श्रमिकको न्यूनतम पारिश्रमिक बढाईनेछ : प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताएका छन् ।

शनिवार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक बढाइने बताएका हुन् ।

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुयाइने प्रधानमन्त्री ओलीको भनाई छ । दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भएको पनि जानकारी दिए । श्रमिकहरुको तलव भुक्तानी बैङ्कमार्फत गर्न थालिएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले छिटोभन्दा छिटो सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि बताए ।



SHARE THIS