लुम्बिनीमा सूर्य चिन्हबाट विजयी तीन सांसदले दिए राजीनामा

लुम्बिनी, बैशाख १९ । लुम्बिनी प्रदेश सभामा सूर्य चिन्हबाट विजयी भएका तीन सांसदले राजीनामा दिएका छन्। राजीनामा दिनेमा कपिलवस्तुका दुगनारायण पाण्डे, धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीका अजय शाही छन्।

पाण्डेय नेपाली कांग्रेसबाट नेकपा (एमाले) प्रवेश गरेर कपिलवस्तु क्षेत्र नं. २ (क) बाट उम्मेद्वार भएका थिए। शाही र श्रीवास्तव हृदयश त्रिपाठीसंगै सूर्य चिन्ह लिएर विजयी भएका हुन्। श्रीवास्तव कपिलवस्तु क्षेत्र नं. २ (ख) र शाही नवपरासी पश्चिम क्षेत्र नं. १ (ख) बाट उम्मेद्वार थिए।

उनीहरु तीनै जना आज बिहान बसेको एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको वैठकमा उपस्थित थिए।



SHARE THIS