तीन विद्यार्थी संगठनद्धारा विद्यालय सञ्चालनको वातावरण बनाउन माग

तीन विद्यार्थी संगठनद्धारा विद्यालय सञ्चालनको वातावरण बनाउन माग



दाङ,असार ८ । दाङमा क्रियाशील तीन विद्यार्थी संगठनले वैकल्पिक सिकाइको रुपमा चलेका अनलाइन कक्षा प्रभावकारी नभएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउदै सबै शैक्षिक संस्थाहरू संचालनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो आग्रह गरेको छ । निजि विद्यालयहरुले अनलाइन कक्षा पढाएको नाममा अभिभावक र विद्यार्थीहरुबाट चर्को शुल्क असुलेको भन्दै बैठकले भौतिक रुपमा कक्षा संचालन नहुदै शुल्क लिने शैक्षिक संस्थाहरू लाई कार्वाही गर्न माग गरेको छ । 

निजि तथा सामुदायिक विद्यालय हरुले दिदै आएको छात्रवृत्ति लाई वृद्धि गरि बैज्ञानिक र व्यवहारीक मापदण्ड बनाइ निष्पक्ष ,पारदर्शीढंगले कार्यान्वयन गर्न माग गर्दै बैठकले शिक्षण संस्थाहरुमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेशन हताइ अन्यत्र स्थानमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा अनेरास्ववियूका संयोजक जंग रोका, नेविसंघका कार्यावाहक अध्यक्ष टोपबहादुर बुढाथोकी र अखिल क्रान्तिकारीका अध्यक्ष अनिल केसीले हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिनँ ओलीको चट्टानी अडान

प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिनँ ओलीको चट्टानी अडान


Nepal PM Oli hits out at political opponents for trying to create ...
काठमाडौं, असार १९ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ ।
प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएन । शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट टसमस भएनन् ।

तत्कालीन एमाले र माओवादीको एकता गर्ने गोप्य सहमतिका दुई साक्षी महासचिव बिष्णु पौडेल र अर्का नेता जनार्दन शर्मालाई समेत राखेर केपी ओलीसँग अर्का अध्यक्ष प्रचण्डले शुक्रबार बालुवाटारमा लामो, तर निश्कर्षहीन छलफल गरे ।

छलफलमा प्रचण्डले २०७५ जेठ २ गतेको समझदारीमा फर्किए कुरा मिल्न सक्ने संकेत गरे । तर, ओलीले २०७६ मंसिर ४ गतेभन्दा पछाडि फर्किन नसक्ने बताउँदै प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान राखे ।

प्रचण्डले प्रस्ताव गरेको जेठ २ को समझदारी भनेको ओली र प्रचण्डले अढाइ–अढाइ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भन्ने हो । त्यो समझदारीलाई मान्ने हो भने ओलीले आगामी मंसिरमा प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, ओली त्यसो गर्न तयार भएनन् ।

केपी ओलीले यसअघि नै सहमति जनाइसकेको मंसिर ४ को सहमति भनेको पाँचै वर्ष ओलीले प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष चलाउने भन्ने हो । यसो गर्दा ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा निरन्तर कायम रहने छन् ।

शुक्रबारको छलफलमा प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न आग्रह गरेका थिए । ओलीबाट सरकार र पार्टी दुवै चल्न नसकेको भनेर बहुमत नेताहरुले दुवै पद छाड्न भन्दै आए पनि एउटा पद छाडेमा पार्टीभित्रको विवाद समाधान हुने प्रचण्डको संकेत थियो ।

प्रधानमन्त्री ओली जेठ २ को समझदारीमा नफर्किने हो भने नयाँ सम्झौता हुनुपर्ने प्रचण्डले छलफलमा बताएका थिए । त्यो भनेको ओलीले तत्काल प्रधानमन्त्री पद त्याग्ने नै हो ।

पछिल्लो समय प्रचण्डले जस्तै माधव नेपाल पक्षले पनि ओलीले तत्काल प्रधानमन्त्री छाड्नुपर्ने बताउँदै आएको छ । यसको अर्थ केपी ओलीले प्रधानमन्त्री छाडेमा पार्टीको गतिरोध अन्त्य हुनेछ र उनी पहिलो बरियताको अध्यक्षका रुपमा शक्तिमै रहनेछन् । त्यसपछिको प्रधानमन्त्री प्रचण्ड कि माधव नेपाल भन्ने त्यो अर्को पाटो हो ।

बालुवाटारमा शुक्रबार भएको वार्तामा प्रचण्डले २०७५ जेठ २ को समझदारीमा फर्किँदा अहिलेको विवाद टुंगो लाग्ने आशय व्यक्त गरेको स्रोतले जनाएको छ ।

तर, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहो¥याएपछि समझदारीको वातावरण बन्न नसकेको स्रोतको भनाइ छ ।

ओलीको यही अडान कायम रहँदा पार्टी नेताहरुलाई कन्भिन्स गर्न नसकिने र स्थायी कमिटीको बैठकले उनलाई तत्कालै राजीनामा गर्न निर्देशन दिने अवस्था आउन सक्ने बालुवाटारको छलफलमा प्रचण्डले ओलीलाई बताएका थिए ।

जवाफमा ओलीले पार्टीले जे गर्छ गरोस् तर दुवै पदबाट हट्दिनँ भनेका थिए ।

मंसिर ४ र जेठ २ को गलफत्ती

स्रोतका अनुसार शुक्रबारको छलफलमा प्रधानमन्त्री ओलीले २०७६ मंसिर ४ गतेको निर्णयमा फर्किने प्रस्ताव प्रचण्डसँग राखेका छन् । जुन प्रस्ताव प्रचण्डले ठाडै अश्वीकार गरिसकेका छन् । प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति छाडेर आफूमा पश्चातापमा परेको स्थायी कमिटीको बैठकमै बताइसकेका छन् ।

गत मंसिर ४ गते नेकपा सचिवालयले पार्टीका दुई अध्यक्षको कार्यविभाजन गरेको थियो । जसमा केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री कायम रहने र प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष हुने भनिएको थियो ।

चारबुँदे उक्त निर्णयमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने तथा आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने भनिएको थियो । तर, यसबीचमा प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार समेत प्रयोग गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

ओलीले फालेको मंसिर ४ को कार्ड औचित्यहीन भइसकेको प्रचण्डले नेताहरुलाई बताएका छन् । परिस्थिति त्यसभन्दा धेरै अघि बढिसकेकाले अब ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने र त्यो भनेको प्रधानमन्त्री छाडेर अध्यक्ष मात्र रहन सक्ने प्रचण्ड–माधव पक्षको बटमलाइन हो ।

तर, प्रधानमन्त्री ओलीले प्रचण्डको आलोपालोको प्रस्तावलाई समेत अस्वीकार गरिदिएपछि आपसी समझदारीको सूत्र फेला पार्न नसकी शुक्रबारको बैठक विनानिश्कर्ष टुंगिएको स्रोतले बतायो ।

टिप्पणी ओलीले दुवै पद नछाडे के हुन्छ 

केपी ओलीले शुक्रबार प्रचण्डसँगको छलफलमा दुवै पद नछाड्ने बताएपछि अब के हुन्छ भन्ने प्रश्न उठेको छ । यद्यपि शनिबार स्थायी कमिटी बैठकअघि पुनः दुई अध्यक्षबीच सहमतिका लागि छलफल हुने बताइएको छ । तर, ओलीले दुईमध्ये एक पद नछाडे सहमतिको सम्भावना छैन ।

२०७५ जेठ ३ गते नेकपा एकीकरणको अघिल्लो दिन बिष्णु पौडेल र जनार्दन शर्मालाई नै साक्षी राखेर ओली र प्रचण्डले एउटा गोप्य कागजमा हस्ताक्षर गरेका थिए । जसमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको थियो ।

सो समझदारीबाट ओली पछि हट्न खोजेपछि प्रचण्ड पक्षबाटै गोप्य कागज बाहिरिएको थियो । त्यसपछि मंसिर ४ गतेको सचिवालय बैठकबाट प्रचण्ड आलापालोबाट पछि हट्दै ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री मान्न तयार भएका थिए ।

अब केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाडेनन् भने त्यो अवस्थामा के हुन्छ रु यसबारे ओली र प्रचण्डको छलफलमा सहभागी नेताहरु नै अन्योलमा छन् । यद्यपि बिष्णु पौडेल र जनार्दन शर्मा दुवैले भनेका छन्, पार्टी विभाजन हुँदैन । जबकि स्थायी कमिटीको बहुमत पक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको छ ।

नेताहरुबीच मिलनबिन्दु खोज्न सक्रिय रहेका नेताहरुले पार्टी विभाजनको खतरा कायमै रहे पनि त्यसको परिणाम बुझेका कारण दुवै पक्ष त्यो ठाउँमा नपुग्ने दाबी गर्छन् ।

शुक्रबार मुख्य नेताहरु समझदारीको प्रयासमा लागिरहेका बेला दोस्रो र तेस्रो पुस्ताका दुवै गुटका नेताहरु पार्टी एकता कायम गराउन पुल्चोकस्थित मन्त्री निवासमा संयुक्त छलफलमा जुटेका थिए ।

मध्यमार्गी लाइनका एक प्रभावशाली नेताले भने, यसपटक पार्टी एकता तोड्न चाहनेहरु आशावादी भएकै हुन् । विहीबार बिहानसम्म फुट्ने दिशामा गएकै हो । तर, ओली जिताउने पक्षमा उभिने वा प्रचण्ड जिताउने पक्षमा उभिने दुवैतिरका नेताहरु पार्टी एकता तोड्न चाहँदैनन् । त्यसैले विभाजन नहोला भन्ने धेरैको अनुमान छ ।

शनिबार बस्ने स्थायी कमिटी बैठकले सहमतिमा निर्णय गरेन भने त्यही दिनबाट पार्टी फुट्ने कतिपय नेताहरु बताउँछन् । त्यसैले यो बैठकले एकता तोडिने गरी निर्णय हुने अवस्था आएमा लामै समयका लागि बैठकस्थगित पनि हुन सक्छ । यदि बहुमतले ओलीलाई राजीनामा गर्न निर्देशन दिने वा हटाउने निर्णय गरेमा ओली पक्षले त्यसलाई मान्ने छैन ।

ओलीले राजीनामा दिएनन् भने के गर्ने रु त्यसपछि दुईटा विकल्प मात्र छन् । तर, ती दुवै विकल्पमा जाँदा पार्टी विभाजित हुनेछ । पहिलो विकल्प भनेको केन्द्रीय कमिटी बैठक बोलाएर प्रचण्ड–माधव नेपाल पक्षले बहुमतका आधारमा ओलीमाथि कारवाही गर्ने ।

नेकपाको विधानअनुसार अध्यक्ष हटाउने प्रावधान छैन भन्ने ओली पक्षको तर्क छ । त्यो अवस्थामा ओलीलाई पार्टीले आरोप लगाएर अनुशासनको कारवाही गरी सदस्यबाटै निश्कासन गरेपछि अध्यक्ष पद रिक्त हुन सक्छ । त्यो ठाउँमा पुग्नु भनेको पार्टी फुटाउने नै हो ।

केपी ओलीले राजीनामा नदिँदा संसदीय दलको नेताबाट हटाउने विकल्प पनि हुन्छ । दलमा दुवै पक्षले आ–आफ्नो बहुमतको दाबी गरिरहेका छन् । दलको बहुमतले ओलीलाई हटायो भने पनि उनले राजिनामा नदिएसम्म कि त संसदमा अविश्वास प्रस्ताव ल्याउनुपर्छ होइन भने प्रधानमन्त्री पदमा कायमै रहने संवैधानिक अवस्था हुन्छ ।

त्यो बाटो जाने भनेको पनि पार्टी विभाजन हो । अहिले ओलीको पक्षमा उभिनेहरु पनि पार्टी विभाजन कुनै हालतमा हुनुहुँदैन भन्नेमा छन् । प्रचण्ड–माधव नेपालको पक्षमा रहेकाहरु पनि पार्टी विभाजन चाहिँ हुन हुँदैन भनिरहेका छन् । नेकपा विभाजनबाट जोगिने आधार भनेको फुट्न हुँदैन भन्ने बलियो मत नै हो ।

मध्यमार्गी प्रयासमा रहेका एक नेताले भने, स्थायी कमिटीले जे निर्णय गरे पनि सहमतिका साथ गर्नुपर्छ । एउटा पक्षलेमात्र निर्णय गर्नासाथ पार्टी त्यहीँबाट विभाजन हुन्छ । दुवैतिरबाट प्रतिक्रियात्मक निर्णय हुँदा हामी पार्टी जोगाउन सक्दैनौं । स्वेच्छाले राजीनामा नदिने हो भने पार्टी जोगाउन अरु विषयमा समझदारी गर्नुपर्ने हुन्छ ।

स्थायी कमिटीको करीव दुई तिहाई संख्या आफ्नो विपक्षमा उभिँदा पनि ओली दुवै पद छाड्न तयार छैनन् । उनको हठ र दम्भ कायम रहँदा कि त अर्को पक्षले पार्टी विभाजनको मूल्यमा चुपचाप सहनुप¥यो, कि त हट्न निर्देशन वा हटाउने निर्णय गर्नुप¥यो ।

ओली निकटकै कतिपय नेताले पनि पार्टी विभाजन रोक्न दुईमध्ये एक पद छाड्नुपर्ने अवस्था आएमा त्यो विकल्प पनि स्वीकार गर्नुपर्ने मत राखिरहेका छन् । तर, उनीहरु प्रधानमन्त्रीसामु खुलेर बोल्न सक्दैनन् । दुवै पद छाड्न हुन्न भन्ने अडानचाहिँ सुवास नेम्वाङ लगायतको छ ।

प्रधानमन्त्रीले असार १४ गते भदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोलेको कुराले नै राजीनामा माग्ने पक्षलाई बलियो आधार बनेको ओलीनिकट नेताहरु पनि स्वीकार्छन् । भारतले हटाउन चाहेकै भए पनि प्रधानमन्त्रीले सार्वजनिकरुपमा बोल्न नहुने कुरा बोलेको हो भन्नेमा सबै नेता सहमत छन् ।

प्रचण्डसँग समझदारी गरेरै जान ओलीलाई निकटस्थहरुले सुझाव दिँदै आएका छन् । तर, अब प्रचण्डसँगको समझदारी भनेको जेठ २ को समझदारीमा फर्किने नै हो ।

प्रचण्डले बालुवाटारको छलफलमा ओलीलाई पटक–पटक भनेका थिए– जेठ २ को समझदारीमा फर्कौं, होइन भने नयाँ समझदारी गरौं ।
अनलाइनखबर बाट

पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग

पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग

घोराही, २५ फागुन ।दाङका आदिबासी जनजातीहरुले जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गरेका छन् । नेपाल मगर संघ दाङले दाङको घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो माग गरेका हुन् ।
प्रदेशमा मगर तथा थारुको बसोबास धेरै रहेको भन्दै उनीहरुले थारु र मगरको पहिचानलाई अस्तित्वमा राख्दै नामाकरण गर्न माग गरेका हुन् । कार्यक्रममा मगर तथा थारु समुदायका अगुवा नेताहरुको सहभागीता रहेको थियो । 
कार्यक्रममा बोल्दै थारुकल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीले जातीय पहिचान र सिमांकनसहित पहिचानका आधारमा राजधानी र प्रदेशको नामाकरण हुनुपर्ने माग राख्नुभयो ।

यस्तै कार्यक्रममा नेपाल लोकतान्त्रिक मगर राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश सह ईञ्चार्ज भिमकुमारी बाठा मगरले बिगतदेखि मगरात क्षेत्रको आन्दोलनमा सरिक रहेको स्मरण गर्दै सरकारले माग पूरा गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य दरजित रोका मगरले विभिन्न माग राख्लै संघले आन्दोलनका कार्यक्रम जारी राखेको भन्दै प्रदेश सरकारलाई ११ लाख जनताले हस्ताक्षर गरेर बुझाएको स्मरण गराउँदै सरकारले गम्भिर भएर सोच्ने बेला आएको बताउनुभएको थियो ।

नेपाल मगर संघका जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका आबद्ध मगर अगुवा नेता, संघमा आबद्ध ब्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिब मुक्त बुढा मगरले गर्नुभएको थियो ।

त्यसैगरी नेपाल मगर संघ दाङले जिल्लाबाट प्रदेश सांसद पदमा क्रियासिल नेतासंग भेट गर्ने भएको छ । प्रदेशको नामाकरणको बिषयलाई सबै प्रदेश सांसदसंग भेट गर्ने संघले जनाएको हो ।
नेपाल मगर संघको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्ने दश जना प्रदेश सांसद तथा जिल्ला तहका सम्पुर्ण राजनीतिक दलका नेताहरुसंग भेट्ने कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरले जानकारी दिनुभएको छ ।
प्रत्यक्ष निर्बाचित छ र चार जना समानुपातिक सांसदलाई भेट गरेर प्रदेशको नामाकरणका लागि दबाब दिने कार्यक्रम रहेको संघले जनाएको छ । नेपाल मगर संघ प्रदेश नम्बर ५ ले यसअघि प्रदेशको नामाकरण गर्दा मगर पहिचानको अस्तित्व कायम राख्न आग्रह गरेको छ ।

प्रदेशको नामाकरण गर्दा मगर पहिचान राख्न दबाब दिन सयुक्त मगरमञ्च गठन गरेर क्रियासिल भएको छ । प्रदेशको राजधानी र राजधानी टुंग्याउने कार्य अन्तिम चरणमा पुगेको भन्दै दबाब दिन सुरु गरिएको हो ।।
थरुहट द्धारा सरकारको ध्यानआकर्षण, दुई दिने आमहडताल

थरुहट द्धारा सरकारको ध्यानआकर्षण, दुई दिने आमहडताल

घोराही, १९ फागुन। 
थरुहट थारुवान राष्ट्रिय मोर्चाले थरुहट आन्दोलनका मागलाई पुरा गर्न तर्फ सरकारको ध्यानआकर्षण गराएको छ । मोर्चाको केन्द्रिय संयोजन समितिले विभिन्न १४ बुँदे माग राख्दै सरकारको ध्यानआकर्षण र आन्दोलनको समेत घोषणा गरेको छ ।

मोर्चाले टीकापुर घटना सँग जोडिएको बिषयलाई प्रमुख बनाई विभिन्न अभियोगमा थरुहट आन्दोलनमा भएका मुद्धालाई राजनितिक घटनाको रुपमा लिन सरकार सँग माग गरेको छ ।

नेपाल प्रहरीको बरिष्ठ प्रहरी उपरिक्षक सहितका सुरक्षाकर्मी र बालकको हत्या घटनालाई राजनितिक संबाद, सहमती र निर्णयको आधारमा आफ्ना सांसद सहितका नेताहरुलाई लगाईएको मुद्धा फिर्ता र आममाफी दिई निःसर्त रिहाईको माग गरिएको छ ।

साथै राज्य पुर्नःसंरचनामा ७ प्रदेश अस्विकार्य रहेको र ११ प्रदेश बनाउनु पर्ने र आदीबासी जनजातीको पहिचान सँगै अधिकार सुनिश्चित हुनु पर्ने समेत मोर्चाले माग गरेको छ ।

त्यसैगरी, थारुहरुको बाहुल्यता रहेको क्षेत्रका सरकारी कार्यालयमा थारुभाषालाई कामकाजीको भाषाकोरुपमा मान्यता दिनुपर्ने र थारुहरुको चाडपर्व, रितिरिवाजलाई राष्ट्रिय मान्यता दिदै स्थानिय बिदा दिनुपर्ने समेत माग गरिएको छ ।

मोर्चाका महासचिब तुलसी थारुले जारी गरेको प्रेस बिज्ञप्तीमा आफुहरु निरन्तर आन्दोलनमा रहेको तर सरकारले सूनुवाई नगरेको भन्दै आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिईएको छ । मोर्चाले दोस्रो चरणको आन्दोलन अन्तरगत भोली र पर्सि आमहडतालको घोषणा गरिएको समेत बिज्ञप्तीमा उल्लेख गरेको छ ।।

मगर समुदाय कला, सस्कृतीको धनी ः चौधरी

मगर समुदाय कला, सस्कृतीको धनी ः चौधरी

घोराही, १५ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मगर समुदाय सस्कार सस्कृतीले धनी समुदाय रहेको बताउनुभएको छ । ३८ र्औँ मगर दिवसका अबसरमा दाङको घोराहीमा भएको कार्यक्रममा बोल्दै प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।
नेपालका जनजातीहरु सस्कार, सस्कृती तथा कलाको क्षेत्रमा निकै धनी रहेको भन्दै पछिल्लो समयमा संरक्षणमा चनौती रहेको बताउनुभएको थियो । पश्चिमा सस्कृतीले परम्परागत रुपमा रहेको सस्कारमाथि आक्रमण गरीरहेको भन्दै नगर प्रमुख चौधरीले यस्ता सस्कारलाई बढवा नदिन समेत आग्रह गर्नुभएको थियो ।

मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य खड्गबहादुर बुढा मगर, सल्लाहकार सतबहादुर रोका मगर, प्रदेशका बरिष्ठ उपाध्यक्ष सितलाल पुन मगर, प्रदेश सदस्य शारदा पुन मगर, मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला अध्यक्ष अमर बुढा मगर, दाङका सल्लाहकार भानसिंह बुढा मगर, फुटबल रेफ्री देबनारायण दाहालले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिब मुक्त बुढा मगर र रामकुमार घर्ती मगरले गर्नुभएको थियो । कार्यक्रममा लखन दिवसका अबसरमा प्रस्तुत गरिएका झाकी जुलसमध्ये नेपाल मगर बौद्ध समाज तुलसीपुर प्रथम, रोल्पा जंकोट सेवा समाज घोराही दोस्रो, गरखानी फल्नै समाज सेवा समिति घोराही तेस्रो र मिरुल समाज सेवा समिति घोराही सान्त्वना भएका थिए ।पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएकालाई प्रमाण पत्र प्रदान गरिएको थियो । मगर दिवसका अबसरमा दाङसहित देशभर मगर संघसस्थाले विविध कार्यक्रम गरी मगर दिवस मनाएका छन् । 
छात्रबृत्ती बितरण
यसैबीच नेपाल मगर संघ दाङमा स्थापना गरिएको नन्दलाल सम्झना स्मृति छात्रबृत्ती बितरण गरिएको छ । दिवसका अबसरमा जिल्लाका दुई छात्रछात्रालाई छात्रबृत्ती बितरण गरिएको हो ।
नेपाल मगर संघले पद्मोदय पब्लिक नमुना माबिका छात्र दिलसाही बुढा मगर र माबि निघुवारकी छात्रा मेनका बाठा मगरलाई जनही १६÷१६ हजार नगदसहित छात्रबृत्ती बितरण गरिएको हो । मगर समुदायका बिद्यार्थीले सामुदायिक बिद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेकाको पढाईमा सहयोग गर्न अक्षयकोष स्थापना गरिएको हो ।
नन्दलाल पुन र सम्झना पुन मगरको स्मृतिमा जंगबहादुर पुन मगर, हर्कमाया रोका, कमला देउजा र मधुमालती पुन थापाले नेपाल मगर संघ दाङमा पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । मगर दिवसका दिन हरेक बर्ष अक्षयकोषको ब्याजबाट प्राप्त रकमले छात्रबृत्ती बितरण गरिदै आएको छ ।

लखन कपका बिजेतालाई पुरस्कार
यस्तै घोराहीमा सम्पन्न भएको लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता बिजेता र उपबिजेतालाई पुरस्कार बितरण गरिएको छ । नेपाल मगर संघ दाङले सञ्चालन गरेको प्रतियोगीतामा प्रथम, द्धितीय र सेमीफाइनल पुग्ने टीमलाई मगर दिवसका अबसरमा पुरस्कार बितरण गरिएको हो ।

घोराहीमा रहेको भरतपुर खेल मैदानमा हिजो भएको खेलबाट तुलसीपुरको सक्सेस युबा क्लब प्रथम भएको थियो भने घोराहीको युएनबिसी दोस्रो भएको थियो । पहिलो हुने सक्सेसलाई नगद एक लाख ११ हजार एक सय ११, शिल्ड, प्रमाण पत्र तथा दोस्रो हुने युएनबिसीलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको हो ।

यस्तै सेमीफाइनल पुगेका बडहरा युबा क्लब र मेगा युथ क्लबलाई पाँच÷पाँच हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कारदाता गणेशबहादुर रोका, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरले पुरस्कार प्रदान गर्नुभएको हो
उत्कृष्ट खेलाडी र क्लब पनि पुरस्कृत
यस्तै प्रतियोगीतामा प्रतिष्पर्धा गरेका खेलाडीलाई उत्कृष्ट बिधाको पुरस्कार बितरण गरिएको छ । उनीहरुलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको हो ।
आयोजक नेपाल मगर संघले खेल अबधिभर गरेको प्रदर्शनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो । जस अनुसार सक्सेसका किपर शंकर रेउले, सर्बाधिक गोलकर्ता सक्सेसका बिनोद केसी, उत्कृष्ट डिफेण्डर कृष्ण राना मगरलाई मेडल र प्रमाण प्रदान गरिएको थियो
यस्तै उत्कृष्ट खेलाडी युएनबिसीका सबिन वली, मिडफिल्डर युएनबिसीका लेमन सागर डिसी र अनुशासित फुटबल टीमका आधारमा मेगा युथ क्लब घोराहीलाई मेडल र प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।
सरकारलाई थरुहटको १५ दिने अल्टिमेटम

सरकारलाई थरुहटको १५ दिने अल्टिमेटम

काठमाडौं ,८ माघ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाबारे छानविन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न गठित पूर्वन्यायाधीश गिरिशचन्द्र लाल र राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा ६ महिने बालक र ८ प्रहरीको मृत्यु भएको थियो ।
घटनामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालतले कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ भने केही नेता जेल बसेर छुटेका छन् । उनीहरु मध्ये एक लक्ष्मण थारु अहिले मोर्चाका संयोजक हुन् ।
मोर्चाले १० बुँदे माग अघि सार्दै १५ दिने अल्टिमेटम दिएको छ । मोर्चाले अहिले प्रधानमन्त्री तथा राजनीजिक पार्टीहरुलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, प्रचारात्मक तथा जागरण अभियान सञ्चालन गर्ने बताएको छ । माग पुरा नभए आन्दोलन गर्ने बताएको छ ।
‘टीकापुर घटनाका बेला बनाएका आयोगहरुको प्रतिवेदन किन सार्वजनिक गरिँदैन रु रेशम चौधरीलाई झुटा अभियोगमा जेल हालिएको छ । त्यतिवेला गठन भएका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ,’ थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारुले भने ।
मगर मोर्चाको एकता भेला तथा सपथ कार्यक्रम

मगर मोर्चाको एकता भेला तथा सपथ कार्यक्रम

दाङ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा दाङको एकता भेला तथा सम्मेलन एवं सपथ ग्रहण कार्यक्रम आइतबार (आज) घोराहीमा सम्पन्न भएको छ । दाङको घोराहीमा रहेको नेपाल मगर संघको सभाहलमा कार्यक्रम भएको हो । 

भेलाको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सदस्य आचार्यले पार्टीको एकता प्रक्रियालाई सहयोग गर्न निर्देशन दिनुभयो । पार्टीलाई बलियो र मजबुद बनाउनका लागि जातजातीको ठूलो भूमिका हुने भन्दै कसैप्रति पुर्बाग्राही नभएर संगठन निर्माणमा लाग्न निर्देशन दिनुभयो । 

कार्यक्रममा बोल्ने मगर नेताहरुले पार्टीले भेदभावपुर्ण ढंगले ब्यबहार गर्ने गरेको गुनासो गरेका थिए । आगामी दिनमा मगर समुदायलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा मगर मोर्चाका अध्यक्ष भोजबिक्रम बुढा मगर, भेलामा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, सचिब सुबास पुन, मोर्चाका प्रदेश ईञ्चार्ज लिला राना मगर, प्रदेश संयोजक धनबहादुर पुन मगर, सह ईञ्चार्ज भिमकुमारी बुढा मगर, जिल्ला ईञ्चार्ज ईश्वर बुढा मगरले बोल्नुभएको थियो । 

मोर्चाका जिल्ला संयोजक प्रेम बाठामगरको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतित्यता एवं मोर्चाका केन्द्रीय अध्यक्ष भोजबिक्रम बुढा मगरको बिशिष्ट आतिथ्यतामा भेला भएको हो । 

भेलामा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ खुवाइएको थियो । केन्द्रीय सदस्य आचार्यले सपथ खुवाउनुभएको हो । मोर्चा जिल्ला सह संयोजक हेमराज पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मोर्चाका जिल्ला सदस्य रामकुमार घर्ती मगरले गर्नुभएको थियो ।

बोनम्यारो पिडित रोका मगरलाई सात लाख सहयोग

बोनम्यारो पिडित रोका मगरलाई सात लाख सहयोग

घोराही, ११ साउन । ब्यानम्यारो रोगबाट पिडित रोल्पा निबासी सुरेश रोका मगरको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । देश बिदेशमा रहेका ब्यक्ति तथा सस्थाहरुको पहलमा संकलन गरिएको सात लाख बढी रकम शनिबार सहयोग गरिएको हो । 

रोल्पाली ढाङढुङ कुरेली सेवा समाज दाङको पहलमा औपचारिक कार्यक्रम गरेर रकम हस्तान्तरण गरिएको हो । सुरेशकी आमा बिनी रोका मगरलाई समाजका अध्यक्ष नारायणप्रसाद रोका र कुरेली समाज तथा अन्तर्राष्ट्रिय मञ्चका संरक्षक कुम्भ बुढा मगरले रकम हस्तान्तरण गर्नुभएको हो । 

सुरेश रोका मगरको ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ । गएको चैत्र महिनामा सुरेशलाई ब्योनम्यारो रोग भएको पहिचान भएको थियो । उहाँको उपचारका लागि आज मात्रै सात लाख ७२ हजार एक सय ८ रुपैया हस्तान्तरण गरिएको छ । 

१८ बर्षीय रोका मगरको अहिले पनि उपचार जारी रहेको छ । रोल्पा परिबर्तन गाउपालिका १ कुरेली निबासी रोका मगरको उपचारका लागि ७० लाख बढी खर्च लाग्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

रोकाको उपचारका लागि रोल्पाली ढाङढुङ कुरेली सेवा समाज दाङ, साउदी अरबमा  शेरबहादुर रोकाको नेतृत्वमा आर्थिक संकलनको नेतृत्व गर्नुभएको छ । यस्तै कुरेली समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मन्चले यसमा सक्रिय सहभागीता जनाएको छ । सुरेन्द्र घर्ती मगर स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डम्बरबहादुर बुढा मगरले गर्नुभएको थियो ।

फोनिज दाङमा ५० हजारको अक्षयकोष स्थापना

फोनिज दाङमा ५० हजारको अक्षयकोष स्थापना

घोराही, २  साउन । नेपाल आदिबासी जनजाती महासंघ (फोनिज) दाङ शाखामा ५० हजारको अक्षयकोष स्थापना भएको छ । घोराही निबासी अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएम तथा उहाँकी जीवन संगीनी यमसरी जिएमले स्वगीय छोरा बिजय जिएमको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो । 

अक्षयकोषको स्वर्गीय छोरा बिजय जिएमको जन्मदिनका अबसरमा अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट बार्षिक रुपमा जिबयको जन्मदिनका अबसरमा साउन २ गते एक जना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । 

यसैबीच अक्षयकोषको औपचारिक कार्यक्रम गरी घोषणा गरिएको छ । फोनिज दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, अक्षयकोषदाता अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएमले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण फानिज दाङका उपाध्यक्ष शिब घर्ती मगरले गर्नुभएको थियो । 

बिजय जिएमको गएको पुस ६ गते राम्री बस दुर्घटनामा परी निधन भएको थियो । कृष्ण सेन ईच्छुक बहुप्राबिधीक बिद्यालयमा अध्ययनरत जिएमको सल्यानको मुलपानीमा रहेको बनस्पति उद्यनको अध्ययन अबलोकन गरी फर्किने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।
तुलसीपुरमा कोशेली घर खुल्यो, स्थानीय उत्पादन बिक्रीमा राख्ने

तुलसीपुरमा कोशेली घर खुल्यो, स्थानीय उत्पादन बिक्रीमा राख्ने

दाङ, १९ असार । दाङको तुलसीपुरमा स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री केन्द्र कोशेली घर स्थापना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङले १६ लाख ९ हजार ८ सय ६५ रुपैयाँको लागतमा कोशेली घरको स्थापना गरिएको हो । 

निर्माण गरिएको कोशेली घर स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोशेली घर हस्तान्तरण गरिएको हो । 

कोशेली घर तुलसीपुरको बसपार्कमा निर्माण गरिएको छ । घरेलु उद्योग कार्यालय प्रमुख बासुदेव रिजालले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोशेली घर सञ्चालन र व्यबस्थापनको लागि हस्तान्तरण गरिएको हो । 

कोशेली घरमा स्थानीय घरेलु उत्पादनका सामग्री बिक्री बितरणको लागि राखिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । कोशेली घर सञ्चालन गर्न सहकारीलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

घरेलु उत्पादनका सामाग्री बजार र बिक्री केन्द्रको अभावमा घरमै राख्ने गरिएको थियो । जिल्ला लघु उद्यम बिकास संघका अध्यक्ष माया न्यौपानेले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिकाभित्र औद्योगीक ग्राम स्थापनाको बिषयमा तयार पारिएको अध्ययन प्रतिबेदन हस्तान्तरण गरिएको छ ।