सोमवार रातिदेखि बाँके जिल्लाभर लकडाउन

  बाँके, बैशाख १२ । सोमवार (भोलि) देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नौ गतेदेखि लकडाउन लागू भएकोमा सोमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ बजेदेखि  आउँदो २० गतेसम्म लकडाउन गर्न लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गर्नुभएको छ ।


SHARE THIS