नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

  काठमाण्डौ, असार १४ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो ।

भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ ।

लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ । नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ । आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

 आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

  काठमाण्डौ, असार १४ । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुमान गरिएको हो ।

राति पनि ठूलो पानी पर्ने भएकाले जोखिम अझै बढेको छ । भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन मौमविद्ले आग्रह गर्दै आएका छन् । यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै छ । प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो ।

 बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना सिकाउँदै दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख : परियार

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना सिकाउँदै दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख : परियार


 दाङ, असार १३ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आईतवार विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय दाङबाट गएको ट्राफिक प्रहरीको टोलीले प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण कार्यक्रममा दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले उपस्थित करिब २०० सय विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । “करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्”, उनले भने, “यसलाई हामी आफैँले न्यूनीकरण गर्न सक्छौँ ।”

चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको ट्राफिक प्रमुख परियारले बताए । “त्यस्तो कारण १० प्रतिशत हाराहारीमा हुन्छन्”, उनले भने, “एक्कासि टायर पड्किने, ब्रेक फेल हुने जस्ता कारणले पनि दुर्घटना हुनसक्छन् ।”

प्रशिक्षणका क्रममा उनले कक्षा ९ र १० मा अध्ययन गर्ने किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । “पहिले रोकिनुस्, चारैतिर हेर्नुस्,एकछिन हेर्नुस् अनि मात्रै बाटो काट्नुस्”, उनले सुझाए, “सडक किनारामा हिँड्दा पनि कमिलाको शैलीमा एकै लाइनमा हिँड्नुस् ।

सो क्रममा उनले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए । ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । “विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्”, उनले भने, “उनीहरुमार्फत समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।”

ट्राफिक प्रहरीले ट्राफिक सचेतन अभियान अन्तर्गत बिद्यालयमा यो अभियान निरन्तर अघि बढाउने परियारले बताए । विद्यालयका साथै चालक तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम गरिरहेको उनले बताए ।

पद्ममोदय माध्यमिक विद्यालयका निमित्त प्रमुख मोहन कुमार अधिकारीले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक भएको बताए । “विगतमा पनि ट्राफिक प्रहरीले गरेका कार्यक्रम उपलब्धीमूलक थिए”, उनले भने, “विद्यालयमा सिकेको भन्दा ट्राफिक आफैँ उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी देखिएका छन् ।

 तुलसीपुरमा आज ३४१७ जना बालबालिकालाई कोरोना खोप प्रदान

तुलसीपुरमा आज ३४१७ जना बालबालिकालाई कोरोना खोप प्रदान

दाङ, असार, १० । तुलसीपुरमा कोरोना भाइरस विरुद्धको फाइजर खोप तीन हजार चार सय १७ जना बालबालिकालाईलाई लगाइएको छ । शुक्रबार तुलसीपुरका ६, ७ र ९ नम्बर वडाका सरकारी तथा निजी विद्यालयका ५ वर्षदेखि १२ वर्ष मुनीका बालबालिकालाई कोरोना विरुद्धको फाईजर खोपको पहिलो मात्रा प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

शुक्रबार ७ खोप केन्द्रबाट संचालित खोप कार्यक्रममा ३ हजार ४ सय १७ जना बालबालिकालाई खोप प्रदान गरिएका हो । तुलसीपुरमा २९ हजार भन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जनस्वास्थ्य निरिक्षक केसीले बताए । हालसम्म ८ हजार ७ सय ८४ जना बालबालिकालाई खोप प्रदान गरिएको छ ।

त्यस्तै पहिलो मात्रा खोप लगाएका बालबालिकालाई २१ दिन पछि पुनः दोस्रो मात्रा लगाइने उनले बताए । साथै खोप यही १२ गते देखि १५ गतेसम्म तुलसीपुरका सम्पूर्ण वडाका सरकारी तथा निजी विद्यालयका बालबलिकालाई खोप लगाइने छ ।

यसैबिच, स्वास्थ्य निरिक्षक केसीले सम्पूर्ण अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गरी अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई खोप लगाउन आग्रह समेत गरेका छन् ।

 घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

दाङ, असार १० । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।

शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।

त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले बताइन । डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ । यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ ।

यस्तै उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राख्दै बजेट ल्याएको छ । शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै घोराहीलाइ सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापन तर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ । त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ ।

 भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोडको बजेट

भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोडको बजेट

  काठमाण्डौ, असार १० । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९र८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ ।

उप–प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड आउने अनुमान गरिएको छ ।

त्यस्तै निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरुका लागि १ अर्ब ३० करोड रकम छुट्याइएको छ, भने महानगरका २९ वटै वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

ठूला तथा रणनीतिक महत्वको पूर्वाधार निर्माणका लागि ६ करोड, ढल, सार्वजनिक शौचालय, ओभरहेड ब्रिज लगायतका पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रकम छुट्याइएको छ ।

यसै गरी शिक्षामा १३ करोड, स्वास्थ्यमा ७ करोड, मर्मत सम्भारका लागि ८ करोड तथा खानेपानी बोर्डलाई महिनाको ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै फोहोरमैला व्यवस्थापन तथा पार्कका लागि ७ करोड, सूचना प्रविधि तथा डिजिटल प्रणालीको लागि ३ करोड, रोजगार प्रबद्र्धनका लागि २ करोड ५० लाख, उद्योग तथा पर्यटनका लागि २ करोड ५० लाख, खेलकुदका लागि २ करोड छुट्याइएको छ ।

यसै गरी छोरी बीमा कार्यक्रमका लागि २ करोड, नागरिक विश्रामस्थलका लागि २ करोड, विपद् व्यवस्थापनका लागि २ करोड ४५ लाख ५२ हजार, करदाताको अभिलेख डिजिटलाइज्ड गर्न १ करोड तथा नागरिक सहायता केन्द्र सञ्चालन गर्न १ करोड रुपैयाँ छ्ट्याइएको छ ।

यस्तै दीगो पूर्वाधार विकासका लागि ५० लख, प्रशासनिक खर्चका लागि ७५ करोड तथा लक्षित वर्ग कार्यक्रमका लागि 

 अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

  दाङ, असार १० । अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या भएको छ ।

भूकम्पबाट बच्न सफल भएका नागरिकले आफूहरुलाई खानेकुरा र बस्ने बासको समस्या भएको गुनासो गरेका बीबीसीले जनाएको छ ।

पाक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । तीन हजारभन्दा धेरै मानिस घाइते भएको अनुमान छ । गाउँमा माटो र ढुङ्गाबाट बनेका प्रायः सबै घर क्षतिग्रस्त भएका छन् ।

तालीबान सरकारले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । पहिले नै गम्भीर मानवीय सङ्कटसँग जुझिरहेको आफगानिस्तानमा पछिल्लो भूकम्प अर्को सङ्कट बनेको छ । त्यहाँ सम्भावित हैजा तथा अन्य सरुवा रोगको जोखिम पनि बढेको छ।

पीडितलाई सहयोग गरिरहेको संयुक्त राष्ट्र सङ्घले हैजाको प्रकोपको सम्भावित जोखिमको चेतावनी दिएको छ ।

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा विवाद बल्झियो : तत्काल संसदीय दलको बैठक बोलाउन चार मन्त्रीसहित १० सांसदको माग

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा विवाद बल्झियो : तत्काल संसदीय दलको बैठक बोलाउन चार मन्त्रीसहित १० सांसदको माग

  काठमाण्डौ, असार १० । नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ । साथै आफूहरुलाई सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको टिप्पणी पत्रमा गरिएको छ ।

स्थायी कमिटीको बैठकमा समेत गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत आजैरभोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब राम्रो मान्न नसकिने पनि पत्रमा उल्लेख छ ।

हिजो बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि मागमा समर्थन जनाउनुभएको छ । पार्टीको निर्णयलाई मन्त्रीहरूले चुनौती दिएपछि एकीकृत समाजवादीभित्र विवाद थप बढेको छ । 

 मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

दाङ, असार १० । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका छन् । महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गरे ।

स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताए । उनले अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गरे । उनले भने, कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।

निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाए । ‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने रु’ उनले भने, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने रु यो के हो रु यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उनले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताए ।

 धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा बजेट पेस गर्दै  : असार मसान्तभित्र पारित भइसक्नुपर्ने

धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा बजेट पेस गर्दै : असार मसान्तभित्र पारित भइसक्नुपर्ने

  काठमाण्डौ, असार १० । धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्दैछन् । कतिपय पालिकाले यसअघि नै पेस गरिसकेका छन् ।

अन्तरसरकारी  वित्त  व्यवस्थापन  ऐन  र  स्थानीय  सरकार  सञ्चालन  ऐनले  सबै पालिकामा असार १० गतेभित्र आ–आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । वैशाख ३० गते भएको पालिका चुनावबाट ७ सय ५३ मध्ये बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् ।

सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालय, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय  महासङ्घले  सबै  पालिकालाई अनिवार्य  रूपमा  आउँदो आर्थिक  वर्षको  नीति,  कार्यक्रम र बजेट असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगर सभामा पेस गर्न आग्रह गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकाका प्रमुख तथा उपप्रमुखलाई प्रदेशस्तरमा तालिम दिएर असार १० भित्र आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेस गर्न आग्रह गरिसकेको थियो ।

असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुन सकेन भने पालिकाले राजश्व उठाउन र खर्च गर्न पाउने छैन । त्यसैले असार १० भित्र आ–आफ्नो सभामा नीति, कार्यक्रम तथा बजेट पेस गरी छलफल र आवश्यक परिमार्जन गरेर असार मसान्तभित्र पारित भइसक्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार पालिकालाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् ।

यो बजेटसहित पालिकाको आफ्नै  आन्तरिक  स्रोतलाई  समेत  आधार  मानी पालिकाले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका हुन् । अघिल्लो वर्ष केही पालिकाले निर्धारित समयमा बजेट सार्वजनिक गर्न नसक्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ।

यसअघि जेठ १५ गते सङ्घ, सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घ सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

 आज वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

आज वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

  दाङ ,असार ९ । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । 

यस्तै, आज कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ । मनसुनी गतिविधि फैलिन थालेको छ । अबको केही दिनमा कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने मौसमविद् मानन्धरले बताउनुभयो ।

यस्तै, आज राति प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रदेश-१ मा लगातारजसो ठूलो वर्षा भइरहेको छ । यसले गर्दा यो  प्रदेशमा बाढी पहिरोको जोखिम उच्च छ ।

यस्तै, वाग्मती र  गण्डकी प्रदेशका पहाडी जिल्लामा पनि जमिन गलिसकेकाले सामान्य पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

 

 अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति

  दाङ, असार ९ । अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् ।

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ ।

बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गरी बन्दुक राख्नेहरुमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ ।

नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ । विधेयकमा सहमति भएसँगै अमेरिकामा अब अन्धाधुन्ध हुने बन्दुक आक्रमणका घटना कम हुने विश्वास गरिएको छ ।

 नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीपु

नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीपु

  काठमाण्डौ, असार ९ । इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीपु गरेको छ ।

तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै क्लिन स्वीपु गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका जासन रोयले अविजित १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २ सय ४४ रन बनाएको थियो ।

इङ्ल्यान्ड पहिलो खेलमा २ सय ३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

 ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

  काठमाण्डौ, असार ९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताउनुभयो ।

पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ । यस्तै, प्रदेश(१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।

त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच, खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । खोप लगाए पछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।

यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह छ । 

 

 लुम्बिनीको बजेटप्रति सञ्चार संस्थाको चर्को आलोचना

लुम्बिनीको बजेटप्रति सञ्चार संस्थाको चर्को आलोचना

बुटवल, असार ८ । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२ टेलिभिजन, २८ वटा पत्रिका, २६ वटा सञ्चार संस्था र ४७ वटा अनलाइन सूचिकृत छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले करिब साढे सात करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसरी छुट्याइएको बजेट सीमित सञ्चार माध्यम र सञ्चार क्षेत्रसँग सम्बन्धित संघ संस्थालाई बाँडिएको भन्दै विरोध सुरु भएको हो ।

प्रदेश सरकारले निजी क्लब र सानो समूहलाई लाखौं रकम दिएको आलोचकहरुले बताएका छन् । कतिपय संस्थालाई मन्त्रालयका उच्च तहका कर्मचारीले कमिसन पाउनेगरी वजेट विनियोजन गर्न सघाएको भन्दै छानबिन हुनुपर्ने माग समेत उठेको छ ।

प्रदेश सरकारले तिलोत्तमा नगरपालिका-४ ठेगाना उल्लेख भएको तर हालसम्म कुनै गतिविधि नगरेको रुपन्देही सामुदायिक सञ्चार तथा अध्ययन केन्द्रको भवन बनाउन भन्दै ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामुदायिक रेडियोमा कार्यक्रम प्रशारणका लागि सरकारले एक करोड, टेलिभिजनमा कार्यक्रम प्रशारणका लागि ५० लाख, छापा र अनलाइनसंग सहकार्य शीर्षकमा ५० लाख रुपैयाँ छट्याएको छ ।

नेपाल पत्रकार महासंघ लुमिबनी प्रदेशको भवन बनाउन ३० लाख, कृष्णसेन स्मृति भवन बनाउन २५ लाख, रुकुमपूर्व एफएम रेडियोको भवन निर्माणका लागि २० लाख र प्रतिबोध एफएम बाँकेको भवन बनाउन २० लाख, कपिलवस्तु एफएमको भवन बनाउन १० लाख, नवलपरासी पत्रकार महासंघको भवन मर्मत गर्न १० लाख, महासंघ बर्दियाको भवन बनाउन १० लाख तथा प्युठानको प्युठान, पाल्पाको मदनपोखरा र मुक्ति, परिवर्तन र गुर्बाबा एफएमको उपकरण खरिदका लागि प्रति एफएम ५ लाखका दरले र साझा टेलिभिजनलाई १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । सरकारले पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई फर्निचर खरिदका लागि समेत ५ लाख बजेट छुट्याएको छ ।

रुपन्देही सामुदायिक सञ्चार तथा अध्ययन केन्द्रले लुम्बिनी टेलिभिजन प्रशारण गरिरहेको र त्यसैको भवन बनाउन बजेट परेको टेलिभिजनका महासचिव दिनेश पाण्डेले बताए । तर टेलिभिजन सञ्चालक संस्था विकासका लागि सूचना तथा सञ्चार अभियान हो ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीलाई ५ लाख रुपैयाँ वजेट दिँदा सञ्चारिका समूहलाई २० लाख र रिपोर्टस् क्लबलाई १२ लाख दिएको छ । रिपोर्ट्स क्लब प्रदेश अध्यक्ष दाङका शरद रेग्मी भएपनि सोही संस्थाको नाममा रामकुमार क्षेत्री अध्यक्ष रहेको संस्थालाई वजेट परेको हो । रेग्मीले संस्थाले प्रदेश सरकारसंग वजेट माग नै नगरेको भन्दै व्यक्ति विशेषले संस्थाको नाम दुरुपयोग गरेर प्रदेश सरकारलाई झुक्याएर बजेट पार्नु आपत्तिजनक भएको बताए । क्षेत्रीले भने सुशासन साक्षरताका लागि बजेट माग गरेको गरेको र प्रदेश सरकारले सोही योजना अनुसार बजेट छुट्याएको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीले प्रदेश सरकारले महासंघले दिएको सुझावका आधारमा समावेशी र समानुपातिक बजेट नआएको बताए । बजेट विनियोजनमा सांसद र मन्त्रीहरुको गलत भूमिकाले पक्षपातपूर्ण र विभेदकारी हिसाबले रकम विनियोजन भएको गिरीले बताए ।

ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका लुम्बिनी प्रदेश संयोजक माधव नेपालले मन्त्री र सांसद नजिकका व्यक्तिलाई छानी छानी रकम बाँडेको बताए । सरकारले हचुवाको भरमा यसरी रकम बाँड्नु अपराध र नीतिगत भ्रष्टाचार भएको टिप्पणी गर्दै उनले यस विषयमा गम्भीर वहस हुनुपर्ने औंल्याए ।

टेलिभिजन एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष विष्णु भुसालले नीति तथा कार्यक्रम विपरीत व्यक्तिवादी ढंगले सञ्चारमा वजेट बाँडिएको बताए । बजेट विनियोजनको कुनै मापदण्ड र आधार नदेखिएको भन्दै उनले व्यक्तिगत सम्पत्ति जस्तो गरी नाफामूलक कम्पनीलाई समेत मनपरी रकम बाँडेको टिप्पणी गरे ।

लोक कल्याणकारी विज्ञापनमा वजेट छुट्याउनुपर्नेमा त्यो पनि नगरिएको उनले बताए । सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी अध्यक्ष राजु खरालले लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रमा विनियोजन गरेको वजेट आपत्तिजनक रहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले मन्त्री र सांसदको चाकरी गरेर नजिक हुने पात्रलाई फाइदा पुग्ने गरी वजेट बाँडिएको बताए । आदिवासी जनजाति पत्रकार संघका सोनु थापाले सरकारले सबै संञ्चार संस्था र सञ्चार माध्यमलाई समानुपातिक हिसाबले वजेट दिनुपर्नेमा हचुवाको भरमा मनपरी गरेको बताए । स्रोत स् अनलाइनखबर

 राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेशको टोली दाङमा

राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेशको टोली दाङमा

दाङ, असार ८ । लुम्बिनी प्रदेशको राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका(५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत रहेका छन् ।

उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार तुलसीपुरको मेट्रो होटलमा प्रहरी र पीडित परिवारका सदस्यसंग जानकारी लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरज बहादुर स्वारले बताए । समितिले घटनाबारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठकमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले बताए ।

राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।

एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै

 पालिका चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

पालिका चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

  काठमाण्डौ, असार ८ । निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । 

विवरण नबुझाउने उम्मेदवारलाई सिफारिसका आधारमा कारबाही गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुएको छ । 

 २ करोड ४४ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेपछि पूर्व नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ करोड ४४ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेपछि पूर्व नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  काठमाण्डौ, असार ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत रहँदा अवकाश पाएका नायब सुब्बा झाको दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ सम्पत्तिको स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

२०३९ साल मङ्सिर ९ गते गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका झाले २०७८ साउनमा नायब सुब्बा पदबाट अवकाश पाएका हुन् । २०३९ सालदेखि २०७८ सालसम्मको उनको समग्र आम्दानी तथा खर्च एवम् लगानीलाई आधार मानेर छानबिन गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो । समीक्षा अवधिमा झाले दुई करोड ४२ लाख ६७ हजार आयआर्जन गरेको र चार करोड ८७ लाख ३८ हजार रुपैयाँ खर्च एवम् लगानी गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले त्यस बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि माग दाबी गरिएको अख्तियारले जनाएको छ । झाको स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै आयोगले झाकी श्रीमती र तीन छोरालाई पनि प्रतिवादी कायम गरेको छ । 

यसअघि पनि गएको शुक्रवार पूर्व नासु भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता 

 ‘श्रीलङ्काले आफ्नो अवस्था जनतालाई नभन्दा आर्थिक सङ्कट बेहोर्‍यो, नेपालले बेलैमा थाहा दिनुपर्छ’

‘श्रीलङ्काले आफ्नो अवस्था जनतालाई नभन्दा आर्थिक सङ्कट बेहोर्‍यो, नेपालले बेलैमा थाहा दिनुपर्छ’

  काठमाण्डौ, असार ८ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए देश भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ । 

आज बुधवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित देश पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने देश आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको होे । उहाँले श्रीलङ्काले आफ्नो अवस्थाबारे जनतालाई जानकारी नगराएका कारण आर्थिक सङ्कट बेहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत् महसुल तिरेर कसैले इन्डक्शन चुल्हो नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई गएको चैत १३ गते १० बुँदे सुझाव दिएको थियो । त्यहाँ हप्तामा शनिवार, आइतवार बिदा गर्नुस्, गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नुस् भनेका थियौँ । चैतमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ, जेठमा ४८ हजार छ, एलपी ग्यासको खपत बढिरहेको छ । डरलाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । ऊर्जा व्यवस्थापन राम्रोसँग गरौँ । देशको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको बारेमा पनि सोच्नुपर्नेछ । ऊर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

कार्यकारी निर्देशक थानीले देशको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । समितिको बैठकमा सांसदहरूले विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महसुल कम गर्न आवश्यक रहेको बताएका छन् । 



 सुनको भाउ चार सय रुपैयाँले घट्यो

सुनको भाउ चार सय रुपैयाँले घट्यो

  काठमाण्डौ, असार ८ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।