अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

  दाङ, असार १० । अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या भएको छ ।

भूकम्पबाट बच्न सफल भएका नागरिकले आफूहरुलाई खानेकुरा र बस्ने बासको समस्या भएको गुनासो गरेका बीबीसीले जनाएको छ ।

पाक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । तीन हजारभन्दा धेरै मानिस घाइते भएको अनुमान छ । गाउँमा माटो र ढुङ्गाबाट बनेका प्रायः सबै घर क्षतिग्रस्त भएका छन् ।

तालीबान सरकारले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । पहिले नै गम्भीर मानवीय सङ्कटसँग जुझिरहेको आफगानिस्तानमा पछिल्लो भूकम्प अर्को सङ्कट बनेको छ । त्यहाँ सम्भावित हैजा तथा अन्य सरुवा रोगको जोखिम पनि बढेको छ।

पीडितलाई सहयोग गरिरहेको संयुक्त राष्ट्र सङ्घले हैजाको प्रकोपको सम्भावित जोखिमको चेतावनी दिएको छ ।

 अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति

  दाङ, असार ९ । अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् ।

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ ।

बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गरी बन्दुक राख्नेहरुमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ ।

नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ । विधेयकमा सहमति भएसँगै अमेरिकामा अब अन्धाधुन्ध हुने बन्दुक आक्रमणका घटना कम हुने विश्वास गरिएको छ ।

 नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीपु

नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीपु

  काठमाण्डौ, असार ९ । इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीपु गरेको छ ।

तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै क्लिन स्वीपु गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका जासन रोयले अविजित १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २ सय ४४ रन बनाएको थियो ।

इङ्ल्यान्ड पहिलो खेलमा २ सय ३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

 ‘श्रीलङ्काले आफ्नो अवस्था जनतालाई नभन्दा आर्थिक सङ्कट बेहोर्‍यो, नेपालले बेलैमा थाहा दिनुपर्छ’

‘श्रीलङ्काले आफ्नो अवस्था जनतालाई नभन्दा आर्थिक सङ्कट बेहोर्‍यो, नेपालले बेलैमा थाहा दिनुपर्छ’

  काठमाण्डौ, असार ८ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए देश भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ । 

आज बुधवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित देश पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने देश आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको होे । उहाँले श्रीलङ्काले आफ्नो अवस्थाबारे जनतालाई जानकारी नगराएका कारण आर्थिक सङ्कट बेहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत् महसुल तिरेर कसैले इन्डक्शन चुल्हो नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई गएको चैत १३ गते १० बुँदे सुझाव दिएको थियो । त्यहाँ हप्तामा शनिवार, आइतवार बिदा गर्नुस्, गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नुस् भनेका थियौँ । चैतमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ, जेठमा ४८ हजार छ, एलपी ग्यासको खपत बढिरहेको छ । डरलाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । ऊर्जा व्यवस्थापन राम्रोसँग गरौँ । देशको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको बारेमा पनि सोच्नुपर्नेछ । ऊर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

कार्यकारी निर्देशक थानीले देशको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । समितिको बैठकमा सांसदहरूले विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महसुल कम गर्न आवश्यक रहेको बताएका छन् । 



 अमेरिकाले ‘अपहरण शैली’ मा एसियाबाट समर्थन जुटाउन खोज्यो : चीन

अमेरिकाले ‘अपहरण शैली’ मा एसियाबाट समर्थन जुटाउन खोज्यो : चीन

  दाङ, जेठ २९ । चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । 

चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वाशिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खाजेको आरोप लगाउनुभएको हो ।  

साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँदै खण्डन गर्नुभएको छ । 

रक्षामन्त्री अस्टिनले इन्डो–प्यासेफिक क्षेत्रका देशहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिनुभएको थियो जसलाई उहाँका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भन्नुभएको थियो । बहुपक्षीयताको आडमा अमेरिकाले धम्की दिएको उहाँको आशय थियो । इन्डो–प्यासेफिक रणनीति द्वन्द्व र टक्कर सृजना गर्ने रणनीति भएको उहाँको टिप्पणी छ । 

 बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

दाङ, जेठ २४ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो ।

उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९  जना सांसदमध्ये  उहाँको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उहाँलाई  विश्वासको मत  जित्नका लागि १ सय ८० मत ल्याए पुग्थ्यो ।  

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिनुभएको थियो । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना  सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

विश्वासको मतका लागि बेलायती समय अनुसार  हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो ।  कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोनसनको आलोचना भइरहेको छ ।

लकडाउनमा भोजमा गएर नियम तोडेकोमा भने उहाँले माफी मागिसक्नुभएको छ । 

 युद्धले अफ्रिकी देश र नागरिक मारमा परेको अफ्रिकी युनियन प्रमुखको पुटिनसँग गुनासो

युद्धले अफ्रिकी देश र नागरिक मारमा परेको अफ्रिकी युनियन प्रमुखको पुटिनसँग गुनासो

  दाङ, जेठ २१ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अफ्रिकी युनियन प्रमुख मर्की सलले भेटवार्ता गर्नुभएको छ ।

रुसमा भएको भेटमा अफ्रिकन युनियनका प्रमुख सलले रुस–युक्रेन युद्धका कारण अफ्रिकी देश र नागरिक निक्कै मारमा परेको गुनासो समेत गर्नुभएको छ । साथै अहिले देखिएको सङ्कट तत्काल अन्त्यका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ । तर युद्ध सुरु भएपछि युक्रेनी बन्दरगाहबाट हुने निर्यात ठप्प जस्तै छ । किएभले बन्दरगाहमा रुसले रोक लगाएको आरोप लगाउँदै आएको छ । उत्पादन नहुँदा अफ्रिकामा खाद्यान्न अभाव छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमका प्रमुख माइक डन्फर्डले गएको वर्ष खानेकुराको अभाव झेलिरहेका मानिसको सङ्ख्या पाँच करोड रहेकोमा यो वर्ष आठ करोडभन्दा धेरै हुने बताउनुभएको छ । सेनेगलका राष्ट्रपति समेत रहेका सलले पुटिनलाई धेरै टाढा रहे पनि अफ्रिकाका देश र नागरिक आर्थिक समस्याले पीडित रहेकोबारे जानकार रहन पनि अनुरोध गर्नुभएको छ ।

साथै आफूले एसिया, मध्यपूर्व र ल्याटिन अमेरिकी देशहरूको तर्फबाट समेत अनुरोध गरेको उहाँको भनाइ छ । भेटमा रुसी राष्ट्रपति पुटिनले आफू अफ्रिकी देशहरूको पक्षमा रहेको बताए पनि खाद्यसङ्कटबारे स्पष्ट नपारेको खबरमा उल्लेख छ ।

 

अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्यो : चार जनाको ज्यान गयो, केही घाइते

अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्यो : चार जनाको ज्यान गयो, केही घाइते

 

 दाङ, जेठ १९ । अमेरिकाको ओक्लाहोमा राज्यको टुलसामा रहेको एउटा अस्पतालमा गोली चलेको छ ।

चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गोली चलाउने पनि मारिएको बीबीसीले जनाएको छ ।

गोली चलेको सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको त्यहाँका प्रहरी उपप्रमुख एरिक डालग्लिशले बताउनुभएको छ ।

अस्पतालमा आक्रमण गर्नुको उद्देश्य खुलेको छैन । गएको हप्ता टेक्ससमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परि २१ जनाको ज्यान गएको थियो ।

 श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

५ औँ पटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति


दाङ, बैशाख २ । श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त हुनुभएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । 

विक्रमासिङ्घे श्रीलङ्कामा सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँले शपथ लिइसक्नुभएको छ । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको हो । 

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइदिएपछि उहाँ सेनाको शिविरमा बस्दै आउनुभएको छ ।

आजै अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ । यद्यपि उहाँको छोराले आफू र आफ्ना बुबाको देश छाड्ने मनसाय नभएको भन्दै कुनै पनि प्रकारको जाँचमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

 २ दिनभित्र नयाँ सरकार नबने देशको अर्थतन्त्र ध्वस्त हुने श्रीलङ्काका गभर्नरको चेतावनी

२ दिनभित्र नयाँ सरकार नबने देशको अर्थतन्त्र ध्वस्त हुने श्रीलङ्काका गभर्नरको चेतावनी

  दाङ, बैशाख २८ । श्रीलङ्काका गभर्नरले अबको दुई दिनभित्र नयाँ सरकार गठन नभएमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिनुभएको छ । 

प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा दिएको र राष्ट्रपति गोटाबाय राजपाक्षेको पनि राजीनामा माग गर्दै प्रदर्शन भइरहेको बेला गभर्नर नन्दलाल विरासिङ्गेले दुई दिनभित्र नयाँ सरकार गठन नभएमा श्रीलङ्काको अर्थतन्त्र उद्धार गर्नै नसक्ने गरी ध्वस्त हुने चेतावनी दिनुभएको एएफपीले जनाएको छ । 

यसैबीच श्रीलङ्कामा आज पनि कर्फ्यु आदेश जारी भएको छ । हिंसात्मक प्रदर्शन र आगजनी जारी रहेपछि कर्फ्यु थप गरिएको बीबीसीले जनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सरकार समर्थित समूहले आक्रमण गरेपछि प्रदर्शनकारी हिंसा तथा आगजनीमा उत्रिएका थिए । सुरक्षाकर्मीलाई कर्फ्यु आदेश उल्लङ्घन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलङ्कामा इन्धन, खाद्य वस्तु, औषधीि लगायतको अभाव र मूल्यवृद्धिले जनजीवन कष्टकर बनेको छ । 

 श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

दाङ, बैशाख २६ । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिनुभएको छ । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ।

राष्ट्रपति गोटबाया राजापाक्षेले गएको शुक्रवारको विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो ।

श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

श्रीलङ्का अहिले विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । यसैबीच राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि आज प्रहरीले कर्फ्यु लगाएको छ । 

 रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न आग्रह

रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न आग्रह

  दाङ, बैशाख १ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ । 

महासचिव गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले अहिले यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा पनि असर परिरहेको बताउनुभएको छ ।

दुई देशको युद्धका कारण संसारका विभिन्न देश र विशेषगरी विकासशील देशहरूमा यस्तो असर परिरहेको छ । कतिपय ठाउँमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय ठाउँमा यस युद्धको असर भनेर समस्या सिर्जना गरिएको पनि उहाँले बताउनुभएको छ ।

 आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

  दाङ, चैत २५ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका कुलदीप यादवले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । दिल्लीका पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले ।

लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए । जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको

 आईपीएल क्रिकेटमा बेङ्ग्लोरको दोस्रो जित

आईपीएल क्रिकेटमा बेङ्ग्लोरको दोस्रो जित

  दाङ, चैत २३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लोरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १र१ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।

 बुचा घटनालाई लिएर पुटिन विरुद्ध युद्ध अपराधीको मुद्दा चलाउन वाइडेनको आह्वान

बुचा घटनालाई लिएर पुटिन विरुद्ध युद्ध अपराधीको मुद्दा चलाउन वाइडेनको आह्वान

  दाङ, चैत २२ । अमेरिकी राष्ट्रपती जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ ।

तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य कारुणिक रहेको भन्दै जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

एउटा भिडियो सन्देशमा जेलन्स्कीले रुसी क्रुरताको निन्दा गर्दै यो आफ्नै देशमा बाँच्न पाउने हक हननको चरम रुप भएको बताउनुभयो । बुचा घटनालाई लिएर आज आफूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्न लागेको पनि जेलन्स्कीले बताउनुभयो ।

 अफगानिस्तानमा छात्रालाई स्कुल जानबाट रोक लगाइएको निर्णयप्रति अमेरिका असन्तुष्ट

अफगानिस्तानमा छात्रालाई स्कुल जानबाट रोक लगाइएको निर्णयप्रति अमेरिका असन्तुष्ट

  दाङ, चैत १२ । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको प्रति अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ।

छात्रालाई विद्यालय जानबाट रोक लगाउनु गलत भएको भन्दै अमेरिकाले तालिबानसँग  हुने भनिएका सबै बैठक रद्द गरेको बीबीसीले जनाएको छ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिङ्कनले इस्लामिक शासनले छात्रालाई विद्यालय जानबाट वञ्चित गराएकोमा आलोचना गर्दै शिक्षा सबैको अधिकार भएको बताउनुभएको छ । तालिबान सरकारले छात्रालाई  विद्यालय जान रोक लगाएपछि स्कुल जाने  तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन्। दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको भए पनि फेरि अहिले निर्णय बदलेर विद्यालय जानबाट रोक लगाएको हो ।

तालिबानको यो निर्णप्रति संयुक्त राष्ट्रसङ्घले समेत आपत्ति जनाएको छ। 

 युक्रेनमा बाल अस्पतालमा आक्रमण : विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

युक्रेनमा बाल अस्पतालमा आक्रमण : विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

  दाङ, फागुन २६ । रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा ठूलो क्षति भएको त्यहाँको नगर परिषद्ले जनाएको छ ।

घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘बालबालिका भग्नावशेषमुनि रहेका र यो बर्बरतामा विश्वले कहिलेसम्म बेवास्ता गरेर सहयोगी बनिरहन्छ रु भन्दै टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । केही घाइतेहरूलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

त्यसअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिणपूर्वी सहर मारिओपोलमा हस्तक्षेप गर्न र त्यहाँ रहेका झण्डै चार लाख मानिसलाई सहायता दिन आह्वान गर्नुभएको थियो । रुसले यसअघि उच्च प्रभावित सहरका नागरिकलाई ६ वटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो युद्धविराममा सहमति गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्ने हुनुपर्नेमा जोड दिएको छ । रुसले आक्रमण गरेपछि युक्रेन छोडेर बाहिरिएका २० लाख मानिसमध्ये झण्डै आठ लाखजना बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ ।

यसैबीच रुसले युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेको बताएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको बताउनुभयो । तर त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्नेमा उहाँको जोड छ । यसअघि भएका तीन चरणका वार्ता निश्कर्षविहिन भएका थिए । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।


रियल र म्यानचेस्टर क्वाटरफाइनलमा : पिएसजीसँगको खेलमा बेन्जेमाको ह्याट्रिक

रियल र म्यानचेस्टर क्वाटरफाइनलमा : पिएसजीसँगको खेलमा बेन्जेमाको ह्याट्रिक

 

  दाङ, फागुन २६ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा करिम बेन्जेमाले ह्याट्रिक गरेपछि पिएसजीलाई समग्रमा ३–२ गोलले पराजित गरी रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी अन्तिम–१६ बाटै बाहिरियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा बेन्जेमाले दोस्रो हाफको १७ मिनेटभित्र ह्याट्रिक गरे । रियलका कप्तान बेन्जेमाले खेलको ६१औं, ७६औं र ७८ औँ मिनेटमा गोल गरे । बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । त्यसअघि खेलको ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर पिएसजीले अग्रता जोगाउन सकेन ।

अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ क्लबले गोलरहित बराबरी खेलेका छन् । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ५–० गोलको जित निकाल्दै सिटी अन्तिम आठमा पुगेको हो ।

 युक्रेनको राजधानी किएभबाट बाहिरिनेलाई रुसी सुरक्षाफौजले अवरोध नगर्ने

युक्रेनको राजधानी किएभबाट बाहिरिनेलाई रुसी सुरक्षाफौजले अवरोध नगर्ने

  दाङ, फागुन १९ । रुसी सुरक्षकर्मीले युक्रेनको राजधानी किएभका नागरिकलाई त्यहाँबाट बाहिरिन भनेको छ । किएभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले किएभबाट भासिल्किभ जान चहनेहरुका लागि कुनै अवरोध नगर्ने बताएका बीबीसीले जनाएको छ । रुसले किएभलाई खाली गराउन चाहेको छ। किएभका नागरिकले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, युक्रेनको बन्दरगाह नगर खेअरसनलाई नियन्त्रणमा लिइएको छ । रुसी फौजको नियन्त्रणमा गएको युक्रेनको यो महत्त्वपूर्ण सहर हो । त्यहाँ सुस्त गतिमा कार गुडाउन अनुमति दिइएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न भनिएको खबरमा उल्लेख गरिएको छ ।

 श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतद्वारा क्लिन स्वीपु

श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतद्वारा क्लिन स्वीपु

  दाङ, फागुन १६ । भारतले श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा क्लिन स्वीप  गरेको छ । गएराति घरेलु मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएर भारतले श्रृङ्खला ३–० ले जितेको हो ।

श्रीलङ्काले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४  विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारि खेले । यस्तै, रविन्द्र जडेजाले २२, दीपक होडाले २१ तथा सञ्जु सामसनले १८ रन बनाए ।

श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए भने दुशमन्थ चमेरा र चामिका कारुनारत्नेले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो ।

श्रीलङ्काका लागि कप्तान डसुन सनकाले अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले भने दिनेश चण्डीमालले २२ तथा चामिका करुनारत्नेले १२ रन बनाए । भारतका आभेस खानले २ तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि विशदोइले एक/एक विकेट लिए ।