रोल्पामा घाँटी रेटेर एक जनाको हत्या

रोल्पा, असोज २५ । रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका वडा नंम्वर ६ दार्बोटका ५६ वर्षीय पूर्ण बहादुर बुढाको आफ्नै घरमा घाटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोको फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको डिएसपी सुवेदीले जानकारी दिए । घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ ।


SHARE THIS