कोरोना सङ्कट व्यवस्थापन गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

 

  काठमाण्डौ, बैशाख १९ । नेकपा एमालेले कोरोना भाइरसको सङ्क्रमण र यसको रोकथाम तथा नियन्त्रणमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आइतवार (आज) बसेको आकस्मिक स्थायी कमिटी बैठकमा कोरोना सङ्क्रमण र यसको नियन्त्रणबारे छलफल भएको हो ।

यस्तै बैठकले कोरोना बिरामीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शय्या, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

यस्तै आजको बैठकमा लुम्बिनी प्रदेशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गर्नुभएको ज्ञवालीको भनाइ रहेको छ ।

यसैबीच स्थायी कमिटी बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । केहीबेर कुराकानी गरेर उहाँ फर्कनुभएको छ । उहाँहरूबीच लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओली सक्रिय बन्नुभएको छ ।  


SHARE THIS