नेपालले जित्यो जिम्बावे एु सँगको एकदिवसीय शृङ्खला

नेपालले जित्यो जिम्बावे एु सँगको एकदिवसीय शृङ्खला

  काठमाण्डौ, बैशाख २६ । जिम्बावे ए सँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेको छ । जिम्बावे ए ले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । 

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनोद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे ुएु का ब्रान्डन मभुताले तीन विकेट लिए ।  

यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ए ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयो । उसका लागि तालिवोनाशे मरुमानीले ५०, कुदजाई मौनजीले ३९ र रोए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतोले पाँच विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

वर्षाका कारण मैदान चिसो भएका कारण आजको खेल ३३ ओभरमा झारिएको थियो । 

आजको जितसँगै नेपालले तीन खेलको एकदिवसीय शृङ्खला दुई–एकले जितेको छ । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित भए । यसअघि तीन खेलको टी–२० शृङ्खलामा एक–एकको बराबरी भएको थियो । 

 आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

  काठमाण्डौ, बैशाख ५ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ३ विकेटले हराउँदै नवप्रवेशी टोली गुजरातले पाँचौँ जित दर्ता गरेको छ । चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, कप्तान राशिद खानले ४०, अभिनव मनोहरले १२ र हृदिमन साहले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३, महेष थिकसनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, अम्बाती रायडुले ४६, कप्तान रविन्द्र जडेजाले २२ तथा पशवम दुबेले १९ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद शामी र यश दयालले एकरएक विकेट लिए ।

जितसँगै गुजरातले ६ खेलमा १० अङ्क जोडेको छ । गुजरात शीर्ष स्थानमा यथावत् रहेको छ । चेन्नईको भने यो पाँचौँ हार हो । चेन्नई दुई अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

 आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

  दाङ, चैत २५ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका कुलदीप यादवले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । दिल्लीका पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले ।

लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए । जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको

 आईपीएल क्रिकेटमा बेङ्ग्लोरको दोस्रो जित

आईपीएल क्रिकेटमा बेङ्ग्लोरको दोस्रो जित

  दाङ, चैत २३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लोरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १र१ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।

 एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

  दाङ, चैत २२ । मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएको हो । 

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एकरएक गोल गरे । 

मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएको वर्ष यो छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब ब्लु स्टारले दोस्रो चरणको खेल यही चैत २९ गते भारतको मोहन बगान क्लबसँग खेल्नेछ । 

यो हारसँगै नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।