‘सरकार गठनको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु त्रुटिपूर्ण छ, पोखरेललाई नै समर्थन छ’

दाङ, बैशाख २० । चिह्नबाट चुनाव जितेका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शङ्कर पोखरेललाई समर्थन रहेको बताएका छन् ।

कपिलवस्तु–२ (ख) बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ (ख) बाट निर्वाचित शाहीले विज्ञप्ति निकालेर सूर्य चिह्नबाट निर्वाचित भएकाले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहेको बताएका छन् ।

कुलप्रसाद केसीसमेतले सरकार गठनका सन्दर्भमा गरेको दाबीमा लिइएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद्ध रहँदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शङ्कर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्न चाहन्छौँ’​, विज्ञप्तिमा भनिएको छ । 




SHARE THIS