बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु

बुटवल, बैशाख २१ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए । उनकाअनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालमा सैनामैना –१ मुर्धानीका ३२ वर्षीय युवकको पनि  मृत्यु भएको छ । उनी कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको  डा। गौतमले जानकारी दिए ।


SHARE THIS