कारमा मृत भेटिएका बालकको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान, कारभित्र तास भेटियो

दाङ, बैशाख १९ । दाङको तुलसीपुरमा कारभित्र मृत भेटिएका ३ बालबालिकाको हत्या भएको नभइ निसासिएर कारभित्रै मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दाङ प्रहरी स्रोतका अनुसार शनिवार साँझ तुलसीपुरमा पार्किङ गरिराखेको कारभित्र भेटिएका ३ बालकको मृत्युको कारण हत्या नभइ सफोकेशन (निसासिएर) भएको जस्तो देखिएको छ ।

वैशाख १६ गतेदेखि हराइरहेका तुलसीपुर(६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव वैशाख १८ गते साँझ कारभित्र मृत अवस्थामा भेटिएका थिए । गत वर्षको माघ १ गतेदेखि पार्किङ गरिराखेको आरजे ०१ सिसि ०८८५ नम्बर भएको भारतीय नम्बर प्लेटको कारमा ३ जना बालकको शव भेटिएपछि भारतबाट उक्त कार ल्याउने यादब प्रसाद गैरे पदम बस्नेतलाई शनिवार साँझ नै पक्राउ गरिएको थियो ।


SHARE THIS