दाङमा म्यादी प्रहरीका लागि मागभन्दा झन्ड दोब्बर बढीले दिए आवेदन

कमल ओली

दाङ, असोज ७ । म्यादी  प्रहरीमा मागभन्दा झन्डै दोब्बर बढीले दाङमा आवेदन परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै दाङमा १९६४ म्यादी प्रहरी माग गरिएकोमा ३५९६ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

आवेदन दिने म्याद हिजो सकिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । दरखास्त दिने सबैलाई आज जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क गर्न भनिएको छ ।

पर्सि ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।


SHARE THIS