ला लिगामा इल्चेविरुद्ध सेल्टा डी भिगो विजयी

ला लिगामा इल्चेविरुद्ध सेल्टा डी भिगो विजयी

दाङ, फागुन १ । जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले अग्सवर्गलाई हराएको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा लाइप्जिगले अग्सवर्गमाथि २–१ को जित हात पारेको हो।

लाइप्जिगको जितमा ड्यानियल ओल्मो र क्रिस्टोफेर एनकुकुले गोल गरे । अग्सवर्गका ड्यानियल कालिलगुइरीले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । जितसँगै लाइप्जिगले शीर्षस्थानमा रहेको बायर्न म्युनिखसँगको अंक दूरी ४ मा झारेको छ।

लाइप्जिगको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको वायर्नको ४८ अंक छ । पराजित अग्सवर्ग २२ अंक जोडेर १३औं स्थानमा छ ।