नयाँ वर्षकाे दिन पत्रकार सविन प्रियासन राष्ट्रपतिबाट विभुषित हुँदै

 


दाङ, चैत २९ । नयाँ वर्षकाे पहिलाे दिन वैशाख १ गते प्रेस चाैतारीका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई बिभुषित गर्ने भएकाे छ ।

यहीँ वर्ष संविधान दिवसको अअवसरमा विभुषित गर्ने निर्णय भए पनि काेराेना भाइरस महामहारीका कारण राेकिएकाे थियाे । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो ।

प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । भर्खरै पत्रकार महासंघकाे अध्यक्षमा उहाँको कार्यकाल सकिएर निर्वाचन मार्फत नयाँ नेतृत्व आइसकेकाे छ । राजमार्ग अनलाइनका सल्लाह्कार समेत रहनु भएका प्रियासन उपन्यासकार समेत हुनुहुन्छ ।

प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् । २०६२/०६३ को आन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ ।

उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ । यस्तै सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

यसरी बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ ।

यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन , हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।




SHARE THIS