भारतमा एकैदिन २ लाख ९४ हजार कोरोना संक्रमित थपिए, २ हजारको मृत्यु

दाङ, बैशाख ८ । भारतमा मंगलबार थप २ लाख ९४ हजार २९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। यो संख्या एक दिनमा संक्रमित थपिएका अहिलेसम्मकै बढी हो।

त्यहाँ लगातार चौथो दिन साढे दुई लाखभन्दा बढी संक्रमित थपिएका हुन्। आइतबार २ लाख ७५ हजारमा संक्रमण पुष्टि भएको थियो भने सोमबार मात्र २ लाख ५६ हजारमा संक्रमण देखिएको थियो।

मंगलबार भारतमा कोरोना संक्रमणबाट २ हजार २० जनाले ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५०० नाघेको छ। 

भारतमा हालसम्म १ करोड ५६ लाख ९ हजारभन्दा बढीलाई संक्रमण भइसकेको छ भने तीमध्ये १ करोड ३२ लाख ६९ हजार ८०० संक्रमणमुक्त भएका छन्। उपचाररत सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५०० को हाराहारीमा छ।


SHARE THIS