तस्बिरमा हेर्नुहाेस् हाेलीकाे राैनक

तस्बिरमा हेर्नुहाेस् हाेलीकाे राैनक

काठमाडाैं, चैत १५ । आज (आइतवार) फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ ।

चीर ठड्याइएको ठाउँ वसन्तपुरमा आइतवार दिउँसो पुग्दा सर्वसाधारणले उल्लासका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरे पनि मानिसहरू वसन्तपुर क्षेत्र पुगेर रङ्ग खेलेका थिए ।

तस्बिर : विकास गोले 

प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन (तस्बिरहरू)

प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन (तस्बिरहरू)

काठमाडाैं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्।

प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन्। 

प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।

तस्बिरहरू:

ncell in

तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय


   काठमाण्डौमा ओली समूहको र्‍याली

काठमाण्डौमा ओली समूहको र्‍याली

काठमाडाैं, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । जनसभालाई प्रधानमन्त्री एवं पार्टीकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतले सम्बोधन गर्नुहुनेछ । 

सभा सुरु हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट जुलुस निकालिएको थियाे । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक, बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियाे । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रूपमा दुई समूहमा विभाजित भएका छन् ।

प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरू गरिरहेको छ । बिहीवार (हिजो) प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो । 

तस्बिरहरू:


डोल्पाका गाउँ हिमपातले सेताम्य (फोटो फिचर)

डोल्पाका गाउँ हिमपातले सेताम्य (फोटो फिचर)



डोल्पा / जाजरकोट, माघ २३ । हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ। बिहीबार दिउँसो देखिको मौसम बदलीसँगै रातिदेखि वर्षा र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ,जिँउ, लिकु, पहाडा,बन्तडी लगायतका बस्तीहरु हिँउले सेताम्यहुनुका साथै बाग्लो हिँउ जमेको छ।

त्यसैगरी, तल्लो डोल्पामा पर्ने ठुलिभेरी नगरपालिका,काईके,जगदुल्ला र मुड्केचुला गाउँपालिकामापर्ने अधिकाशं क्षेत्रहरु हिँउले ढाकिएका छन्। उपल्लो डोल्पाका डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ। हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ। 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिम देखिनै हिँउ पर्न सुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसके  छ। 
हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाँउबस्तीमात्र नभई अग्ला हिमाल,डाँडाकाँडा,बनजंगल हिँउले सेताम्य र मनमोहक देखिएका छन्। 

मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपातहुने सम्भावना देखिएको छ। हिमाली जिल्लाहरुमा प्रत्येक बर्ष जलवायु परिवर्तनका असरहरु बड्न थालेको बताइएको छ।

हिमाली जिल्लाहरुमा आठ दश बर्ष अघिसम्म हिँउदको दुई महिनामै सात–आठ पटक हिँउपर्ने भएतापनि अहिले एक पटक पनि मुश्किलले हिँउपर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए। हिमालमा हिँउ नपर्नु,ताल तलैया नदि नालाका सतह घट्नु,हिमालहरु सुख्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाई छ।

कृषक उत्साहित

लामो समयपछि परेको हिमपातका कारण डोल्पाका कृषकहरु उत्साहित भएका छन्। हिँउले ढपक्क हुनुपर्ने हिँउदकै समयमा बर्षात र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुख्न थालेपछि बर्षभरी कसरी गुजारा गर्ने भनेर कृषकहरु चिन्तित भएका थिए।

अग्ला गाउँबस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा बर्षात भएपछि जिल्लाभरीका कृषकहरु खुशी हुनुका साथै अन्नबालीका लागि सुबिकाल सुरु छ।
जिल्ला भरीनै बिहिबार राति देखि सुरु भएको बर्षातसँगै भएको हिमपातका कारण आलु,गहुँ,जाैँ,उवा लगायतका अन्नबालीहरुको सप्रिनुका साथै उत्पादनमा समेत बृद्धिहुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय कृषक भिम प्रसाद देबकोटाले बताए।

‘हिँउदमै परेको खडेरीलेगर्दा खेतमा लागाईएको गहँु,जाँै आल सुक्न थालेकाले बर्षभरी कसरी जिविकोपार्जन गर्ने भनेर चिन्तामा थियो,भोकमरीपर्ने होकि भन्ने डर उत्तिकै थियो,तर ढिलै भएपनि बर्षातसँगै हिमपात भयो’देबकोटाले भने।

यार्सागुम्बामा बृद्धि

यस पटक परेको बर्षातसँगै भएको हिमपातले कृषकहरु मात्र नभइ यार्सासंकलकहरु पनि उत्साहित भएका छन्।
वहमुल्य जडिबुटी यार्सागुम्बाकालागि अत्याधिक चिसो आवाश्यकपर्ने भएकाले भारी हिमपात र बर्षातले यार्सागुम्बाको परिमाण सँगै गुणस्तरमा समेत बृद्धिहुने स्थानीय संकलकहरुले भनाइ छ।

जिल्लाबासीको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा अघिल्लो बर्ष कोरोना भाइरसका कारण जिल्लाभरीनै संकलनमा प्रतिवन्ध लगाइएको थियो।
प्रत्येक बर्ष जेठ पहिलो साता देखि असार अन्तिमसँग यार्सागुम्बा संकलन गर्ने गरिन्छ।

हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिँउ जमेका कारण विहिबार सबै उडानहरु रद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

काठमाण्डौ र नेपालगञ्ज देखि कुनै पनि उडानहुन नसकेको प्राधिकरणको भनाइ छ। यस पटक बर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास स्थानीयले लिएका छन्।