तुलसीपुरमा पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव, प्रहरीको विशेष टोलीबाट अनुसन्धान

दाङ,बैशाख १९ । दाङ तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको ८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति तीन बालक मृत फेला परेका हुन् ।

शव गन्हाइसकेको अवस्थामा रहेको र घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशषेज्ञ टोली आइपुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट आएको कुकुर सहितको प्रहरीको बिशेष टोली घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले बताए ।‘बिशेष टोली आईपुगेपछी मात्रै शवहरु हेरिएको छ । शवलाई पोष्टमार्टमको लागी अस्पताल पु९याइएको छ उनले भने–‘घटनाको सबै पक्षको अनुसन्धान पछि विस्तृत कुराहरु बाहिर ल्याउने छौं ।’ नेपाल समाचारपत्रमा खबर छ। 


SHARE THIS