एसईईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

  काठमाण्डौ, असार ७ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । साथै उहाँले प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने बताउनुभयो । 

राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले पनि असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको उहाँको भनाइ छ ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ । 

यसअघि चार महिनामा सार्वजनिक  आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । 

 जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा, मिन पचासको बिदा ३० दिनमा झारियो

जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा, मिन पचासको बिदा ३० दिनमा झारियो

  काठमाण्डौ, बैशाख २८ । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । 

हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ । 

यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीय लगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

 बोर्डले थाल्यो एसईईको तयारी, आज या भोलिसम्म परीक्षा तालिका प्रकाशित गर्ने

बोर्डले थाल्यो एसईईको तयारी, आज या भोलिसम्म परीक्षा तालिका प्रकाशित गर्ने

  काठमाण्डौ, माघ २६ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ । 

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । 

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दै छन् । विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो । बोर्डले बैशाखमा एसईई परीक्षा गर्ने र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।  

 फागुन १ गतेदेखि शिक्षण संस्था सञ्चालनका लागि गृहकार्य शुरु

फागुन १ गतेदेखि शिक्षण संस्था सञ्चालनका लागि गृहकार्य शुरु

दाङ, माघ २२ । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ ।

शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।

सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन ९नेशनल प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो ।

नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ । यही माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।

 आइतबारदेखि विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

आइतबारदेखि विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

काठमाडौं, माघ २० । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिकरूपमै विद्यालय संचालन गर्ने निर्णय गरेको छ । नगरक्षेत्रका सामुदायिक एवं संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गर्दै माघ २३ देखि भौतिकरूपमै खोल्ने भएको हो ।

कोरोना संक्रमण जोखिमका कारण देखाउँदै स्थानीय प्रशासनले माघ मसान्तसम्म विद्यालय बन्द कायमै राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय संक्रमण दर घट्न थालेपछि साथै अधिकांश विद्यार्थीले कोभिड(१९ विरुद्धको खोप पाइसकेकाले पनि स्वायत्त निकाय स्थानीय तहले एक कदम अघि बढेर विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन् ।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको हिजोको बैठकले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलुकद शाखा का उपसचिव विजयप्रसाद आचार्यले बताए ।

नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्णसतर्कता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाले सबै सामुदायिक तथा निजी विद्यालयलाई जानकारी गराएको छ ।

 त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

  काठमाण्डौ, माघ १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।  

यसअघि त्रिविले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।




 सीटीईभीटीको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गरिने

सीटीईभीटीको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गरिने

दाङ, माघ १९ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ । परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ ।

साथै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ ।

परिषद्को अनुसार परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन हुनेछ । कोभिड १९ संक्रमण दर तीव्र रुपमा फैलिन थालेपछि माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा, २२ गते प्रि९डिप्लोमा तहको मौका परीक्षा र २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका कार्यक्रमको नियमित तथा पूरक परीक्षा स्थगित गरेको थियो ।

 मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

  काठमाण्डौ, माघ ७ । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ ।

परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा। आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो ।

यही माघ २ गतेदेखि इञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।

स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिइ पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

 भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

  काठमाण्डौ, पुस २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।  

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको  वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ’, मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले बिदाको त्यस अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै पालिकामा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकमा अनुरोध गरेको छ । 

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाअनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।

मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुने गरी अङ्ग्रेजी अक्षरको ुजेडु आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ । 

विज्ञप्ति–



 माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

  काठमाण्डौ, पुस २५ । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको छ । 

सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि लागू हुनेछ । 

 एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बोर्डको आग्रह

एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बोर्डको आग्रह

  काठमाण्डौ, पुस २४ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विषयमा अहिले छलफल भैरहेको र केही समयमै टुङ्गोमा पुग्ने उहाँले बताउनुभयो ।

शैक्षिक क्यालेण्डर अनुसार चैत महिनामै हुनुपर्ने एसईईको बारेमा अझै निर्णय नहुनु र खारेज हुने हल्ला चल्नुले विद्यार्थीमा अन्योल छ । अध्यक्ष शर्माले एसईई खारेज नहुने भएकोले ढुक्क भएर तयारी गर्न अनुरोध गर्नुभयो । राष्ट्रिय शिक्षा नीति, २०७६ मा ‘आधारभूत तह अर्थात कक्षा ८ को अन्त्यमा हुने परीक्षा पालिका, कक्षा १० को अन्त्यमा हुने परीक्षा प्रदेश र कक्षा १२ को अन्त्यमा हुने परिक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण संघीय सरकारले गर्ने व्यवस्था मिलाइने भनिएको छ । 

 प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो

  काठमाण्डौ, पुस १४ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।

प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले यलष्लिभ।तकअ।नयख।लउर  मा आवेदन दिन सक्नेछन् । 




 कक्षा ​१ देखि १२ सम्म एउटै मूल्याङ्कन विधि लागू हुने

कक्षा ​१ देखि १२ सम्म एउटै मूल्याङ्कन विधि लागू हुने

दाङ, पुष १२ । कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका-२०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । निर्देशिका अनुसार माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीले कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ ।

सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अङ्क प्राप्त गर्न नसकेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई तीन पटकसम्म ग्रेडवृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । लेटर ग्रेडिङ प्रणाली अनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम ९ए प्लस० मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत अङ्क ल्याए ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ ।

यस्तै ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कम सन्तोषजनक (सी प्लस), ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ । पहिले (डी प्लस) लाई पनि ग्रेडिङ गरिन्थ्यो । अहिले यो तह हटाइएको छ । ३५ भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत (एनजी) उल्लेख गरिनेछ । ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैन ।

 कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बैतडी, मंसिर २२। विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मंसिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो ।

यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मंसिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिनुभयो । सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मङ्सिर १७ गते कोरोना देखिएपछि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको हो ।

यस जिल्लामा हाल कोरोनाका चारजना सक्रिय सङ्क्रमित छन् । सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’छिमेकी देश भारतमा देखा परेकाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

 कक्षा १२ को परीक्षाफल आज आउने सम्भावना, बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाफल आज आउने सम्भावना, बोर्डको बैठक बस्दै

  काठमाण्डौ, मंसिर १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ ।

बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक/ कक्षा १२ को परीक्षाफल आज आउने सम्भावना, बोर्डको बैठक बस्दै दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।

हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ । 

 

 पीसीएल नर्सिङको पठनपाठन गराउन सय बेडको आफ्नै अस्पताल हुनुपर्ने

पीसीएल नर्सिङको पठनपाठन गराउन सय बेडको आफ्नै अस्पताल हुनुपर्ने

  काठमाण्डौ, कात्तिक २७ । सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह ९पीसीएल० नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०ले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो ।

सीटीईभीटीका आङ्गिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति दिएको छ । आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।

ऐनको प्रावधान अनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताउनुभयो । ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी ९स्नातक तह० र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ ।

सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् । सात वटा सिटीईभीटीका आङ्गिक कलेज हुन् । नयाँ व्यवस्था अनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए झण्डै एक हजार पाँच सय जनाले पढ्न पाउनेछन् ।

सय बेडको अस्पताल भएका नर्सिङका लागि पनि छिट्टै प्रवेश परीक्षाको सूचना जारी गरिने सीटीईभीटीका सदस्य सचिव काफ्ले जानकारी दिनुभयो ।

 अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

  दाङ, कात्तिक २ । अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ ।

विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् ।

त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकालाई पनि काम गर्न अनुमति दिइएको गृह प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सरकारले कठोर शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै शासन व्यवस्था लागू हुने हो कि भन्ने धेरैको आशङ्का छ ।

 घोराहीका विद्यालय भोलि देखि खुल्ने, बस सेवा पनि संचालन गर्न पाउने

घोराहीका विद्यालय भोलि देखि खुल्ने, बस सेवा पनि संचालन गर्न पाउने

दाङ, भदौ २७ । घोराही उपमहानगरपालिका भित्रका सबै बिद्यालय भोलि देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन ।

स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ ।

नगर कार्यपालिकाको विद्यालय खोल्ने निर्णयको सिफारिस जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पठाइ त्यहाबाट अनुमोदन गरी विद्यालय खोल्ने निर्णय भएको उहाँको भनाइ छ । कोरोना संक्रमणका कारण गत चैत महिना देखि दाङका विद्यालय बन्द छन् ।

 दाङका  विद्यालयमा कक्षा संचालन गर्ने तयारी, घोराही र तुलसीपुरमा तिज पछि बिद्यालय खुल्ने

दाङका विद्यालयमा कक्षा संचालन गर्ने तयारी, घोराही र तुलसीपुरमा तिज पछि बिद्यालय खुल्ने

दाङ, भदौ १७ । लामो समयदेखि भौतिकरुपमा कक्षा सञ्चालन हुन नसकेका दाङका विद्यालयहरुले भौतिकरुपमा नै कक्षा सञ्चालन गर्ने तयारी थालेका छन् । कोभिडको संक्रमण कम तथा शैक्षिक सत्र सुरु भएको लामो समय भइसकेको तर विद्यार्थीहरुको पढाइमा असर पुग्न थालेको कारण स्थानीय तहहरुले विद्यालय सञ्चालनको तयारी थालेका हुन् । स्थानीय तहहरुले भौतिकरुपमा नै विद्यालय खोल्नको लागि छलफल सुरु गरेका छन् ।घोराही उपमहानगरपालिकाले विद्यालय भौतिकरुपमा नै सञ्चालन गर्न तयारी गरीरहेको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विद्यालय खोल्ने विषयमा बृहत छलफल भएको छ । सामुदायिक र निजि विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, विपद व्यवस्थापन, प्रशासन, स्वास्थ्य व्यवस्थापन,एन प्याब्सन एवं प्याब्सन लगाएतको सरोकारवालाहरुको उपस्थितिमा आयोजित बैठकमा विद्यालय कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिनुभयो ।सम्भवत तिज पछि विद्यालय खोल्ने विषयमा छलफल भएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै तिज पछिबाट विद्यालय खोल्ने विषयको सरोकारवाहरुको जोड रहेको छ । बैठकमा अहिले सम्म तुलसीपुरमा संचालन गरिएको बैकल्पिक शिक्षा प्रभावकारी भए नभएको बारेमा पनि छलफल गरिएको हो ।हरेक विद्यालयका प्रअ तथा प्रतिनिधिहरुले बैठकमा आ(आफनो प्रतिवेदन पेश गरेका थिए भने शिक्षा महाशाखाले हाल सम्म संचालन गरेका गतिविधिहरुको बारेमा शाखा अधिकृत भण्डारीले प्रस्तुत गर्नु भएको थियो । कोरोना जोखिम कायम भएता पनि संक्रमणदर कम भएकाले सवै क्षेत्र खुला भएको अवस्थामा अब विद्यालय पनि संचालन गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

 प्युठान र रुकुम पश्चिममा बिद्यालय खुले

प्युठान र रुकुम पश्चिममा बिद्यालय खुले

दाङ, भदौ १४ । कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् । स्थानीय तहले स्वास्थ्य सुरक्षालाई ध्यान दिदै विद्यालय सञ्चालन गर्न थालेका हुन्  ।

प्युठानको ऐरावती, नौबहिनी र गौमुखी गाउँपालिकामा रहेका विद्यालयहरुमा भौतीक उपस्थितीमै साउन तेस्रो साताबाट पढाई शुरु भएको हो । तीन बटै गाउँपालिकामा रहेका सामुदायिक र संस्थागत गरी करिब ३० हजार विद्यार्थीहरु नियमित विद्यालयमै पुगेर पठनपाठन गर्न थालेका छन् ।

यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाले पनि विद्यार्थीको भौतिक उपस्थितीमै पठनपाठन शुरु गर्ने तयारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्मार्ट लकडाउनको कार्यविधि अनुसार कार्यविधि भित्र पर्ने विद्यालयलाई पठनपाठन गर्न गराउनका स्थानीय तहसँग समन्वय भैरहेको बताउनुभएको छ ।