दर्शनका लागि बन्द भयो पशुपतिनाथ मन्दिर, आर्यघाटमा आउने मलामीमा मापदण्ड

दाङ, बैशाख १० । कोरोना  सङ्क्रमण बढिरहेका कारण पशुपति दर्शन बन्द गरिएको छ । नाथको नित्य पूजा भने पशुपतिनाथका  मुल  पुजारीले  दिनहुँ  गर्ने  व्यवस्था  मिलाइएको  छ  ।  

पशुपतिनाथका  कोटवाल  पूर्णनारायण  जोशीका  अनुसार  सर्वसाधारण  भक्तजन  र  नित्य  दर्शनार्थीका  लागि समेत मन्दिर प्रवेश रोकिएको छ । गुह्येश्वरी  मन्दिरमा  पनि  भीडभाड  गरेर विवाह ब्रतवन्ध लगायतका कार्य गर्न निषेध  गरिएको  छ  । 

आर्यघाटमा  आउने  मलामीका  लागि  स्वस्थ्य  मापदण्ड  पालना  गर्न अनिवार्य गरिएको छ । किरियापुत्री घरमा आउनेलाई  पनि  स्वास्थ्य  मापदण्ड  पालना  गर्न भनिएको छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार मुलुकका सबै देवस्थलमा पर्वपूजा जात्रा लगायतका संलग्न संस्थान अन्तर्गतका रकमी कर्मचारी स्वास्थ्य अनुशासन पालना गर्न गराउन निर्देशन जारी भएको खबर गोरखापत्रमा छापिएको छ ।


SHARE THIS