दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण

 

  दाङ, बैशाख २० । दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमवार) गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।  

सोमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो । घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई सय एक जनामा पोजेटिभ देखिएको हो । 

सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय नाघेको  छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाको ज्यान गएको छ । 


SHARE THIS