२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि, ७ सय ८५ सङ्क्रमित थपिए

  काठमाण्डौ, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर सात सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ९५ नमुनाको परीक्षण गर्दा सात सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको  हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९५ हजार नौ सय ७७ पुगेको छ । 

यस्तै थप आठ सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार आठ सय ३१ पुगेको छ । 

२४ घण्टामा थप १२ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ४३ पुगेको छ ।  

अहिले १४ हजार सात सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १४ जनाको भेन्टिलेटर र एक सय ११ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार पाँच सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८३ लाख १७ हजार नौ सय दुई जनाले पहिलो मात्रा र ६४ लाख ६२ हजार सात सय ७६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 


SHARE THIS