तुलसीपुरमा आज ३४१७ जना बालबालिकालाई कोरोना खोप प्रदान

तुलसीपुरमा आज ३४१७ जना बालबालिकालाई कोरोना खोप प्रदान

दाङ, असार, १० । तुलसीपुरमा कोरोना भाइरस विरुद्धको फाइजर खोप तीन हजार चार सय १७ जना बालबालिकालाईलाई लगाइएको छ । शुक्रबार तुलसीपुरका ६, ७ र ९ नम्बर वडाका सरकारी तथा निजी विद्यालयका ५ वर्षदेखि १२ वर्ष मुनीका बालबालिकालाई कोरोना विरुद्धको फाईजर खोपको पहिलो मात्रा प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

शुक्रबार ७ खोप केन्द्रबाट संचालित खोप कार्यक्रममा ३ हजार ४ सय १७ जना बालबालिकालाई खोप प्रदान गरिएका हो । तुलसीपुरमा २९ हजार भन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जनस्वास्थ्य निरिक्षक केसीले बताए । हालसम्म ८ हजार ७ सय ८४ जना बालबालिकालाई खोप प्रदान गरिएको छ ।

त्यस्तै पहिलो मात्रा खोप लगाएका बालबालिकालाई २१ दिन पछि पुनः दोस्रो मात्रा लगाइने उनले बताए । साथै खोप यही १२ गते देखि १५ गतेसम्म तुलसीपुरका सम्पूर्ण वडाका सरकारी तथा निजी विद्यालयका बालबलिकालाई खोप लगाइने छ ।

यसैबिच, स्वास्थ्य निरिक्षक केसीले सम्पूर्ण अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गरी अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई खोप लगाउन आग्रह समेत गरेका छन् ।

 ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

  काठमाण्डौ, असार ९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताउनुभयो ।

पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ । यस्तै, प्रदेश(१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।

त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच, खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । खोप लगाए पछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।

यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह छ । 

 

 घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या

घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या

  दाङ, असार ७ । घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या रहेको पाइएको छ।

नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले गरेको एक अध्ययनमा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको तथ्याङ्क सार्वजनिक गरेको हो । उनीहरुमा आँखामा लाग्ने मोतियाबिन्दु, अन्धोपनलगायतका समस्या रहेका राप्ती आँखा अस्पतालले जनाएको छ ।

आँखासम्बन्धी समस्या भएका ५ हजार ८ सयमध्ये ३ हजार ३ सय ६१ जना मोतियाबिन्दुसम्बन्धी समस्याका बिरामी रहेका राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

१९ वटा वडा रहेकोे घोराही उपमहानगरपालिकामा घोराहीमा आँखा सम्बन्धी समस्याका बिरामी सबैभन्दा धेरै वडा नम्बर १५ मा ३ सय २३ जना र कम वडा नम्बर १ मा १ सय २ जना रहेका छन्। आँखा अस्पतालले मोतियाबिन्दुलाई न्यूनीकरणसँगै जिल्लामा आँखा स्वास्थ्यको पठनपाठनको लागि व्यवस्था गर्न स्थानीय सरकारसँग माग पनि गरेको छ ।

यसैबीच राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । तुलसीपुरको रक्षाचौरमा रहेको अस्पतालमा आँखाको रेटिना, क्यान्सर र आँखाको नानीसम्बन्धी समस्याको शल्यक्रिया सेवा सुरु भएपछि उपचार गर्न आउने बिरामीको सङ्ख्या पनि बढ्न थालेको हो ।

गर्मी मौसममा आँखा पाक्ने, आँखा चिलाउने, आँखामा सुक्खापन हुने बिरामी धेरै आउन थालेका विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले बताउनुभयो । अस्पतालले ६ महिनाको अवधिमा आँखाको नानी सम्बन्धी दुई हजार, रेटिना सम्बन्धी समस्या भएका १ हजार ४ सय र आँखाको ढकनी, आँशु नली, प्लाष्टिक सर्जरी, आँखाको क्यान्सर सम्बन्धीका एक हजारभन्दा धेरै बिरामीको उपचार गरेको पनि डा। सुवेदीले जानकारी दिनुभयो । अस्पतालले आर्थिक वर्ष २०७८र७९ देखि विशेषज्ञ सेवा थप गरेको थियो ।

थप २५ जनामा कोरोना सङ्क्रमण

थप २५ जनामा कोरोना सङ्क्रमण

  काठमाण्डौ, असार १ । पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय पाँच जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार दुई सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 थप १९ जनामा कोरोना पुष्टि, १२ जना निको

थप १९ जनामा कोरोना पुष्टि, १२ जना निको

  काठमाण्डौ, जेठ २९ । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 भारतमा बढ्दै कोरोना संक्रमित

भारतमा बढ्दै कोरोना संक्रमित

दाङ, जेठ २२ । भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो । भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भयो भने २ हजार ६१२ संक्रमित निको भए । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् ।

यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ । भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९।८७ भेटिएको छ । यो भनेको शनिबार १०० जनाको कोरोना परीक्षण गर्दा १० जना संक्रमित भेटिनु हो ।

 ४ हजार ८ सय ४२ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

४ हजार ८ सय ४२ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

  काठमाण्डौ, जेठ १८ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप ११ जना कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९८ जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ । 

हिजो र आज प्राप्त विवरणअनुसार तीन लाख तीन हजार सात सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका पनि मन्त्रालयले जनाएको छ । 

 २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण

२४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण

  काठमाण्डौ, बैशाख २९ । पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

थप १८ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७३ जनामा झरेको छ । यही अवधिमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । 

यसैबीच पछिल्लो २४ घण्टामा २१ हजार एक सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

 थप १४ जनामा कोरोना पुष्टि

थप १४ जनामा कोरोना पुष्टि

  काठमाण्डौ, बैशाख १६ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ७१ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप १९ जना निको भएसँगै कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ४३ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

यसैबीच थप दुई लाख नौ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

 थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  काठमाण्डौ, बैशाख १५ । नेपालमा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१८ जना निको भएसँगै नेपालमा अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या  दुई सय ४९ जनामा झरेको छ ।

२४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप एक लाख २ हजार ५ सय ४३  जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

 २४ घण्टामा १२ जनामा कोरोना पुष्टि, ३६ जना निको

२४ घण्टामा १२ जनामा कोरोना पुष्टि, ३६ जना निको

  काठमाण्डौ, बैशाख ४ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३६ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७५ जनामा झरेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच पछिल्लो २४ घण्टामा ६ हजार सात सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा तल झर्‍यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा तल झर्‍यो

  काठमाण्डौ, बैशाख १ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ४४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता ९० हजार नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या आज पाँच सयभन्दा तल झरेको हो । 

यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छन । यही अवधिमा ६१ हजार दुई सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

 २४ घण्टामा १३ जनामा कोरोना पुष्टि, काठमाण्डौ उपत्यकामा ५ जना

२४ घण्टामा १३ जनामा कोरोना पुष्टि, काठमाण्डौ उपत्यकामा ५ जना

  काठमाण्डौ, चैत २३ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय सात जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका पाँच जना रहेका छन् । 

यस्तै थप ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा सात सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा ५६ हजार पाँच सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कुल जनसङ्ख्याको ७३ प्रतिशतले कम्तीमा पहिलो मात्रा र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 दाङमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु

दाङमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु

दाङ, चैत २३ । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आज बुधवारदेखि शुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी चैत २३ गते बुधवारदेखि बैशाख ११ गतेसम्म जिल्लामा सञ्चालन हुन थालेको टाइडफाइड विरुद्धको खोप अभियानका बारेमा जानकारी दिएको हो ।

देशव्यापीरुपमा चैत २५ देखि बैशाख १८ गतेसम्म अभियान चल्ने भए पनि दाङमा दुई दिन अघिदेखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् । कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवारदेखि खोप अभियान चलाउने निर्णय गरेको बताए ।

‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदेखि नै जिल्लामा खोप सञ्चालन गर्ने निर्णय भएको छ’, जिल्लास्वास्थ्य कार्यालयका प्रमुख शाहीले भने– ‘खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारक्षेत्रको सहयोग आवश्यक छ ।’ उनले लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले देउखुरीको गढवाबाट अभियानको सुरुवात गर्ने समेत बताए । नेपालमा खोपका कारण लाग्ने रोगहरुलाई शून्य अवस्थामा पु¥याउने उद्देश्य अनुसार सबै बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेका थिए ।

अभियानका क्रममा जिल्लाका २ लाख २ हजार १ सय ३४ जना १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका किशोर आचार्यले बताए । उनका अनुसार २ लाखमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेको ३४ हजार ९ सय ६६ लक्षित जनसंख्या रहेको छ । जिल्लाका ६ सय २९ विद्यालयहरुमध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरेर जनशक्ति परिचालन गरिएको बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि सम्पूर्ण केन्द्रहरुमा आवश्यक सामग्री पु¥याइसकेको समेत बताए । ‘भोलिदेखि सुरु हुन थालेको टाइफाइडविरुद्धको अभियानलाई सफल बनाउन जिल्लाका अधिकांश केन्द्रहरुमा खोपका लागि आवश्यक सामग्री पु¥याइसकेका छौँ’, उनले भने– ‘कतिपय भ्याक्सिन राख्न नमिल्ने ठाउँमा बिहान पठाउँछौ ।’

खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका बामदेव शर्माले गरेका थिए । जिल्लामा आजदेखि सुरु भएपनि राप्ती गाउँपालिका र बबई गाउँपालिकामा भने २५ गतेदेखि हुने भएको छ ।

 २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण

२४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण

  काठमाण्डौ, चैत २२ । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार पाँच सय ८७ जनाको नमुना परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै २४ घण्टामा ५१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय १२ जनामा झरेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

यस्तै पछिल्लो २४ घण्टामा १७ हजार सात सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

 २४ घण्टामा ४२ जनामा कोरोना पुष्टि

२४ घण्टामा ४२ जनामा कोरोना पुष्टि

  काठमाण्डौ, चैत १५ । पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय ७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक हजार एक सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा ५० हजार एक सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण

२४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण

  काठमाण्डौ, चैत १० । पछिल्लो २४ घण्टामा नेपालमा ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा दुई सय ६६ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय १९ जनामा झरेको छ । 

यही अवधिमा ८३ हजार दुई सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

 थप ६५ जनामा कोरोना सङ्क्रमण, १ सय ९२ जना निको

थप ६५ जनामा कोरोना सङ्क्रमण, १ सय ९२ जना निको

  काठमाण्डौ, फागुन २९ । गएको २४ घण्टामा नेपालमा ६५ जनामा कोरोना  भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी  सात हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा एक सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । अब नेपालमा चार हजार नौ सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

यही अवधिमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झरेको छ । 

यसैबीच २४ घण्टामा ८८ हजार चार सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले 

 विदेशबाट आउनेसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

विदेशबाट आउनेसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं, फागुन २६ । विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।

नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।

यससँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ । हवाई मार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ ।

 २४ घण्टामा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झर्‍यो

२४ घण्टामा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झर्‍यो

  काठमाण्डौ, फागुन २६ । लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजो बुधवार पनि कोरोनाबाट कसैको ज्यान गएको थिएन । 

यस्तै २४ घण्टामा एक सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यही अवधिमा चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या नौ लाख ६० हजार चार सय ९७ जना पुगेको छ । 

नेपालमा अब पाँच हजार तीन सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २४ घण्टामा एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।