अक्सिजन अभाव हुँदा बेलझुण्डी अस्पतालमा एक जनाको ज्यान गयो

कमल ओली 

दाङ, बैशाख १९ । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजो) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण  ओलीले जानकारी दिनुभयो । अक्सिजन अभाव भएपछी सोनापुर सिमेन्ट बाट लियर पनी काम चलाएका छौ ओलीले भन्नु भयो ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको ओलीले बबई खबरलाई जानकारी दिनुभयो। 

अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको ओलीको भनाइ छ ।   

‘अक्सिजन अभाव भएर एक जनालाई १५ मिनेट मात्रै दिने र त्यै सिलिन्डरको अक्सिजन अर्को बिरामीलाई दिने गरेर पालो मिलाएका छौँ, अक्सिजन कम हुँदा केही छटपटीमा हुनुहुन्छ, अवस्था डरलाग्दो छ’, ओलीले भन्नुभयो । 


SHARE THIS