काठमाडौं, फागुन १८ । राष्टिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म समेटेर सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका छन्। सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीसँग वार्ता गर्न टोली गठन गरेपछि यस्तो प्रस्ताव गरेका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक कदम भएको बताएका छन्।
‘यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ’ उनले लेखेका छन्।
नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ
— Kamal Thapa (@KTnepal) March 2, 2021