मलेसिया १०९ रनमै अलआउट, करण केसीले ३ विकेट लिए


  काठमाण्डौ, बैशाख ६ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा मलेसियासँगको खेल जित्न नेपालले एक सय १० रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा अलआउट हुँदै एक सय नौ रन बनायो ।

मलेसियाका लागि सएद अजिजले सर्वाधिक २७ रन बनाए ।  मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया आइतवार (हिजो)नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ ।

नेपालले मङ्गलवार ९भोलि० नेदरल्याण्ड्सँग खेल्नेछ ।  


SHARE THIS