नेपालमा कार्टुन हिजो र आज सार्वजनिक


 

काठमाडौं, चैत १३ गते । आज एक समारोहका बीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कार्टुन विधाका लेखिएको पुस्तक नेपालमा कार्टुन ‘हिजो र आज’ सार्वजनिक गर्नु भयो । यो पुस्तकलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान वास्तु तथा अन्य सिर्जनात्मक कला विभागले प्रकाशन गरेको हो ।

पुस्तक विमोचन गर्दै प्रमुख अतिथी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपालमा कार्टुन विधा केहि ओझेलमा परेको बताउनु भयो । यो विधालाई फलाउन फलाउन प्रतिष्ठानले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ, प्रकाशनहरु गर्दै आएको छ । यो पुस्तक नेपाली कार्टुनलाई जान्न बुझ्न चाहनेहरुका लागि श्रोत सामग्री बन्ने विश्वास गर्नुभयो ।

पुस्कका बारेमा कलाकार तथा ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले यो पुस्तकले पत्रकारितामा रहेको कला कार्टुन विधालाई उठान गरेको बताउनुभयो ।

कलाकारहरुका माँझ कार्टुन विधाको लोकप्रियता बढेको सन्दर्भमा यो पुस्तकका लागि कला लेखक केशवराज खनाललाई आगैह गरिए बमोजिम यो ग्रन्थ तयार भएको छ । आगामी दिनमा कार्टुन विधामा रहेका अनेकौ कोणलाई पनि प्रज्ञा प्रतिष्ठानले अनुसन्धान गराउदै लैजानेछ ।’ प्राज्ञ रमेशनाथ खनालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्टुन कुनै पनि समयको बुझ्नका लागि भविष्यमा सन्दर्भ सामग्रीका रुपमा रहेको हुन्छ । यस परिपेक्ष्यमा यो पुस्तक कार्टुनको संग्रहका रुपमा र सृजनाका रुपमा रहेको बताउनु भयो । कार्टुनलाई ललितकलाको नजरबाट हेरे कला र पत्रकारिताको आखाँबाट हेरे पत्रकारिताको विशिष्ठ अंगका रुपमा रहेको बताउनु भयो । कार्टुन प्रकाशन गर्ने पत्रपत्रिकामा सम्पादक सरह सम्मान दिइएको बताउदै कार्टुनले हरेक व्यक्तिलाई तान्न सक्ने क्षमता राख्ने बताउनु भयो । जसरी यो विधा शसक्त कला विधा हो त्यसरी नै शसक्त पत्रकारिताको अंग रहेको बताउनु भयो । कार्टून विधाले विभिन्न समयमा समाचार भन्दा सशक्त भुमिका खेलेको बताउनु भयो । पुस्तकले राम्रोसंग कार्टुनलाई दस्तावेजिकरण गरेको बताउनुभयो ।

अग्रज कार्टुनिष्ट अविन श्रेष्ठले यो पुस्तक प्रतिष्ठानले गर्ने कार्यक्रममा यो विशिष्ठ प्रकाशन गरेको बताउनु भयो । अन्य देशका कार्यक्रममा निकै धेरै कार्टुनको प्रकाशन रहेको भए पनि नेपालमा भने नगन्य रहेको बताउनु भयो । यस सन्दर्भमा यो पुस्तकले इतिहास र हाल सम्मको अवस्थालाई केलाएको पाएको जानकारी दिनुभयो ।

हजारौं वर्षको कला इतिहास बोकेको नेपाली कलाले व्यवस्थित हुने र लिखित रुपमा दस्तावेजिकरण हुने अवस्था सृजना नभएको सन्दर्भमा यो पुस्तक कार्टुनको विश्व इतिहास का साथै नेपालको इतिहास र हालको अवस्था, कार्टुन भित्रको क्यारिकेचर विधालगायतलाई समेटेको कलाकार तथा कला पत्रकार देवेन्द्र थुम्केलीले बताउनु भयो । कलाकार, कला लेखक तथा कला पत्रकार केशवराज खनालले लामो समय देखि अनुसन्धान गरि तयार पार्नु भएको यो पुस्तक कला विधामा निकै कम र कार्टुन विधामा नगन्य रुपमा रहेको प्रकाशन परम्परालाई तोड्दै कार्टुन विधालाई पुस्तकका रुपमा सफल भएको थुम्ेकलीले बताउनुभयो ।

पुस्तक लेखनका क्रममा श्रोत सामग्रीको अभावमा निकै कष्ट झेल्नु परेको बताउदै पुस्तकका लेखक केशव राज खनालले अब यो विधामा लेख्न चाहनेहरुलाई श्रोत सामग्री खोज्न पहिला जस्तो भौतारिनु नपर्ने जिकिर गर्नु भयो । यो पुस्तक नै सम्पूर्ण नभएको स्विकार्दै पुस्तकमा विषय उठान गरिएको र प्रत्येक विधा र शिर्षकमा गहन अनुसन्धान गर्न सकिने उहाँको भनाई रहेको थियो ।


SHARE THIS