वन रक्षकका लागि अभ्यास गर्ने क्रममा पद्मोदय पब्लिक नमुना मा बि भरतपुर दाङमा अध्यनरत एक युवकको बबई नदीमा डुबेर मृत्यु

 

कमल ओली

दाङ, भदौ २७ । वनरक्षकका लागि बबई नदीमा अभ्यास गर्ने क्रममा एक युवकको डूबेर मृत्यु भएको छ । पद्मोदय पब्लिक नमुना मा बि भरतपुर दाङमा डिप्लोमा इन अटोमोबाइल इन्जिनियर तेस्रो बर्षमा अध्यनरत राप्ती गाउँपालिका–८ पिपरी निबासी १८ बर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडीने क्रममा डूबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । “वनरक्षकका लागि फर्म भरेको रहेछन् । त्यसका लागि रुखमा चढ्नुपर्ने र खोला तर्नुपर्ने रहेछ ,” डिएसपी अर्यालले भन्नुभयो –“साथी संग मिलेर नदीमा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भए छ ।”

शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


SHARE THIS