चौबीस घण्टामा नेपालमा २८ सङ्क्रमितको मृत्यु

 

काठमाडौं, वैशाख १२ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ। चौबीस घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही गतिमा कोरोना भाइरसका संक्रमित थपिँदै गए केही दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँसम्म नहुने बताएको छ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमणको चक्रलाई रोक्न नसके अस्पतालहरूमा बिरामी भरिभराउन हुने उल्लेख गरेका हुन्।

‘संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय हुन्। संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैंलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन,’ उनले भनेका छन्, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलिन हुन नदिऔं, खबरदारी गरौं।’

उनले मास्क लगाउने र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेका छन्।


SHARE THIS