राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली

 

दाङ, फागुन २० । दाङको राप्ती गाउँपालिका स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ । राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य ईकाईमा बच्चा जन्माउने आमा र नवजात शिसुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो ।

प्रसुतिलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नव शिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

उपाध्यक्ष कोसेली वितरण कार्यको शुरुवात राप्ती गाउँपालिकाको उपाध्यक्षबाट गरि सम्बन्धीत बर्थिङ सेन्टरको सेवा प्रदायकले उपाध्यक्ष कोसेली सबै प्रसुति सेवाग्राहीलाई यथास्थानमै दिईने ब्यवस्था मिलाईएको छ ।

राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी बृद्धी गरी आमा तथा नवजात शिशु मृत्युलाई कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता प्राप्त कार्यक्रमको रुपमा संचालन गरिंदै आएको छ ।



SHARE THIS