कोरोना सङ्क्रमितको उपचारका लागि काठमाण्डौबाट झापा पुर्‍याइयो

  काठमाण्डौ, बैशाख २० । काठमाण्डौका अस्पतालमा कोरोनाका जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयू शय्याको चरम अभाव हुन थालेपछि उपत्यकाबाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजान थालिएको छ । 

काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत एक कोरोना भाइरसका सङ्क्रमितलाई सोमवार ९आज० झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको छ । बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत ुबेड लिफ्टु गरिएको हो । 

काठमाण्डौका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा ५ का एक सङक्रमितलाई बीएण्डसी अस्पताल लगिएको हो । 

यसअघि ह्याम्स अस्पतालबाट झापाकै एक जनालाई लगिएको थियो । ती सङ्क्रमितको अवस्था सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।


SHARE THIS