देउवासंग गोप्य वार्ता गरेपछि प्रचण्डले गरे यस्तो खुलासा

 

काठमाडौ, चैत २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार घेरै दिन नचल्ने ठोकुवा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग गोप्य बार्ता गरेपछि प्रचण्डले यस्तो दावी गरेका हुन् ।

शुक्रवार देउवा निवास वुढानिलकण्ठमा कांग्रेस सभापति देउवा, प्रचण्ड र जसपाका नेताबीच भेटवार्ता भएको थियो । बैठकमा नयाँ सत्ता समिकरणका विषयमा महत्वपुर्ण कुराकानी भएको छ ।

बैठक सकारात्मक भएको बताएका प्रचण्डले अब ओली सरकार धेरै दिन नटिक्ने दावी गरेका हुन् । शनिबार काठमाडौँको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान कुल्चने सरकारलाई अब धेरै समय नराख्न आफुहरुबीच सहमति भएको बताएका हुन्।

उनले आफुहरुबीच अब प्रधानमन्त्री को हुने भन्ने विषयमा कुनै समस्या नभएको पनि खुलासा गरेका छन् । यद्धपी वैठकमा देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव राखेका थिए । उनले संविधान मि च्नेलाई सरकावाट हटाउनु पहिलो प्राथमिकता भएको बताएका छन् । उनले सरकार संविधानको पालनाप्रति इमान्दार हुनुपर्ने बताए।

‘प्रधानमन्त्री के भन्ने भन्दा पनि सरकार संविधानप्रति इमान्दार र निष्ठावान हुनुपर्यो, संविधान मि च्ने सरकार हटाइदिनु प¥यो भन्ने आजको आवश्यकता हो’, अध्यक्ष प्रचण्डले भने।


SHARE THIS