किवानिज हिमालयद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

 


ललितपुर, फाल्गुन २५ ।
 बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब हिमालयले ललितपुरको चोइना विना गुरु गणेश आधारभूत सरकारी विद्यालयका अति विपन्न वर्गका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

एक कार्यक्रमको अयोजना गरेर किवानिज क्लब हिमालयले विद्यार्थीहरुलाई स्कुल ब्याग, माक्स, साबुन, भिटिमन का साथै स्टेशनरी सामाग्री वितरण गरेएको हो । यस क्लवले विगत छ बर्षदेखि उक्त स्कुलमा बर्षनी विपन्न तथा असाहाय बालबालिकाहरुलाइ पढ्न सहयोग पुग्ने गरि विभिन्न सहयोग गर्दै आएको कुरा क्लबका सस्थापक अध्यक्ष तथा लुथिनियन गभर्नर युजराज नेउपानेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा किवानिज नेपालका गभर्नर मोहन लम्सालले नेपालमा किवानिजको स्थापाना र यसका कार्यक्रम तथा गतिविधिहरूका बारेमा प्रकाश पार्नु भएको थियो । किवानिज नेपाल बोर्डका केन्द्रिय प्रतिनिधिहरु सल्लकार तथा हिमालय क्लबका पदधिकारिहरुको उपस्तिथी रहेको उक्त कार्यक्रमलाइ क्लबका अध्यक्ष रोहित पराजुलिले अध्यक्षता गर्नु भएको थियो।





SHARE THIS