सातै प्रदेशमा मौसम पूर्ण बदली भई वर्षाको सम्भावना

सातै प्रदेशमा मौसम पूर्ण बदली भई वर्षाको सम्भावना

कहिलेदेखि हुन्छ मौसममा सुधार ?
काठमाडौं,२२ जेठ । दक्षिण-पूर्वी अरब सागरमा १ जुनदेखि विकसित भएको निसर्ग तुफानको प्रभाव नेपालमासमेत पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा ठोक्किएको तुफानले आफ्नो चरम अवस्था १०० देखि १२० किलोमिटर प्रतिघण्टाको गति पार गरेर कमजोर बनिरहेको छ ।

महाशाखाका अनुसार निसर्ग कमजोर भएर उत्तरपूर्वतिर बढ्दै छ । यसका कारण देशका सातै प्रदेशमा मौसम पूर्ण बदली भई सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले ट्विटमार्फत् भनेको छ, ून्यून चापीय क्षेत्र ९ुनिसर्गु कमजोर भएर बनेको० उत्तरपूर्व तिर बढ्दैछ । यसको कारणले देशका सातै प्रदेशमा पूर्ण बदली रहेको छ । बागमती, प्रदेश २ र प्रदेश १ मा मध्यम वर्षा हुने सम्भावना छ । यी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षा समेत हुन सक्छ ।

शनिबार पनि अधिकांश स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने, १(२ स्थानहरुमा भारी वर्षा समेत हुने र उच्च हिमाली भू(भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भू(भागमा पहिरोको समेत जोखिम रहेको जनाइएको छ ।
एक सय वर्षपछि पहिलो पटक शक्तिशाली तुफान निसर्ग विकसित भएको हो । 
तुलसीपुरले सार्वजनिक कार्यक्रमको अनुमति नदिने

तुलसीपुरले सार्वजनिक कार्यक्रमको अनुमति नदिने

तुलसीपुर,२१ फागुन । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्नुका साथै अनुमतिमा रोक समेत लगाइएको प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएका छन् । ‘ भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भिर असर समेत भएकाले यसबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्नु आवश्यक छ ।’विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यवाहक नगरप्रमुख डाँगीले सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगायतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गरेका छन् ।
 उपमहानगरपालिको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस लगायत आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउदासम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।  उनले यसबाट जोगिनका लागि स्वास्थ्यमा सतर्कता अपनाउनका लागि समेत अनुरोध गरेका छन् ।


कोरोना भाइरसबाट सुरक्षित रहन जिल्ला समन्वय समिति दाङको अपिल

कोरोना भाइरसबाट सुरक्षित रहन जिल्ला समन्वय समिति दाङको अपिल

दाङ २१ फागुन ।
जिल्ला समन्वय समिति दाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड –१९) को जोखिम नेपालमा समेत रहेकाले महामारीको संक्रमणबाट सुरक्षित र सर्तक रहन सम्पूर्ण जिल्लावासीमा अपिल गरेको छ ।
 समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बुधवार अपिल जारी गरेर यस्तो आग्रहगर्नु भएको हो । आवश्यक व्यवस्थापनमा सवै पक्षसँग सहकार्य र समन्वयगर्न समन्वय समिति सधै तयार नै भएको जानकारी गराउँदै उहाँले कोराना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस मुल समिति दाङले जिल्लामा गर्ने भनेका सम्पुर्ण कार्यक्रम तत्तकालका लागि स्थगीत भएको जानकारी गराउनु भएको छ ।

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

दाङ,१८ फागुन । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
महाशााखाका अनुसार अपरान्हपछि  पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पश्चिमी भू–भागसहित मध्य र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,१३ फागुन । मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ ।
महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै देशमा पश्चिमी वायुको प्रभाव परेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ ।
यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।