कोरोना संक्रमणबाट दाङका थप दुईको मृत्यु

दाङ, बैशाख १८ । भाइरसको संक्रमणबाट दाङका थप दुई जनाले ज्यान गुमाएका छन् ।कोरोनाबाट ज्यान जानेहरुमा दंगीशरण गाँउपालिका र तुल्सीपुर उपमहानगरपालिकाका एक–एक जना रहेका छन्।

नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दंगीशरण गाँउपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट शनिबार बिहान ४ बजे मृत्यु भएको जनाइएको छ ।

यस्तै कोरोनाका काराण शुक्रबार बेलुका ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बताइएको छ।


SHARE THIS