नेपालगञ्जमा अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा

  बाँके, बैशाख १९ । नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेको तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइसोलेशन सञ्चालनमा आएसँगै बेड नपाएर छटपटाइरहेका बिरामीलाई राहात पुग्ने  बताउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसको रोकथाम र नियन्त्रणका लागि आफूहरु दिनरात खटिरहेको बताउनुभयो।


SHARE THIS