उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा, खाद्यान्न पसल बिहान दुई घण्टामात्र

काठमाडौं, बैशाख २१ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञा जारी गरेका थिए ।

खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ ।अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

यसअघि साँझ पनि खोल्न दिइएको थियो ।


SHARE THIS