तुलसीपुरमा जेसिवीको ठक्करबाट एक युवती घाईते

 

तुलसीपुर, चैत १७ । तुलसीपुरमा जेसिवी (स्काभेटर)को ठक्करबाट एक युवती घाइते भएकी छन् । घाइते हुनेमा रोल्पाको गंगादेव गाउँपालिका वडा नम्वर ३ नाउली निवासी १९ बर्षिया उर्मिला केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले जानकारी दिनु भएको छ ।

तुलसीपुरबाट गोठिखोला तर्फ जादै गरेको रा १ क ५१८ नम्वरको जेसिवीले रक्षाचौर स्थित मिलनचोक नजिकै मंगलवार बिहान पौने सात बजे युवतीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।


SHARE THIS