ओली वंश समन्वय समाजद्धारा शुभकामना आदानप्रदान

दाङ, असोज २३ । ओली वंश समन्वय समाज नेपाल जिल्ला कार्यसमिति दाङले बिजया दशमी, शुभ दिपावली र छठ पर्वको अबसरमा शनिबार घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । 

ओली वंश समन्वय समाजका जिल्ला अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षता तथा ओली बंशका अभिभावक एव सस्थापक कोषाध्यक्ष भीमबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले ओली समुदायको हकअधिकारसँगै एकताका लागि सवैले ध्यानदिनुपर्ने बताएका थिए । साथै उनीहरुले देशभर छरिएर रहेका ओलीहरु एक भएर अधिकारका लागि अघिबढ्नुपर्नेमा जोड दिएका थिए । 


शुभकामना आदानप्रदान कार्यक्रममा ओली वंश समन्वय समाज नेपालका केन्द्रीय संयोजक कमलबहादुर ओली, केन्द्रीय संरक्षकद्धय जागेश्वर ओली, अमरबहादुर ओली, केन्द्रीय उपाध्यक्ष बेचन ओली, केन्द्रीय महासचिव नेत्रलाल ओली, सल्लाहकारद्धय छविलाल ओली, मोहनलाल ओली, समाजका लुम्बिनी प्रदेश सयोजक मिनराज ओली, ओली वश समन्वय समाज घोराही उपमहानगरपालिकाका अध्यक्ष धनबहादुर ओलीलगायले बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


कार्यक्रममा सस्थापक सचिव एव अभिभावक अमरबहादुर ओली, सस्थापक कोषाध्यक्ष तथा समाजका अभिभावक भीमबहादुर ओली, सदस्य सुखबहादुर ओली, सदस्य दलबहादुर ओली, सदस्य चित्रबहादुर ओलीलाई सम्मान गरिएको थियो । जिल्ला सदस्य डम्मर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव कमल ओलीले गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँका मानिसहरुको सहभागिता रहेको थियो ।


SHARE THIS