काठमाण्डौ, पुस २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको हिजो सोमवार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार कोरोना पुष्टि भएको हो ।
अहिले उहाँ घरमै आइसोलेशनमा बसिरहनुभएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो । उहाँहरू पनि होम आइसोलेशनमा हुनुहुन्छ ।