नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवद्वारा शपथ ग्रहण

 

काठमाण्डौ, बैशाख २० । नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखले सोमवार ९आज० शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश गङ्गाप्रसाद यादवलाई शपथ ग्रहण गराउनुभएको हो । 

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम उहाँहरूको ठाउँमा पौडेल र यादवलाई नियुक्त गर्नुभएको हो । 


SHARE THIS