दिल्लीका अस्पतामा अक्सिजन नहुँदा २५ विरामीको मृत्यु, २०० विरामी जोखिममा

 

काठमाडौं, वैशाख ११ । भारतको राजधानी दिल्लीस्थित अस्पतालहरुमा मेडिकल अक्सिजनको चरम अभाव भएको छ। अक्सिजको नहुँदा भेन्टिलेटर र आईसीयूमा राखिएका कम्तिमा २५ जना विरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

समाचार अनुसार दिल्लीसस्थत जयपुर गोल्डन अस्पतालमा अक्सिजन नहुँदा २५ जना विरामीको मृत्यु भएको हो। सो अस्पताल व्यवस्थापनले भेन्टिलेटर तथा आईसीयूमा राखिएका विरामीले अक्सिजन नपउँदा उनीहरुको मृत्यु भएको जनाएको छ। अस्पताल प्रशासनले अन्य दुईसय विरामी अक्सिजन नहुँदा जोखिममा रहेकोसमेत बताएको छ। मृत्युहरु मध्ये धेरैजसो कोरोना संक्रमित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै मेडिकल अक्सिजनको कमी भएको छ। दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित मध्ये एक राज्य हो। कोरोनाका कारण अक्सिजनको माग बढेपछि भारतले विदेशबाट अक्सिजन ल्याउने तयारी थालेको छ।

भारतमा हाल दैनिक साढे ३ लाख कोरोनाका नयाँ केस पुष्टि हुँदै आएका छन्। भारतमा बेलायती भेरिअन्टको कोरोना भाइरस तिब्र रुपमा फैलिएको छ। भारतमा अहिले अस्पतालहरु भरिएका छन्। विरामीले अक्सिजनमात्र नभएर अस्पतालमा बेडसमेत नपाउने दयनीय अवस्था आएको छ। मृत्यु दर पनि उच्च रहेको छ। दैनिक करिब ३० हजार मानिसहरुको मृत्यु भइरहेको छ।

उत्तरप्रदेशको कानपुरमा एकै श्मशान घाटमा सयभन्दा धेरै लासहरु जलाइएको हृदयविदारक भिडियो भाइरल भइरहेको छ।


SHARE THIS