गुल्मीमा मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्‍यु

 

गुल्मी, चैत २८ । गुल्मीको गुल्मी दरवार गाउँपालिका ७ घुम्टीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गैंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ मिटर तल खाल्डोमा खस्न पुगेको थियो ।

दुर्घटनामा घाइते भएका स्थानीय ४५ वर्षीय राम बहादुर खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरी चौकी चारपालाले जनाएको छ ।


SHARE THIS