घोराहीमा इनारमा डुवेर ६ बर्षीय बालकको मृत्यु

 

दाङ, बैशाख १० । दाङमा इनारमा डुबेर एक ६ बर्षीय बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ६ भैंसापथ्राका प्रज्वल परियारको छिमेकीको इनारमा डुबेर मृत्यु भएको हो ।

पदम परियारका छोरा प्रज्वल खेल्ने क्रममा छिमेकी उमानन्द नेपालीको इनारमा खसेको बताईएको छ । उद्धार गरि उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


SHARE THIS