पूर्वरानी कोमललाई आइसियुबाट क्याबिनमा सारिने

काठमाडौँ, बैशाख २१ । पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्य स्थितिमा सुधारको क्रम जारी रहेपछि आगामी २४ घन्टाभित्र उनलाई सघन उपचार केन्द्रबाट क्याबिनमा सारिने भएको छ।

नर्भिक अस्पताल स्रोतका अनुसार पूर्वरानीको स्वास्थ्यमा सुधारसँगै सामान्य हिँडडुल र खानामा रुचि बढेपछि सघन उपचार आवश्यक नरहन सक्छ। सुधारको क्रम जारी रहे उनलाई बुधबार क्याबिन सारिने अस्पतालले जानकारी दिएको छ।

भारतको १० दिन बसाइबाट स्वदेश फर्केपछि कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र छोरी प्रेरणा विगत ११ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।

पूर्वरानीको अक्सिजन स्याचुरेसन कम देखिएपछि उनलाई आइसियुमा राखी दैनिक १० लिटरसम्म अक्सिजन दिइएको थियो। पूर्वराजा शाह तथा छोरी प्रेरणाको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको पनि अस्पताल स्रोतले जानकारी दिएको छ।


SHARE THIS