तिहार बिदापछि खुलेको पहिलो दिन शेयर बजार घट्यो

तिहार बिदापछि खुलेको पहिलो दिन शेयर बजार घट्यो

  काठमाण्डौ, कात्तिक २२ । तिहारको बिदापछि खुलेको पहिलो दिन शेयर बजार आज सोमवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २० अङ्कले घटेर दुई हजार आठ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ । 

आज फाइनान्स, म्युचल फन्ड र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । यस्तै बीमा, विकास बैंक र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय ३० कम्पनीका ७२ लाख सात हजार कित्ता शेयर चार अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ५२ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सर्पोट माइक्रोफानान्सको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आईसीएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

 उतारचढावपछि नेप्से साढे ५ अङ्कले बढ्यो, ६ अर्ब ५५ करोड रुपैयाँको कारोबार

उतारचढावपछि नेप्से साढे ५ अङ्कले बढ्यो, ६ अर्ब ५५ करोड रुपैयाँको कारोबार

  काठमाण्डौ, कात्तिक १७ । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो ।

आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने घटेको छ । 

आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । छ्या

 शेयर बजार झन्डै १८ अङ्कले घट्यो, सात अर्ब ७७ करोड रुपैयाँको कारोबार

शेयर बजार झन्डै १८ अङ्कले घट्यो, सात अर्ब ७७ करोड रुपैयाँको कारोबार

  काठमाण्डौ, कात्तिक १५ । हिजो आइतवार ५५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७५ अङ्कले घटेर दुई हजार आठ सय १९ दशमलव ८६ विन्दुमा झरेको छ । 

आज बैंक, होटल र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, उत्पादन, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २६ कम्पनीका एक करोड ३४ लाख कित्ता शेयर सात अर्ब ७७ करोड ७५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कामना सेवा विकास बैंकको शेयर भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । 

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

  काठमाण्डौ, कात्तिक १४ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।  

 सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

  काठमाण्डौ, कात्तिक ९ । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै तोलामा १२ सय ६५ रुपैयाँ छ ।