अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

 

काठमाण्डौं, माघ २१ । ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाईदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।

ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ । ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

के टिकटकमाथि नेपालमा पनि प्रतिबन्ध लाग्दैछ ?

के टिकटकमाथि नेपालमा पनि प्रतिबन्ध लाग्दैछ ?

 

काठमाडौं, माघ १९ । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको टिकटक एपमाथि छिमेकी देश भारतमा प्रतिबन्ध लागेको सात महिना पुरा भएको छ । केही दिन अघि मात्रै भारत सरकारले टिकटक लगायतका चिनियाँ एपमाथिको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

आफ्ना नागरिको जानकारी चीन सरकारलाई उपलब्ध गराएको आरोप लगाइए पनि भारतमा टिकटक एपमाथि प्रतिबन्ध लाग्नुको मूख्य कारण दुई देशबीचको सम्बन्धमा आएको टकराव नै हो । अमेरिका लगायतका देशमा समेत बेलाबखत टिकटकमाथि प्रतिबन्ध लगाउने चर्चा चल्ने गरेको छ ।

तर पछिल्लो समय नेपालमा समेत एकाएक टिकटकमाथि प्रतिबन्ध लाग्ने हल्ला चलेको छ । कतिपय टिकटक प्रयोगकर्ताले फागुन एक गतेदेखि टिकटकमाथि प्रतिबन्ध लाग्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

हामीले यो हल्ला हो कि वास्तविकता भन्नेमा प्रवेश गर्नुअघि यो हल्ला कसरी चल्यो भन्ने विषयमा कुरा गरौं । केही नाम नसुनिएका अनलाइनहरुले सनसनिपूर्ण समाचार बनाउने नाममा टिकटक बन्द हुने हेडलाइन सहितका समाचार प्रकाशित गरेका थिए ।

तिनै भ्रामक समाचारमा आधारित रहेर युट्युव र टिकटकमा अनेकौं भिडियो समेत बनेका छन् । ‘फागुन १ देखि टिकटक बन्द हुँदै, यस्तो छ कारण’ जस्ता सनसनिपूर्ण शीर्षकमा तयार पारिएका त्यस्ता सामग्रीमा साइबर ब्युरोका एसपी पशुपति रायलाई उद्धृत गरिएको छ ।

टेकपानासँगको कुराकानीमा रायले आफूले त्यसरी कुनै पनि मिडियामा कुरा नगरेको बताए । टिकटक प्रतिबन्ध हुने समाचारमा उद्धृत गरिएको विषयमा उनले आश्चर्य समेत व्यक्त गरे ।

‘मलाई त्यस विषयमा कसैले सोधेको पनि छैन,’ एसपी रायले भने, ‘त्यसरी जवाफ दिनका लागि म यहाँको प्रवक्ता पनि होइन । कसैले भ्युज बढाउन हावादारी समाचार बनाएको हुनसक्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत टिकटक प्रतिबन्ध हुने हल्लामा कुनै सत्यता नरहेको भन्दै त्यसको पछि नलाग्न भनेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् टिकटकमा रमाइरहेका छन् ।

आफ्नो टिकटक आईडी समेत बनाएका उनले बेलाबखत टिकटकका प्रसंग निकालेर भिडलाई हसाँउने समेत गर्दै आएका छन् । टिकटकप्रति प्रधानमन्त्री नै आशक्त देखिएको अवस्थामा प्रतिबन्ध हुने कुरामा कुनै आधार र सत्यता छैन ।

पठाओ, यसरी बन्दै छ नेपालीको सारथी

पठाओ, यसरी बन्दै छ नेपालीको सारथी

 

काठमाडौं । आइतबार साँझ मलाई भक्तपुर पुग्नु थियो । त्यो पनि हतारमा । अनामनगरमा रहेको कार्यालयबाट पठाओ बुक गरेर निस्किएँ ।

चोकमा कुर्दै गर्दा पठाओको ड्रेसमा सजिएका एक व्यक्ति बाइकमा आइपुगे र ‘तपाईं नै हो ?’ भनेर सोधे ।

‘हो’ भन्दै म बाइकको पछाडि बसेँ र यात्रा सुरु गरेँ ।

करिब साझ ७ बजेको थियो होला । यो समयमा भक्तपुरको यात्रा जामले गर्दा साँच्चिकै झन्झटिलो र लामो हुन्छ । मैले बाइकमा बसेको केही बेरमै ती बाइक चालकसँग कुरा गर्न थालेँ ।

यसअघि कतै नभेटिए पनि बाइकमा सवार गरिरहँदा ‘हामी पहिल्यै देखिका साथी हौं’ वाला सोच आउँदो रहेछ ।

कुराकानीबाट थाहा भयो, उनी कैलालीका रहेछन् । एक वर्षदेखि पठाओको राइडर बनेर काठमाडौंमा जीविका चलाइरहेका रहेछन् ।

उनको ड्युटी अर्थात् पठाओको राइडिङ बिहान ६ बजेदेखि बेलुकी साढे ७ बजेसम्म चल्दो रहेछ । कहिलेकाहिँ समय तलमाथि हुनसक्ने भन्दै उनले दिनको अधिकांश समय पठाओमा यात्रु चहार्ने र पुर्‍याउँदैमा बित्ने गरेकाे उनले सुनाए ।

अच्चम्म मान्दै मैले उनलाई सोधेँ, ‘भनेपछि तपाईं अन्त कतै काम गर्नुहुन्न ?’

‘एक वर्षअघि काम नभएको बेला पठाओमा जोडिएको थिएँ । अहिले काम नै यही, दैनिकी नै यही हो जस्ताे लाग्छ,’ उनले जवाफ फर्काए ।

उनको जवाफले मलाई थप काैतुहल बनायाे ।

‘दिनमा कति टिप गर्नुहुन्छ ?’ मैले साेधेँ ।

‘त्यस्तै १५ देखि २० सम्म’ उनले तुरून्त उत्तार फर्काए ।

यात्रा रमाइलाेसँग बढिरहेकाे थियाे । मैले ‘उसाेभए पठाओबाट राम्रै कमाई होला है’ भनेर प्रश्न तेर्साएँ ।

‘महिनामा चानचुन ४० हजार चानचुन बच्छ । विहानदेखि बेलुकैसम्म पठाओमै दिन जान्छ । यति कमाउँदा पनि आनन्द लाग्छ,’ उनी पनि निर्धक्क आफ्ना कुरा खोल्दै थिए ।

‘सुरुमा मेरो पुरानो बाइक थियो । मैले पठाओमा राइडरको काम गर्न थालेसँगै विस्तारै नयाँ बाइक किनेँ । त्यसको किस्ता निरन्तर तिरिरहेको छु । किस्ता सहित मलाई काठमाडौंको कोठाभाडा तिरेर गुजारा टार्न पुगेको छ ।’

उनको यो जवाफ जागिर नपाएर भौतारिरहेका धेरैलाई प्रेरणा बन्न सक्ला । सक्ला हाेइन, सक्छ नै ।

उनीसँगकाे भलाकुसारीपछि म स्पष्ट भएँ कि, पठाओले काठमाडौंमा रहेका धेरै युवाको मुहारमा खुसी ल्याइदिएको छ । अझै धेरैलाई खुसी दिन सक्छ ।

कुनै समय अञ्जान व्यक्तिको बाइकमा बस्दा लुटिएला कि भन्ने त्रास हुन्थ्याे । बाटोमै अलपत्र पार्दिन सक्छन् कि भन्ने डर हुन्थ्याे ।

तर, आज सहजताका लागि त्यही अञ्जान व्यक्ति हाम्रा सारथी बनेका छन् । भने, त्यही सारथिको पनि सारथी ‘पठाओ’ बनेको छ ।

नाकाबन्दीको समयमा पेट्रोल र डिजेलको अभाव हुँदा सुरु भएको ‘लिफ्ट’ दिने कल्चरलाई व्यवसायिक योजनामा परिणत गरी अघि बढेको पठाओ आज हजारौं नेपालीको जिवनयापनको स्रोत र लाखौं नेपालीको सवारी बनिसकेको छ ।

‘म आफैंले पनि नाकाबन्दीको बेलामा बेला धेरैलाई लिफ्ट दिएँ,’ पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यात भन्छन, ‘मलाई विदेशी कम्पनीमा काम गर्ने एक जना साथीले तेल र उसको इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको थियो । मैले त्याे इलेक्ट्रिक स्कुटरमा धेरै मान्छे बोकेँ । गाडी चलाउँदा पाँच जना अट्ने भएता पनि ६–७ जनासम्म हालेर हिँडेको थिएँ ।’

त्यति बेला बल्ल मान्छेमा लिफ्ट लिँदा र दिँदा केही हुन्न भन्ने खालको एउटा भावना सिर्जना भएको थियो । उनी सम्झँदै भन्छन, ‘त्यति बेला म अर्को कम्पनीमा काम गर्थेँ । उक्त कम्पनीले नेपालमा अर्काे चर्चित राइड सेयरिङ एप ‘उबर’ ल्याउने तयारी गरेको थियो ।’

त्यसका लागि गाडीका चालकलाई तालिम दिनेदेखि सम्पूर्ण काम सकिएको थियो । तर, सोही समयमै भारतको दिल्लीमा भएको बलात्कारको घटनालाई लुकाउन खोजिएको भन्दै उबरका माथिल्ला तहका धेरै कर्मचारी निलम्बनमा परे । जसको असर, उबर नेपाल भित्र्याउने सपना तुहियो ।

त्यसपछी बस्न्यातले उनका साथिहरुसँगै त्याे कम्पनी छाडे । कम्पनी छाडेको एक वर्षपछि फेरि केही गर्ने योजना उनीहरुको टिमले बनायो । उबर त सफल भएन, अब त्यस्तै तर अर्को सेवा किन नगर्ने भनेर सल्लाह भयो ।

उनी भन्छन, ‘हामीले विभिन्न कम्पनीसँग प्रस्ताव गर्‍यौं । भारत, बंगलादेशका कतिपय कम्पनीबाट प्रस्ताव आयो । त्यसबाट हामीले पठाओ रोज्यौं ।’

अशिममान सिंह बस्न्यात

पठाओले उनीहरुलाई लगानी खोज्दिनेदेखि प्रविधिसम्म आफैं उपलब्ध गराउने प्रस्ताव राखेको थियो । तर, उनीहरु ब्राण्ड मात्रै चाहन्थे । त्यसैले ब्राण्डको भ्यालुसहितको शेयर मिलाएर सेवा उपलब्ध गराउने निर्णय भयो ।

‘ब्राण्डसँगै अमेरिकाबाट लगानी पनि आयो,’ उनी भन्छन, ‘लगानी पनि आयो, प्रविधि पनि तयार भयो । तर अब कहाँबाट सुरु गर्ने भनेर हाम्राे समूहमा कसैलाई पनि जानकारी थिएन ।’

नेपालमै यही क्षेत्रमा काम गरिरहेका एक जना साथी उनीहरुको टिममा जोडिए । ती साथिसँग भएको अनुभवले विस्तारै कम्पनीलाई अघि बढाइयो । उनी भन्छन, ‘हामीले परियोजना लहैलहैमा सुरु गरेका थियौं ।’

तर, त्यही लहैलहैबाट सुरु भएको पठाओ आज नेपालमा प्रयोगका हिसाबले सबैभन्दा धेरै प्रयोग गरिने एपमध्ये पर्छ । भने, समस्या पर्दा रेस्क्यु गर्न आउने एप जस्तै भएको छ ।

आज पठाओ नेपालकाे एप साढे १२ लाख डाउनलोड भइसकेको छ । सँगै ९० हजार राइडर र ड्राइभरको एप डाउनलोड भएको छ । कोभिडका कारण सम्पूर्ण मापदण्ड पुरा गरेर चलाउने बाइक राइडर १० हजारको हाराहारीमा पुगेका छन् ।

त्यस्तै ट्याक्सी ड्राइभरको संख्या २ हजारभन्दा बढी पुगेकाे छ । जसमार्फत दैनिक ४० हजारको हाराहारीमा टिप हुने गरेको बस्न्यात सुनाउँछन् । तर पनि उनी यसलाई सन्तुष्टिको आधार भने मान्दैनन् ।

भन्छन, ‘बजारमा अहिले च्याउसरी कम्पनी आउने र बिलाउने क्रम चलिरहेको छ । पठाओले अहिले दैनिक दिने सेवा सम्भावनाको २० प्रतिशत पनि हाेइन । त्यसैले यहाँ प्रतिस्पर्धी बजार स्थापना हुन आवश्यक छ । किनकि नेपालको हकमा एकतर्फी १०० रुपैंयाँ तिरेर यात्रा गर्नु महंगो हो ।’

उक्त शुल्कलाई कसरी कम गर्न सकिन्छ र आम मानिसको यात्रा गर्ने साधन कसरी बन्न सकिन्छ भन्ने नै कम्पनीकोे मुख्य उदेश्य हो ।

उनी भन्छन, ‘कुनै समय मैले इलेक्ट्रिक स्कुटरमा धेरै मान्छे बोकेको थिएँ । सायद भोलिको भविष्य इलेक्ट्रिक हो कि ? सबै सवारी इलेक्ट्रिक भइदिएको खण्डमा तेलको मूल्य तिर्नु नपर्दा मूल्य कम हुन्छ कि ? अथवा सरकारले नीतिगत रुपमा सहयोग गरेको खण्डमा केही हुन्छ कि भन्ने नै हो ।’

तर, यसका लागि एउटा कम्पनी मात्रै उफ्रिएर हुने केही होइन । सरकारले सहज नीति बनाउनु पर्‍यो । टेलिकम सेवा प्रदायकले राइडरको हकमा सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराइदिनु पर्‍यो । यी सबै भएको खण्डमा नेपालीका लागि पार्ट टाइम जब र यात्रा गर्न सहजता खोजी राख्नु नपर्ने उनी दाबी गर्छन् ।

भन्छन, ‘पठाओले अहिले १८ वर्षको उमेरमा आफूसँग लाइसेन्स छ भने पकेटमनीका लागि परिवारसँग निर्भर हुनुपर्दैन भनेर प्रमाणित गरिदिएकाे छ ।’

पठाओमाथिको आक्रमण युवा उद्यमीका लागि सिकाई

नेपालीलाई दुई वटा कुरा कसैले पनि सिकाउनै पर्दैन रे । उनी हाँस्दै भन्छन, ‘एउटा खाली जग्गामा प्लटिङ गर्न र अर्काे कसैले केही गर्न खोज्यो भने विरोध गर्न । पठाओमाथिको आक्रमण पनि त्यसैको एउटा शिकार हो । कम्पनीले पाएको सफलताबाट लोभिनेहरुको हो ।’

विभिन्न माग राख्दै भएको पठाओको कार्यालयमा भएको तोडफोडमा ५० जना जति सहभागी थिए । त्यसमध्ये कतिपयलाई जबरजस्ती सहभागी गराइएको थियो । भने, कतिपय त तोडफोडका लागि दुई दिनअघिमात्रै पठाओमा आबद्ध भएकाहरु पनि भेटिए ।

कतिपय कम्पनीको नीतिभन्दा बाहिर गएर काम गरेबापत जिन्दगीभर बन्देज लगाएका थिए । ‘उनीहरुबाट मलाई विभिन्न माध्ययबाट धाकधम्की पनि आएकै थियो,’ उनी भन्छन, ‘यस्तै हो भने बस्दाको परिणाम तोडफोडमा परिणत भयो ।’

यदि उनीहरु साँच्चिकै राइडर हुन्थे भने आफ्नो आम्दानीको स्रोतमाथि यसरी आक्रमण गर्ने थिएनन् । तर, पनि मैले यसलाई समग्र स्टार्टअपका लागि सिकाईको रुपमा लिएको छु । उनी भन्छन, ‘यस्ता घटनाले म लगानी गरेर केही गर्छु भन्ने नयाँ उद्यमीहरुलाई निरुत्साहित पक्कै गर्नेछ । विशेषगरी ईकमर्स, अनलाइन बिजनेशका लागि यो पाठ हो ।’

बाइकबाट ट्याक्सीमा किन ?

हामी प्रविधिमा काम गर्ने मान्छे । हामीसँग प्रविधि छ भने उक्त प्रविधिमार्फत थप सेवा किन नदिने भनेर नै हो । उनी भन्छन, ‘त्योभन्दा पनि ट्याक्सी चालकहरुमा पठाओले प्राइभेट गाडीको सेवा सुरु गर्ने हो कि भन्ने चिन्ता रहेछ ।

यदि त्यसो भएको खण्डमा हाम्रो व्यवसाय धरापमा पर्छ भन्ने ट्याक्सी चालकको चिन्ता र कम्पनीको मनसाय मिल्दा ट्याक्सी सेवा थप भएको हो ।’

अहिले हामीसँग २ हजारभन्दा बढी ट्याक्सी जोडिएका छन् । जोडिएका ट्याक्सीलाई सोध्ने हो भने कम्तीमा पनि ५ टिप पठाओबाट गर्ने गरेको बताउँछन् ।

उनी भन्छन, ‘उनीहरुले पेट्राेलमा पहिलेभन्दा ५ सय बढी खर्च गर्लान् । तर आम्दानी पहिलेभन्दा ३ गुणाले बढेको छ । अहिले शुक्रबार बाइक र शनिबार ट्याक्सीको प्रयाेग सबैभन्दा बढी हुने गरेको छ ।’

पठाओमा ‘कार प्लस’ के हो ?

पठाओले एपकाे कार सेक्सनमा कार लाइट अर्थात् ट्याक्सी मात्रै सञ्चालनमा ल्याएको छ । तर, ‘कार प्लस’ भन्ने सेक्सेन त्यहाँ उपलब्ध भएता पनि सेवा सुरु भएको छैन ।

‘यसको कारण कम्पनीले प्राइभेट कार भित्र्याउने तयारी गरिरहेको छ भन्ने धेरैलाई परेको छ,’ उनी भन्छन, ‘जुन कुनै योजनामै छैन । कार प्लसको उद्देश्य जब हाम्रो ट्याक्सी २० वर्ष लागू भएर नयाँ ट्याक्सी किन्नुपर्ने हुन्छ, त्यति बेला आउने एसीयुक्त ट्याक्सीलाई हामीले यसमा समावेश गर्ने योजना बनाएका हौं ।’

अबको योजना

कम्पनीले चाँडै ‘रियल टाइम पार्सल’ सुरु गर्दैछ । यसको अर्थ यदि तपाईं कार्यालयमा हुनुहुन्छ, तर घरमा सामान बिर्सिनुभयो भने अब त्यो सामान तपाईंको घरमा पुगेर तपाईंको कार्यालयसम्म ल्याइदिने काम पठाओका राइडरले गर्नेछन् ।

‘यसको उद्देश्य मान्छेले घरमा पाकेको खान अफिसमा बसेर खान पाओस भन्ने हो,’ उनी भन्छन, ‘यदि त्यो सेवा सुरु भएको खण्डमा पठाओबाट घरबाट खाना मगाएर खान सक्छ । यसले ठूलो सहयोग पुर्‍याउने छ भन्ने विश्वास हामीले लिएका छौं । यसले ईकमर्स कम्पनीलाई पनि सहयोग पुर्‍याउनेछ ।’

इन्टरनेटमा पनि ‘क्लिन फिड’को माग, तर कति सम्भव ?

इन्टरनेटमा पनि ‘क्लिन फिड’को माग, तर कति सम्भव ?

 


काठमाडौं । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले गत पुस ३ गते सर्वोच्च अदालतमा एउटा रिट दायर गरेका छन्, जसमा दुईवटा माग राखिएको छ । पहिलो- विदेशबाट नेपालमा बिना अनुमति प्रसारण भइरहेका श्रब्यदृश्य सामग्रीको प्रसारण बन्द गर्नुपर्छ । दोस्रो- विदेशी विज्ञापनरहित (क्लिन फिड) सामग्री मात्रै प्रसारण गर्न दिनुपर्छ ।

यदि रिट निवेदकको माग बमोजिम सर्वोच्चले फैसला गर्‍यो भने युट्युब, नेटफि्लक्स, हटस्टार, हंगामा, गानासहित विभिन्न टेलिभिजन च्यानलका एपहरु पनि प्रतिवन्धमा पर्न सक्छन् । राष्ट्रिय प्रसारण नियमावलीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नेगरी हुने श्रव्यदृश्य प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने भने पनि यस्ता विदेशी वेबसाइट, एप र ओटीटी -ओभर दि टप) प्लेटर्फमले नेपालमा अनुमति नलिएको दावी रिट निवेदकले गरेका छन् ।

विदेशी टेलिभिजन च्यानलको हकमा नेपालमा आएर डाउनलिंक अनुमति नै लिनुपर्छ । हाल यस्ता कानून र नियम मिचेर सामग्रीहरु प्रसारण भइरहेको दावी रिटमा गरिएको छ ।

त्यसैगरी इन्टरनेट प्लेटर्फममा बज्ने विदेशी विज्ञापन नेपालको विज्ञापन नियमन गर्ने ऐन २०७६ विरुद्ध भएकाले त्यसलाई रोक्नुपर्ने माग पनि निवेदकको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग नेपाल दूरसञ्चार प्राधिकरण र विज्ञापन बोर्डलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

नेपालमा श्रब्यदृश्य सामग्री प्रसारण गरेर अर्बौं कमाउने तर, नेपालको कानूनअनुसार अनुमति नलिने र एक रुपैयाँ पनि कर पनि नतिर्ने प्रवृत्ति रहेको निवेदक गौतम बताउँछन् । विज्ञापन देखाएर अर्बौं कमाउने कयौं इन्टरनेट प्लेटर्फमहरु नेपालको कानूनअनुसार अवैध भएको उनको भनाइ छ ।

‘अश्लिल प्रसारण गर्ने भएकाले ६ हजारभन्दा बढी पोर्न साइट अवैध ठहर गरेर सरकारले बन्द गर्‍यो,’ उनी भन्छन्, ‘कानूनअनुसार अनुमति नलिएका र क्लिन फिड सामग्री नदिने इन्टरनेट प्लेटर्फम पनि अवैध भएकाले रोक्नैपर्छ ।’

नेपालमा गत कात्तिक ३ बाट क्लिफिडको नीति लागू भएको छ । तर, यसले टेलिभिजनलाई मात्रै समेट्ने भन्दै क्लिन फिड पनि टेलिभिजनमा मात्रै लगाइएको छ । रिट निवेदक गौतमले इन्टरनेट सामग्रीमा पनि ‘क्लिन फिड’ लागू हुनुपर्ने माग गरेका छन् ।

आईपी टीभीले जन्माएको बहस  

इन्टरनेटका सामग्रीलाई प्रतिवन्धित गर्ने माग अदालतसम्म पुग्नुको कारण भने अलग छ । विशेषगरी केबल -तार) प्रविधिबाट टेलिभिजन प्रसारण गर्नेहरुको जोडबलमा यो विवाद अदालतसम्म पुगेको हो ।

अहिले केबल टेलिभिजन विस्थापन हुने गरी आक्रामक ढंगमा आईपी टीभीको उदय भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटसँगै ‘एन्ड्रोइड आईपी टिभी सेटअप बक्स’ ग्राहकलाई दिँदैछन् । त्यसले इन्टरनेटसँगै टेलिभिजन सेवा पनि सुलभ मूल्यमा पाइने अवस्था बनेको छ ।

तर, यसको वैधतामाथि केबुल टेलिभिजन व्यवसायीले प्रश्न उठाउँदै आएका छन् । आईपी टिभीको सेटटप बक्स एन्ड्रोइड प्रविधिको हो, अर्थात् त्यसमा मोबाइलमा जसैगरी एपहरु राख्न मिल्छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले त्यसमा युट्युब लगायतका विभिन्न एपहरु राखेर ग्राहकलाई दिँदैछन् । यसले गर्दा टीभीमा नै युट्युब लगायतका एपहरु राखेर हेर्न थालिएको छ ।

यसरी आईपी टीभीमार्फत इन्टरनेटबाट टीभी हेर्दा क्लिन फिडको नियम लाग्दैन । यसमा केबुल टेलिभिजन व्यवसायी असन्तुष्ट छन् । त्यतिमात्रै हैन, नेपालमा डाउन लिंक अनमति नलिएका च्यानलका एप पनि आईपी टीभीमा राख्न थालिएकाले त्यसलाई रोक्नुपर्ने माग उनीहरुको छ । त्यस्ता एपबाट बज्ने श्रब्यदृश्य सामग्री रोक्नुपर्ने भन्दै उनीहरुले सरकारमाथि दबाव बढाउँदै आएका थिए ।

यसैबेला सर्बोच्चमा दायर रिटमा त्यसभन्दा अघि बढेर नेपालमा इन्टरनेटका माध्यमबाट प्रसारण हुने विदेशी विज्ञापनहरु रोक्नुपर्ने मागसमेत गरिएको छ । यदि विज्ञापन नरोकिने अवस्था आए एप र वेबसाइटलाई नै ‘ब्लक’ गर्नुपर्ने माग रिटमा छ ।

नेपाल केबुल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रब शर्मा टेलिभिजनमा क्लिन फिड कन्टेन्ट बजाए पनि आईपी टिभी लगायतका डिभाइसमा रहेका एपहरुमा विज्ञापनसहितका कन्टेन्ट बजिरहेको गुनासो गर्छन् ।

‘यहाँ आजतकले डाउन लिंक अनुमति लिएको छैन, उसको प्रसारणमा क्लिन फिड पनि छैन,’ उनी भन्छन्, ‘तर, यहाँ एप डाउनलोड गरेर भिडियो सामग्री पनि हेर्न मिल्छ, देशभित्र विज्ञापन पनि बज्छ । त्यस्तो अवैध काम रोकिनै पर्छ ।’

रोक्न कति सम्भव ?

अहिले नेपालमा धेरै डाउनलोड हुने विदेशी एप र यहाँ हेरिने वेबसाइटहरुमा विज्ञापनहरु देखिन्छन् । मनोरन्जनक एपमा मात्रै हैन, समाजिक सञ्जालका एपदेखि गेमिङ एपसम्ममा यस्ता विदेशी विज्ञापनहरु हुन्छन् । यदि सर्बोच्चले रिटअनुसारको दावी स्वीकार गर्‍यो भने त्यस्ता सबै इन्टरनेट प्लेटर्फम र कन्टेन्टरु रोक्नुपर्ने हुन्छ ।

इन्टरनेटकै क्लिन फिड मागिएको विषयमा सूचना प्रविधि विज्ञहरुको फरक-फरक मत छ । सूचनाप्रविधि विज्ञ आनन्दराज खनाल टेलिभिजनको लाइसेन्स लिएका सबै सेवा प्रदायकलाई राज्यले समन्यायिक ब्यबहार गर्नुपर्ने बताउँछन् ।

‘जुनसुकै प्रविधिबाट भएपनि आईपी टीभीले डाउनलिंक अनुमति नभएका क्लिफिडरहित कन्टेन्ट बजाएका छन् भने त्यो रोकिनुपर्छ,,’ उनी भन्छन्, ‘प्रविधि फरक भए पनि एउटै कानूनबाट निर्देशित हुने, एउटै दरको कर लाग्ने, अनुमतिपत्र शुल्क तिर्नेमाथि राज्यले फरक-फरक व्यवहार गर्न मिल्दैन ।’

उनले इन्टरनेटमा बज्ने विज्ञापन रोक्न पनि सकिने भन्दै त्यसका लागि सरकारले प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

‘इन्टरनेटमा विदेशी विज्ञापन रोक्न नसकिने हैन, फिल्टर प्रविधिहरु छन्,’ उनी भन्छन्, ‘तर, त्यसअघि नै त्यस्तो प्रविधिमा ठूलो लगानी गर्दा प्राप्त हुने प्रतिफल के हुन्छ भनेर विश्लेषण गर्नुपर्छ ।’

साइबर कानूनका विज्ञ प्रविण सुवेदी भने विज्ञापन नियमन गर्ने ऐनले इन्टरनेटमा बज्ने विदेशी विज्ञापन रोक्ने परिकल्पना नै नगरेको बताउँछन् । ऐनले टेलिभिजनमा बज्ने विज्ञापनमा मात्रै क्लिन फिडको कुरा गरेकाले विद्यमान कानूनकै आधारमा क्लिन फिड नभएका इन्टरनेट समाग्रीलाई रोक्न कठिन हुने उनको भनाइ छ ।

ऐनको दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले विज्ञापनरहित -क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था छ । तर, ऐनको परिभाषा खण्डमा ‘विज्ञापन’लाई अनलाइन माध्यममा राखिने प्रचारप्रसार सामग्रीलाई पनि मानिएको छ ।

अर्का साइबर कानूनका विज्ञ सन्तोष सिग्देल एन्ड्रोइड वा ओईओसएस प्रविधिबाट प्रसारण हुने टेलिभिजन सामग्री र इन्टरनेटमार्फत देखाइने विदेशी विज्ञापनलाई नियमन गर्ने कानून नै नभएको बताउँछन् ।

‘यो अब अदालतले नै ब्याख्या गर्ने विषय बन्यो,’ उनी भन्छन्, ‘भविष्यमा सरकारले अहिले उठेका सवाललाई सम्बाधेन गर्ने गरी नियामक कानून ल्याउनुपर्छ ।’

 सातै प्रदेशमा मौसम पूर्ण बदली भई वर्षाको सम्भावना

सातै प्रदेशमा मौसम पूर्ण बदली भई वर्षाको सम्भावना

कहिलेदेखि हुन्छ मौसममा सुधार ?
काठमाडौं,२२ जेठ । दक्षिण-पूर्वी अरब सागरमा १ जुनदेखि विकसित भएको निसर्ग तुफानको प्रभाव नेपालमासमेत पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा ठोक्किएको तुफानले आफ्नो चरम अवस्था १०० देखि १२० किलोमिटर प्रतिघण्टाको गति पार गरेर कमजोर बनिरहेको छ ।

महाशाखाका अनुसार निसर्ग कमजोर भएर उत्तरपूर्वतिर बढ्दै छ । यसका कारण देशका सातै प्रदेशमा मौसम पूर्ण बदली भई सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले ट्विटमार्फत् भनेको छ, ून्यून चापीय क्षेत्र ९ुनिसर्गु कमजोर भएर बनेको० उत्तरपूर्व तिर बढ्दैछ । यसको कारणले देशका सातै प्रदेशमा पूर्ण बदली रहेको छ । बागमती, प्रदेश २ र प्रदेश १ मा मध्यम वर्षा हुने सम्भावना छ । यी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षा समेत हुन सक्छ ।

शनिबार पनि अधिकांश स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने, १(२ स्थानहरुमा भारी वर्षा समेत हुने र उच्च हिमाली भू(भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भू(भागमा पहिरोको समेत जोखिम रहेको जनाइएको छ ।
एक सय वर्षपछि पहिलो पटक शक्तिशाली तुफान निसर्ग विकसित भएको हो । 
तुलसीपुरले सार्वजनिक कार्यक्रमको अनुमति नदिने

तुलसीपुरले सार्वजनिक कार्यक्रमको अनुमति नदिने

तुलसीपुर,२१ फागुन । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्नुका साथै अनुमतिमा रोक समेत लगाइएको प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएका छन् । ‘ भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भिर असर समेत भएकाले यसबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्नु आवश्यक छ ।’विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यवाहक नगरप्रमुख डाँगीले सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगायतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गरेका छन् ।
 उपमहानगरपालिको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस लगायत आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउदासम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।  उनले यसबाट जोगिनका लागि स्वास्थ्यमा सतर्कता अपनाउनका लागि समेत अनुरोध गरेका छन् ।


कोरोना भाइरसबाट सुरक्षित रहन जिल्ला समन्वय समिति दाङको अपिल

कोरोना भाइरसबाट सुरक्षित रहन जिल्ला समन्वय समिति दाङको अपिल

दाङ २१ फागुन ।
जिल्ला समन्वय समिति दाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड –१९) को जोखिम नेपालमा समेत रहेकाले महामारीको संक्रमणबाट सुरक्षित र सर्तक रहन सम्पूर्ण जिल्लावासीमा अपिल गरेको छ ।
 समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बुधवार अपिल जारी गरेर यस्तो आग्रहगर्नु भएको हो । आवश्यक व्यवस्थापनमा सवै पक्षसँग सहकार्य र समन्वयगर्न समन्वय समिति सधै तयार नै भएको जानकारी गराउँदै उहाँले कोराना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस मुल समिति दाङले जिल्लामा गर्ने भनेका सम्पुर्ण कार्यक्रम तत्तकालका लागि स्थगीत भएको जानकारी गराउनु भएको छ ।

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

दाङ,१८ फागुन । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
महाशााखाका अनुसार अपरान्हपछि  पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पश्चिमी भू–भागसहित मध्य र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,१३ फागुन । मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ ।
महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै देशमा पश्चिमी वायुको प्रभाव परेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ ।
यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक

संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक

काठमाडौं,९ फागुन। मौसम पूर्वानुमान महाशाखाले संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक गर्न थालेको छ ।

महाशाखाले यसअघि भौगोलिक अवस्थितिका आधारमा मात्रै मौसमको पूर्वानुमान गर्ने गरेको थियो । तर, महाशाखाले त्यसलाई बदलेर संघीय संरचनाअनुसार साप्ताहिक मौसम पूर्वानुमान जारी गर्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले कृषकहरूलाई लक्षित गर्दै संघीय संरचनाअनुसार मौसमी बुलेटिन सार्वजनिक गर्न थालिएको अनलाइनखबरलाई जानकारी दिइन् ।

यद्यपि, कृषकहरूलाई लक्ष्य गरेर महाशाखाले यसअघि पनि मौसमी बुलेटिन सार्वजनिक गर्ने गरेको थियो । तर, मुलुक संघीय संरचनामा गए पनि महाशखालले त्यसअनुसार बुलेटिन सार्वजनिक गर्न सकेको थिएन ।

महाशाखाले हरेक बिहीबार सातै प्रदेशको मौसमी विवरण तयार गर्ने गरेको छ । त्यसरी तयार गरिएको बुलेटिनलाई शुक्रबार जारी गर्ने गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन् ।

संघीय संरचनाअनुसार जारी हुने बुलेटिनले कृषि कर्म गर्न मद्दत पुग्ने महाशाखाको विश्वास छ ।
मेषकाे मन प्रशन्न, वृष र सिंहकाे मनग्गे आम्दानी, बृश्चिकले विशेष ध्यान दिनुपर्ने

मेषकाे मन प्रशन्न, वृष र सिंहकाे मनग्गे आम्दानी, बृश्चिकले विशेष ध्यान दिनुपर्ने

वि.सं.२०७६ साल माघ २४ गते । शुक्रबार । ईश्वी सन् २०२० फेब्रुवरी ०७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– त्रयोदशी,२४ घडी १९ पला,बेलुकी ०४ बजेर ३३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पुनर्र्वशु,३९ घडी ४५ पला,बेलुकी १० बजेर ४० मिनेट उप्रान्त तिष्य । योग– प्रिती,३६ घडी ४१ पला,बेलुकी ०९ बजेर ३० मिनेट उप्रान्त आयुष्मान । करण– तैतिल,बेलुकी ०४ बजेर ३३ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ५६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन,बेलुकी ०४ बजेर ५२ मिनेट उप्रान्त कर्कट । 
मेष:चू,चे,चो,ला,लि,लू,ले,लो,अ० दाजुभाई तथा छिमेकीबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मनपर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन्  । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले अध्ययन अध्यापनमा मन जानेछ । आफूलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुनेछ । साझपख आमा तथा आफन्तसँग टाडिनस पर्दा मन खिन्न हुनेछ ।

बृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्नीविच बिस्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।  

मिथुन:का,की,कू,घ,ङ,छ,के,को,हा० व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरि वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

कर्कट:ही,हू,हे,हो,डा,डी,डु,डे,डो० अनावस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ । तरपनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह ९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ । साझपख विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न  सक्नेछन् ।

कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे आम्दानीगर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ ।

तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते० धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

बृश्चिक९तो,ना,नी,नू,ने,नो,या,यी,यू० नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिएपनि आम्दानीन्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठुलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला । साझपख समय राम्रो रहेकोले लामो दुरिको शैक्षिक यात्रा हुनेछ ।

धनु :ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । साझपख भौतिक सम्पति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने बिवादित बिषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हातलगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीकास्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथिको हरेका पाईलामा समर्थन पाइने  योग रहेकोछ ।

कुम्भ:गू,गे,गो,सा,सी,सू,से,सो,दा० पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

मीन:दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० जीवनशैलि व्यास्त भएपनि आर्थिक रुपमा पछिनै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा विलाशी वस्तु हात लागी हुनेछ ।
आजको राशिफल : मेष राम्रो, सिंह उत्तम

आजको राशिफल : मेष राम्रो, सिंह उत्तम

२०७६, माघ २३ गते बिहीबार 

मेष ; दिन राम्रो छ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ ।

वृष स् दिन उत्तम छ । आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । मुख्य काम गरिनेछ ।

मिथुन : दिन भाग्यवर्धक छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

कर्कट : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । महत्वपूर्ण काम हुन कठिन छ ।

सिंह : दिन उत्तम छ । आय आर्जन बढ्नेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कन्या :  दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काम सफलतापूर्वक बन्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

तुला :  दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दानपुण्यले मन प्रसन्न रहनेछ ।

वृश्चिक : दिन प्रतिकूल छ । व्यवहारिक समस्याले सताउनसक्छ । मन खिन्न हुनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

धनु : दिन अत्युत्तम छ । व्यवसायिक क्षेत्रमा उन्नति हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।

मकर : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आटेको काम बन्नेछ ।

कुम्भ : दिन सार्थक खालको छ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

मीन : दिन प्रतिकूल छ । मनमा भय र त्रासले जरा गाड्न सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बुद्धिमानी हुने देखिन्छ ।
मौसम पूर्वानुमान : आजको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान : आजको मौसम कस्तो रहला ?

दाङ,७ माघ ।नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सूचनामा उक्त प्रणालीको असर कम हुने बताएको हो ।
पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी  भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम  हिमपातको सम्भावना रहेको छ।
राति भने देशका अधिकांश भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ।  उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
आजको मौसम : वर्षा र भारी हिमपात

आजको मौसम : वर्षा र भारी हिमपात

दाङ,२ माघ । मौसम पूर्वानुमान महाशाखाले आज मध्य र पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
बिहिबार जारी मौसम पूर्वानुमानमा महाशाखाले पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको जारी सूचनामा उल्लेख छ ।
यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ  । यसैगरी, पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ ।त्यस्तै, आज राति पनि देशका मध्य, पूर्वी स्थानमा पूर्ण बदली हुने र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ । 
देशका धेरै ठाउँमा हिउँदे वर्षासँगै हिमाली तथा पहाडी भुभागमा हिमपात

देशका धेरै ठाउँमा हिउँदे वर्षासँगै हिमाली तथा पहाडी भुभागमा हिमपात

दाङ, पुस १८ । देशका धेरै ठाउँमा वर्षा र हिमपातका कारण चिसो बढेको छ । दाङमा दिउँसो केहि आकास खुलेको जस्तो भएपनि साँझ पर्दै जाँदा आकाश धुम्मिएको छ । गएरातीदेखि बिहानसम्म दाङमा वर्षा भएको थियो । वर्षा भएसँगै चिसोपनि बढेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दाङसहित सुर्खेत, रुपन्देही, कपिलवस्तु, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पालगायत ठाउँमा पानी परेको र केहि ठाउँमा अहिलेपनि पानी परिरहेको छ ।यस्तै उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात भैरहेको छ । डोटीको सदरमुकाम सिलगढीमा २५ वर्षपछि हिमपात भएको छ । सदरमुकाम सिलगढीमा आधा फिटसम्म हिउँ जमेको छ । सदरमुकाम सिलगढीसँगै जोडिएका स्वाँडा, मछिन्तोला, गोलादेउ, झिग्रानालगायतका गाउँमा पनि बाक्लो हिउँ परेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
मौसमविद भन्छन्- अब देशभर चिसो बढ्छ

मौसमविद भन्छन्- अब देशभर चिसो बढ्छ

दाङ,२६ मंसिर। बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ ।
बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो ।
हुम्लासहित कर्णालीका उच्च हिमाली भागमा बिहीबार बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । हिमपातले जनजीवन प्रभावित छ भने हवाई सेवा अवरुद्ध भएको छ ।
मौसममा आएको बदलीले तराईको जनजीवन पनि प्रभावित भएको छ । तराई क्षेत्रमा पनि कतिपय स्थानको हवाई सेवा प्रभावित भएको छ । यद्यपि, काठमाडौंको भिजिबिलिटी ४ हजार मिटर रहेकाले हवाई सेवा सञ्चालन भइरहेको छ । भिजिबिलिटी ३ हजार मिटरभन्दा कम भएमा उडान गर्न नहुने अन्तर्राष्ट्रिय उड्डयन नियम छ ।
मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविदको प्रक्षेपण छ । मौसम पूर्वानुमान विभागका मौसमविदका अनुसार, योबीचमा देशका अधिकांश भूभागको तापक्रममा गिरावट आई चिसोसमेत बढ्नेछ ।
काठमाडौं उपत्यकाको तापक्रम बिहीबार बिहान ९ः४५ बजे ७।७ डिग्री मापन भएको छ । यो वर्षकै सबैभन्दा चिसो दिन भने होइन । यस वर्ष काठमाडौंको तापक्रम ५ डिग्रीमा झरिसकेको छ ।
देशका पश्चिम भेगका धेरै र पूर्वी भागका केही स्थानमा शनिबारसम्मै हल्का वर्षाको सम्भावना पनि विभागले औंल्याएको छ । मौसम विभागका अनुसार, शनिबारपछि भने मौसममा सुधार आउनेछ ।
एनसेलले २१ अर्ब १० करोड कर तिर्नुपर्ने

एनसेलले २१ अर्ब १० करोड कर तिर्नुपर्ने

काठमाडौं, ६ मंसिर। निजी मोबाइल सेवाप्रदायक एनसेलले अब रू २१ अर्ब १० करोड मात्रै पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करको विपक्षमा एनसेलले दायर गरेको रीटमा भदौ दोस्रो साताको पैmसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले सो राय दिएको हो । फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा करीब रू। १८ अर्बको छूट एनसेललाई हुने भएको छ ।

ल्अभिियसअघि ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेललाई कुल रू। ६२ अर्ब ६३ करोड कर निर्धारण गर्दै यसअघि तिरेको रू। २३ अर्ब ५७ करोड घटाई रू। ३९ अर्ब ६ करोड तिर्नुपर्ने ठहर गरेको थियो । त्यसलाई चुनौती दिँदै एनसेलले सर्वोच्च अदालतमा रीट दायर गरेको थियो । त्यतिखेर आफूले रू। १४ अर्ब ३६ करोड तिर्न बाँकी रहेको एनसेलको जिकीर थियो ।

एनसेलको सो रीटको फैसला गर्दै भदौ ९ गते सर्वोच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुषमालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले ठूला करदाता कार्यालयले एनसेलको शेयर किनबेचमा यसअघि निर्धारण गरेको कर बदर गरिदिएको थियो ।

अदालतको बिहीवारको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘एनसेलले २०७४ जेठ २१ गतेसम्म अग्रिम कर कट्टीबापत दाखिला गरेको रू। २३ अर्ब ५७ करोड समायोजन गरी तिर्न बाँकी रू। ३९ अर्ब ६ करोडमध्ये साविक मिति २०७४ असार १३ गते निर्धारित कर रकमको ऐनको दफा १२० ९क० बमोजिम लागेको शुल्कको ५० प्रतिशतले हुने १९ अर्ब ९५ करोडबाहेक २१ अर्ब १० करोड र सोको बुझाउँदाको दिनसम्मको ब्याज र जरीवाना बुझाउनुपर्ने देखिन आउँछ ।’

सर्वोच्चका पाँच न्यायाधीशको इजलाशको उक्त फैसलामा न्यायाधीश सुषमालता माथेमाको भने फरक राय रहेको छ । न्यायाधीश माथेमाले विपक्षी ठूला करदाता कार्यालयले गरेको कर निर्धारण नै उचित रहेको हुँदा आफूले फरक मत राखेको फैसलाको पूर्णपाठमा उल्लेख छ अभियानमा खबर छ ।

टेलियासोनेरा, नर्वेले २०७२ चैत २९ गते एनसेल प्रालि आजियाटा ९यूके० लाई विक्री गरेको थियो । सो कारोबारमा शुरूमा लाभकर तिर्नु नपर्ने दाबी एनसेलको थियो । तर, कर कार्यालयले कर असुली प्रक्रिया अघि बढाएपछि लाभकरको मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेको थियो ।
सीमा विवाद समाधान गर्न भारतसँग उच्चस्तरीय वार्ता गरिने

सीमा विवाद समाधान गर्न भारतसँग उच्चस्तरीय वार्ता गरिने

काठमाडौँ, २४ कार्तिक । कालापानी र लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि त्यो समस्या सामाधान गर्न सरकारले भारतसँग उच्चस्तरको वार्ता गर्ने छ । शनिवार सम्पन्न सर्वक्षीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले कालापानीको विषयमा सुझाव लिन सङ्घीय संसद्मा रहेका दलहरूका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विषयविज्ञहरूको सर्वपक्षीय बैठक शनिबार बोलाएका थिए । बैठकमा सहभागी अधिकांश नेताहरूले उच्चस्तरको राजनीतिक तथा कूटनीतिक पहलबाट कालापानी समस्याको निकास खोजिनुपर्ने सुझाव राख्नुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो, सामान्य क्षति

त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो, सामान्य क्षति

काठमाडौं ,२२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।
मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने

मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने

दाङ, १६ असोज  । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी वर्षा भइरहेको छ, त्यसकै असर नेपालमा बढ्न थालेको छ ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको गुजरात र अरब सागरमा रहेको न्यूनचापीय रेखा डिप्रेसनमा परिवर्तित भएको छ । भारतको उत्तरप्रदेशमा रहेको न्यूनचापीय मौसम प्रणालीको असर नेपालको मध्य र पूर्वी भेगमा परिरहेको छ । यस प्रणालीकै कारण बङ्गालको खाडी र अरब सागर दुवैतिरको जलवाष्पयुक्त वायु तानिएर नेपालतर्फ आउनेक्रम जारी रहेकैले अझै एकसाता वर्षा लम्बिने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ ।

‘‘तर दशैँमा आवतजावत गरिरहने सर्वसाधारणले धेरै ठूलो चिन्ता लिनुपर्दैन’’, श्रेष्ठले थप्नुभयो, ‘‘लगातार र ठूलो दर्के पानी पर्दैन, त्यसैले बाढी पहिरोको जोखिम कम छ । तर मनसुन जाँदै गर्दाको बादल भएकाले बिजुली चम्कने र चट्याङ पर्नसक्ने खतरा भने कायमै छ ।’’

असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना मौसमविद् औँल्याउँछन् । “यो मनसुनी वायु अन्त्यपछि भने पश्चिमी वायु बलियो हुँदै जानेछ,” श्रेष्ठले थप्नुभयो, “पोस्ट मनसुनको यो अवस्थामा चिसो हावा चल्ने र आकाश खुल्ने वातावरणसँग हिउँद लाग्नेछ ।”

यतिबेला पश्चिमी वायुस्थिर रहेकाले पनि अन्यत्रको मनसुनी वायुको असर नेपालमा लामो समय कायम रहेको अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसोसँगैको वर्षामा जोगिनुपर्छ
नेपालमा मनसुन सुरु हुँदा भारतको केरलाबाट प्रक्रिया सुरु हुन्छ । मनसुन सकिँदा भारतकै राजस्थानबाट प्रक्रिया सुरु हुन्छ । तर त्यसको कुनै छाँट नहुँदा हिले दशैँ हुने पक्का भएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता डा। अर्चना थापाले जानकारी दिनुभयो । “तातो कम हुँदै र चिसो बढ्दै गएका बेला हुने वर्षाले मानिसको स्वास्थ्यमा असर गर्छ,” थापाले भन्नुभयो, “दशैँको यात्रा गर्दा र फरक ठाउँमा जाँदा ध्यान दिनुपर्छ ।”