पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी



काठमाडाैं, फागुन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिने तयारी भइरहेको बताएका छन् । पिसिआर नेगेटिभलाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै आग्रह गरेको र यो विषय छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन् । सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

कला सस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण

कला सस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण



दाङ, माघ २७कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरु नयाँ पुस्तामा पुराउन राप्ती गाउँपालिका ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक बजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समुह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको छ । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको वडा नं ३ का सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।

पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान सुरु गरिएको छ ।