाएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले गएको मंसीर ८ गते बैशाख १ गते उद्घाटन गर्ने प्रतिवद्धता जनाएको पाँचमहिनापछि निगमका प्रबन्धक डिसीले हवाइ इन्धन डिपो संचालनमा आउन अझै ७ महिना लाग्ने बताउनुभ भएको छ ।
निगमका कर्मचारीका भनाइ र गराईमा तालमेल नमिलेपनि दाङबासीले भने आशा अझै मारेका छैनन् ।

राजनीतिक दलका नेता, मन्त्रीदेखि स्वयम निगमका कर्मचारी समेतलाई यस क्षेत्रका जनताको जागरुकता, सक्रियताले पनि डिपो नबनाई धरै नहुने डिपो स्थापनका लागि दशकौदेखि पहल गर्दै आउँनुभएका तुलसीपुरका प्रतिष्ठित व्यापारी बलदेव शर्माले बताउनुभयो । तुलसी व्यापार सेवाका संचालक समेत रहेका प्रतिष्ठित व्यापारी शर्माले इन्धन डिपो निर्माणका लागि तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईदेखि हालसम्मका आपूर्तिमन्त्रीलाई व्यक्तिगत तथा सामूहिक रुपमा भेटेको बताउनुभयो ।

२०११ सालमा स्थापना भएको टरिगाउँ बिमान स्थानलमा हिजोआज वायुसेवा निगमको बिमानले हप्तामा सातैबार उडान भर्दै आएको छ । सर्भे टोलिमा निगमका इन्जिनियर अर्चना घिमिरे, कन्सलटेन्ट दिनेश लामीछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका दाङका प्रमुख कैलाश आचार्य, नेपाल आयल निगमम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठ, तुलसीपुर उपमहागनरपालिकाका प्रवक्ता सुर्य बहादुर डाँगी(श्याम) लगाएतको सहभागिता रहेको थियो ।

रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट विक्री खुला

रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट विक्री खुला

 

काठमाडौं, चैत २० । रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट  धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ । कम्पनिले सर्वसाधारणमा  प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता  कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनिले यसअघि स्थानीय आयोजना प्रभावित गुल्मी जिल्लाको स्थानीयको लागि  फागुन ७ गते देखि ४ लाख ७ हजार ७०५ कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई  नियुक्त गरेको छ ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पना गरि संचालन गरिरहेको छ । यो  आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ चुक्ता पुँजी  रहेको कम्पनिको स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

आज अन्तर्राष्ट्रिय ‘फ्याक्ट चेकिङ डे' मनाइँदै

आज अन्तर्राष्ट्रिय ‘फ्याक्ट चेकिङ डे' मनाइँदै

 

काठमाडाैं, चैत २० । आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदैछ ।

विभिन्न समाचार, सूचना तथा सामाजिक सञ्जालबाट प्रकाशन/प्रसारण हुने कुराको तथ्य जाँच गर्ने संस्थाहरुले यो दिवस मनाउँदैछन् ।

सन् २०१६ मा अर्जेन्टिनामा भएको विश्वभरका तथ्य जाँचकीहरुको भेलाले इन्टरनेशनल फ्याक्ट चेकर्स नेटवर्कको स्थापना गरेर हरेक वर्षको अप्रिल २ तारिखलाई अन्तर्राष्ट्रिय 'फ्याक्ट चेकिङ डे'को रुपमा मनाउने निर्णय गरेको थियो । अहिले विश्वभर एक सयभन्दा धेरै फ्याक्ट चेकर्स अर्थात तथ्य जाँच गर्ने संस्थाहरु रहेका छन् ।

आम नागरिकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच बढेसँगै मित्था सूचना सम्प्रेषण पनि बढेको र यसले समाजमा विभिन्न समस्या पैदा गरेको भन्दै सही सूचना दिने काममा तथ्य जाँचकी संस्थाहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् । नेपालमा पनि पानस साउथ एसिया अन्तर्गतको साउथ एसिया चेकले विभिन्न मित्था सूचनाको जाँच गरेर सहि सूचना दिने काम गर्दै आएको छ ।

साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीले विशेष गरी राजनीतिक दलका नेताहरुले बोलेका कुरा र सामाजिक सञ्जालमा भाइरल भएका कुरालाई जाँच गरेर तथ्यपूर्ण सूचना सम्प्रेषण गरिरहेको बताउनुभयो ।

नेपाल सूचना प्रविधिको विकासकै क्रममा रहेको र यससम्बन्धी धेरैलाई कम मात्रै ज्ञान रहेकाले मित्था सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या धेरै देखिएको अधिकारीको भनाइ छ ।

मित्था सूचनाको जोखिम घटाउन सबैजना जिम्मेवार बन्नुपर्ने र सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्ने सम्पादक अधिकारीको सुझाव छ ।

दाङमा ६ लाख ५५ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य

दाङमा ६ लाख ५५ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य

 

दाङ, चैत्र १९ । दाङमा ११ औँ चरणमा भोली देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । यसवर्ष जिल्लाका ६ लाख ५५ हजारभन्दा धेरै नागरिकलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको छ ।

स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरेर यस पटक ६ लाख ५५ हजार ७ सय ६१ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य राखिएको जनाएको हो । जसको लागी ५ सय ५४ जना स्वास्थ्यकर्मी र ९ सय ३३ महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने छ ।

शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको भन्दै हात्तिपाईले रोगबाट बच्न सबैले औषधी शेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीको अध्यक्षतामा गरिएको कार्याक्रममा भोली देखी ३१ गते सम्म चल्ने अभियानमा सहभागी भएर हात्तिपाईले रोग विरुद्धको औषधी शेवन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । गत पुस ६ गते स्वास्थ्य कार्यालयले दाङका २ हजार ५ सय ४२ जनामा परिक्षण गर्दा १ सय ५८ जनामा हात्तिपाईले रोगको संक्रमण देखिएको थियो ।

गत बर्ष दाङमा ६५ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य कार्यालय दाङका फोकलपर्शन कमल चन्दले नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएकाले सबैलाई औषधी सेवन गर्न आग्रह गर्नुभयो ।

 कास्कीमा खनाल-नेपाल समूहको समानान्तर कमिटी घोषणा

कास्कीमा खनाल-नेपाल समूहको समानान्तर कमिटी घोषणा

पोखरा, चैत १९ । नेकपा एमाले खनालनेपाल समूहले कास्कीमा समानान्तर कमिटी बनाएको छ । धनराज आचार्यको अध्यक्षतामा खनाल-नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको हो । सचिवमा होमबहादुर नेपाली चुनिएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितीमा खनाल-नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो ।

आचार्य रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । उनी पिएन क्याम्पसका पुर्व स्ववियु सभापती पनि हुन् । एमालेका वर्तमान कास्की अध्यक्ष कृष्ण थापा रहेका छन् । 

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे लगायतको उपस्थिती थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि खनाल(नेपाल समूहले समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो ।

दाङमा बन्यन्तुको शिकारको बिगबिगि : शिकार खेल्ने तीन व्यक्तिको गोलि लागेर मृत्यु

दाङमा बन्यन्तुको शिकारको बिगबिगि : शिकार खेल्ने तीन व्यक्तिको गोलि लागेर मृत्यु

 

जीतसागर जी.एम.

दाङ, चैत्र १९ । गत मंसिर २ गते बंगलाचुली गाउँपालिका वडा नम्बर २ का ४१ वर्षका भोजबहादुर घर्तीको पनि सिकार खेल्न गएको समयमा बन्दुको गोली लागेर निधन भयो । सोहि ठाउँका २७ वर्षिय टोबहादुर घर्तीसंगै शिकार खेल्न पुगेका भोजबहादुर उनी संगै फर्किन पाएनन् । भोजबहादुरको पनि आफ्नै साथी भरुवा बन्दुकसंगै लडेपछि उनको गोली लागेर निधन भएको प्रहरीले जनाएको छ ।

इजाजत बिनाको बन्दुकसहित बन्जजन्तुको शिकार खेल्न पुगेका भोजबहादुर आफै शिकार हुन पुगे । घटनामा संलग्न टोपबहादुर अहिले प्रहरीको खोरमा छन् । व्यक्ति हत्या तथा बन्यजन्तु शिकार ऐन अन्तर्गत मुद्धा चलाई उनलाई कारागार चलान गरिएको छ ।

गत चालु आर्थिक वर्षको मंसिर १० गते पनि लमही–९ पाखापानीमा शिकार खेल्न गएको आरोपमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर– १३ का कमल पौडेल भन्ने खुसलराम पौडेलसहित तीन जनालाई अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत माघ २७ गते दाङको गढवा गाउँपालिका वडा नम्बर २ का ४० वर्षिय इन्द्रबहादुर राना र उनका भाई ३० वर्षिय सुर्यबहादुर राना स्थानीय बनमा शिकार खेल्न निस्कीए । एकै घरका दुई भाई घर नजिकैको तिरतिरे डाँडामा रहेको राष्ट्रिय बनमा बन्यजन्तुको शिकार खेल्न पुगे ।

तर अपसोच अवैध भरुवा बन्दुकसहित बनमा शिकार खेल्न निस्किएका सुर्यबहादुरले आफ्नै दाई इन्द्रबहादुरलाई हत्या गरे । शिकार खेल्नका लागि लिएको भरुवा बन्दुक बन्यजन्तुलाई भन्दा आक बन्यजन्तुलाई भन्दा आफ्नौ दाईमाथि प्रहार गरे ।

बन्दुक प्रहारबाट बायाँ काखीमा गोली लागेका इन्द्रबहादुरको घटनास्थलमा नै निधन भयो । सुर्यबहादुरको नियत भनौँ या इन्द्रबहादुरको नियती भनौँ शिकार खेल्न बन्न पुगेका एक जना हत्यारा हुन पुगे, एक जनाले अनाहकमा मृत्युवरण गर्नुप¥यो । शिकार खेल्न पुगेका दुई छोरामध्ये एक जनाको हत्या भएपछि आफ्नै बावु धनबहादुर राना थापाले छोराविरुद्ध प्रहरीमा जाहेरी दिए । बुवाको जाहेरीपछि प्रहरीले सुर्यबहादुरलाई पक्राउ ग¥यो र अहिले उनले कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका छन् । घटनामा प्रयोग भएको बन्द इजाजत प्राप्त नभएको पनि भेटिएको छ ।

यस्तै चैत १३ गते पनि घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५१ वर्षिय टेकबहादुर गुरुङले पनि अनाहकमा मत्युवरण गर्नुप¥यो । १३ गते साँझ ५ बजे सोही ठाउँकै ३९ वर्षिय मधु शर्मासंग घोराही–१२ को भलानेटी सामुदायिक बनको च्याम्पाखामा बन्यजन्तुको शिकार खेल्न पुगेका गुरुङले बन्दुको गोलीबाट मृत्युवरण गरे ।

संगै गएका सहपाटी शर्मा भरुवा बन्दु बोकिरहेको अवस्थामा लडेपछि बन्दु पड्केर गुरुङको मृत्यु भयो । मृतक गुरुङका सहपाटी शर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उल्लेखीत घटनाले बन्यजन्तु चोरी शिकारी बढ्दो क्रममा रहेको देखिएको छ । चालुवर्षमामात्रै प्रहरीको तथ्यांक अनुसार तीन जनाको शिकार खेल्ने क्रममा मृत्यु भएको छ भने घटनामा संलग्न भएको अभियोगमा ६ जना पक्राउ परेका छन् । बनमा बन्यजन्तुको चोरी शिकारीका घटनामात्रै भएका छैनन्, बन्यजन्तुको शिकारको नाममा व्यक्तिको हत्यासमेत हुने गरेको छ ।

बन्यजन्तुको चोरी शिकारी गर्नेमाथि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । ‘चोरी शिकारीमा संलग्नलाई पक्राउ गरिरहेका छौँ’ उनले भने–‘थप घटना हुन नदिनका निगरानी बढाएका छौँ ।’

बिना इजाजत प्राप्त हतियारको खोजबिन गरिरहेको उनले बताए । ‘बिना इजाजत प्राप्त हतियारलाई प्रयोग गरी बन्यजन्तुको शिकार हुने गरेको छ ।’ उनले भने–‘हामीले यसअघि बिना इजाजत प्राप्त हतियार बुझाउन सुचना पनि जारी गरेका थियौँ, त्यो समयमा नबुझाउनेलाई अब हातहतियार खरखजनासम्बन्धि मुद्धा चलाउँछौँ’

 समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन माओवादी केन्द्र

समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन माओवादी केन्द्र

काठमाडौं, चैत १९ । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने भन्दै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी  बैठक आज पनि समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन ।  बैठकले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक-दुई दिनभित्रै स्थायी समितिकोबैठक बसेर यसबारे निर्णय लिने बताए। यस बीचमा अन्य दलहरुसँगको छलफल पनि जारी राख्ने नेता श्रेष्ठले बताए ।

यसअघि नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका थिए । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने बताउदै हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरतातर्फ आफूहरुले लान नचाहेको पुनको भनाइ थियो ।